फिफा महिला विश्व कपको उपाधि अमेरिकालाई

२०७६ असार २३ सोमवार
Newsdesk Shikharnews

काठमाडौं। फ्रान्समा आइतबार राती सम्पन्न फिफा महिला विश्व कप फुटबलको अमेरिकाले उचालेको छ । उसले उपाधि भिडन्तमा नेदरल्याण्डलाई २–० गोल अन्तरले पराजित गर्दै फिफा महिला विश्व कप फुटबलको उपाधि उचालेको हो । २०१५ मा पनि जापानलाई ५ गोलअन्तरले पराजित गर्दै अमेरिकाले यो उपाधि उचालेको थियो ।

यो सहित अमेरिकाले महिला विश्व कपको उपाधि चार पटक उचालेको हो । अमेरिकाले पहिलो पटक १९९१ मा उपाधि उचालेको थियो भने १९९९ मा दोस्रो पटक । यस्तै २०१५ मा उपाधि जितेको अमेरिकाले चौथो पटक आइतबार नेदरल्याण्डलाई स्तब्ध पार्दै उपाधि उचाल्यो ।अमेरिकालाई लगातार दोस्रो पटक उपाधि दिलाउनेक्रममा अमेरिकाकी मेगन रिपोइने र

रोज लाभिल्लेले एक एक गोल गरिन् । निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफ गोलबिहीन थियो । दुबै गोल अमेरिकाले खेलको दोस्रो हाफमा गर्यो । रिपोनइनेले खेलमा ६१ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै अमेरिकालाई १–० को अग्रता दिलाएकी थिइन् । त्यसको ८ मिनेटपछि अर्को गोल थप्दै लाभिल्लेले अमेरिकाको उपाधि पक्का गरिन् ।