वर्षाका कारण रोकिएको भारत र न्युजिल्याण्डबीचको बाँकि खेल आज हुने

२०७६ असार २५ बुधवार
Newsdesk Shikharnews

एजेन्सी । आईसीसी विश्वकप क्रिकेटमा बर्षाले रोकिएको भारत र न्यजिल्याण्डबिचको पहिलो सेमिफाइनलको बाँकी खेल आज हुने भएको छ ।

मंगलबार भएको खेलमा बर्षाका कारण ४६ दशमवल १ ओभरमा रोकिएपछि खेल ‘रिजर्भ डे’ को नियमअनुसार आज खेलाउन लागिएको हो । न्युजिल्याण्डले आज ४६ दशमलव २ ओभरबाट खेल सुरु गर्नेछ।

म्यानचेष्टरको ओल्डट्राफोर्डमा वर्षाका कारण खेल रोकिनु अघि टस जितेर ब्याटिङ गरेको न्युजिल्याण्डले ४६ दशमलव १ ओभरमा ५ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो ।

बर्षा नरोकिएपछि अम्पायरले बाँकी खेल ‘रिजर्भ डे’ अर्थात आज हुने निर्णय गरेका थिए । यदि आज पनि वर्षाका कारण खेल हुन सकेन भने भारत अंकका आधारमा फाईनल पुग्नेछ ।

न्युजिल्याण्डका रस टेलर ६७ रनमा अविजित रहेका छन् । यस्तै कप्तान केन विलियम्सन ६७ रन जोडेर आउट भए । भारतका जस्प्रित बुम्राह, भुवनेश्वर कुमार, हार्दिक पाण्ड्या, रबिन्द्र जडेजा, युजभेन्द्र चहालले समान १र१ विकेट हात पारे ।

विश्वकपको पहिलो सेमिफाइनल खेलिरहेका यी दुई राष्ट्रबीचको विजेताले फाइनलमा स्थान बनाउने छन् ।

प्राकृतिक विपद्सम्बन्धी पूर्वजानकारी दिँदै टेलिकम
काठमाडौं। देशका विभिन्न स्थानमा बाढी÷पहिरोलगायतका प्राकृतिक विपद्बाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न नेपाल टेलिकमले सम्भावित विपद्सम्बन्धी पूर्वजानकारी सम्प्रेषित गर्नका लागि विशेष भूमिका निर्वाह गरिरहेको छ।

टेलिकमले जल तथा मौसम विज्ञान विभागसँग मिलेर यस्ता सम्भावित विपद् क्षेत्रका बासिन्दालाई मोबाइलमार्फत निःशुल्क सन्देश पठाएर सुरक्षित रहनका लागि सचेत गराउँदै आएको छ।

टेलिकमले हालै जल तथा मौसम विज्ञान विभागले यो साताको अन्त्यसँगै मुलुकभरका प्रायः नदीको बहाव उच्च हुने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन सुझाव दिएको छ। पहाडमा पानी परेमा पहिरो जान सक्ने र तराई डुबानमा पर्न सक्ने कुरालाई मध्यनजर गरी यससम्बन्धी पूर्वजानकारी उपलब्ध गराइन्छ।

टेलिकम र जल तथा मौसम विज्ञान विभागबीचको सहकार्यमा जल तथा मौसमजन्य सम्भावित विपद्सम्बन्धी पूर्वसूचना उपलब्ध गराउन मोबाइलमार्फत एसएमएस प्रवाह गर्ने गरेको । जसअनुसार महाकाली, पश्चिम राप्ती, कन्काई, बबई, कर्णाली, नारायणी, वाग्मती, कोशी नदी क्षेत्र र हिमाली क्षेत्रका ग्राहकको मोबाइलमा विपद्सम्बन्धी पूर्वसूचना सम्प्रेषणको व्यवस्था मिलाइएको छ।

यसका लागि टेलिकमले सम्भावित विपद् क्षेत्रका मोबाइल सेवाका ग्राहकहरुको विवरण मौसम विज्ञान विभागलाई उपलब्ध गराइरहेको छ। विभागले ११५५ कोडको प्रयोग गरी विशेषगरी विपद् आउनुपूर्व प्रभावित क्षेत्रका बासिन्दाले प्राप्त गर्न सक्ने गरी समूहगत सन्देश (बुल्क एसएमएस)मार्फत आवश्यक जानकारी पठाउने गर्दछ। विपद्को पूर्वजानकारीले क्षति न्यूनीकरण गर्न सकिने तथा मानवीय क्षति हुन नदिन वा कम गर्न सकिने भएकाले कम्पनी र जल तथा मौसम विज्ञान विभागबीच सहकार्य गरिएको हो।