तरकारी जाँच गर्ने निणर्य फिर्ता लिएकोमा संसद्मा आपत्ति

२०७६ असार २२ आइतवार
Newsdesk shikharnews

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतलगायत तेश्रो मुलुकबाट नेपाल आउने तरकारी तथा फलफूललाई विषादी परीक्षण नगर्ने निर्णयप्रति सरकारको ध्यानाकर्षण गराएको छ।राष्ट्रियसभाको आइतबारको बैठकमा नेपाली कांग्रेसकातर्फबाट राष्ट्रियसभा सदस्य अनिता देवकोटाले आयातित तरकारी र फलफूलमा विषादी परीक्षण नगर्ने सरकारको निर्णय प्रति सरकारको ध्यानाकर्षण गराएकी हुन्। उनले कसैको दबाबमा आएर सरकारले जनताको स्वास्थ्यमाथि खेलवाड गर्न नमिल्ने भन्दै उनले आफ्नै निर्णय फिर्ता गर्नुपर्ने अवस्थाबारे सरकारले सदनलाई यथार्थ जानकारी गराउन माग गरिन्।

‘यो कस्तो गाईजात्रा होरु आफैं निर्णय गर्ने अनि आफै कार्यान्वयन नगर्नेरु,’ उनले भनिन्, ‘निर्वाचनको बेलामा महान राष्ट्रवादीको नारा र भाषण दिने अहिलेको सरकार कसैको दवाबमा आएर लर्याकलुरुक परेर फेरि आफ्नो निर्णयबाट फिर्ता हुने र यो कस्तो राष्ट्रवाद होरु अहिले सरकारको राष्ट्रवाद कुन दुलो भित्र छिरेको छरु’उनले विषादीयुक्त तरकारी तथा फलफुल आयातमा कडाईका साथ रोक लगाउन र त्यस कार्ययोजना बारे सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराइन्।असार २ गते राजपत्रमा प्रकाशित गरि आयातित तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने निर्णय गरेको सरकारले आफनै निर्णय उल्टाउदै तत्कालका लागि विषादी परीक्षण नगर्ने निर्णय गरेपछि यसको सर्वत्र विरोध हुँदै आएको छ।