ओली र दाहालको एउटै बोली

२०७६ असार २१ शनिवार
Newsdesk Shikharnews

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र दुई अध्यक्ष बीच देखिएको असमझदारी टुङ्गिने संकेत देखिएको छ । पछिल्लो पटक नेकपाभित्र पार्टी एकताको बाँकी काम, तथा पार्टीको राजनीतिक प्रतिवेदनमा देखिएको मतभिन्नताले नेकपाभित्रको विवाद सहतमा देखिएको थियो ।

तर शुक्रबार पार्टी कार्यलयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा दुवै अध्यक्षले पार्टी एकताको बाँकी काम तथा अन्य विषयहरु छिटै टुंगो लाग्ने बताएपछि केही सकरात्मक संकेत देखिएको छ ।

धेरै समय पछि नेकपाका अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाल एउटै मच्चमा देखिए । कार्यक्रम थियो नेकपामा पार्टी प्रवेश कार्यक्रम । कार्यक्रममा डा.बाबुराम भट्टराई र उपेन्द्र यादवले नेतृत्व गरेको समाजवादी पार्टीका नेता देवेन्द्र पराजुली, कल्पना धमला, मनु हुमागाइ सहितका असन्तुष्ट केही नेताहरु शुक्रबार नेकपामा प्रवेश गरे ।

कार्यक्रममा प्रधानमन्त्री ओली भन्दा पहिले सम्बोधन गरेका अध्यक्ष दाहालले पछिल्लो समय नेकपा पार्टी र सरकारलाई असफल बनाउन प्रतिक्रियावादी तत्वहरु लागि परेको भन्दै सवै एकजुट हुनुपर्नेमा जोड दिए ।

यति मात्रै होइन अध्यक्ष दाहालले आफ्नो पार्टीविरुद्ध षड्यान्त्र गरेर भाँड्न खोज्ने सपना घातक कसरत भएको समेत तर्क गरे ।

अध्यक्ष दाहालले चित्र बहादुर केसी, मोहन विक्रम, विप्लवदेखि मोहन वैध तथा डा.बाबुराम भट्टराईलाई समेत पार्टी एकता गर्न आग्रह गरे । करिव १८ मिनेट भाषण गरेका अध्यक्ष दाहालले सरकारको कामकारवाही पार्टीभित्र देखिएको पछिल्लो मतभेदका बारे धेरै कुरा खोल्न चाहेनन ।

हरेक जसो कार्यक्रममा कहिले सरकारप्रति असन्तुष्टी त कहिले आलोपालो प्रधानमन्त्री बन्ने सहमति पालना हुनुपर्ने बताउँदै आएका दाहालले ओलीसमेत भएको मञ्चमा भने ति कुरा गरेनन् ।

अध्यक्ष दाहालपछि कार्यक्रमलाई सम्बोधन गरेका प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीले भने आफनो र सरकारको बचाउ गरे । अध्यक्ष ओलीले पार्टी्भित्र कुनै समस्य नभएको भन्दै पार्टी एकताको बांकी काम असारमशान्तभित्रै सकिने गरी गृहकार्य भइरहेको जानकारी दिए । अध्यक्ष ओलीले केही तत्वहरु नेकपा फुट्छ भन्दै हल्ला पिट्दै हिडेको भन्दै पार्टी फुटाउन चुनौतीसम्म दिए ।

दुई पार्टी बीच एकता भएको १ वर्ष दिन बितिसक्दा समेत पार्टीको एकताको बाकी काम, पार्टीको बैचारिक कार्य्दिशा बारे पार्टीभित्र तिव्र मतभेद देखिएको थियो । जसले दुई अध्यक्ष बीच असमझादारी समेत बढाएको थियो भने विश्लेषकहरुले पार्टी फुटको स्थितीसम्म पुग्न सक्ने आँकलन गर्न थालेका थिए ।