कारका शौखिन अभिताभ बच्चनसँग छन् यस्ता ११ वटा कार

२०७६ असार २५ बुधवार
Newsdesk shikharnews

भारतीय चलचित्रका सुपरस्टार अमिताभ बच्चन लक्जरी कारका शौखिन पनि हुन् । उनीसँग लगभग एक दर्जन लक्जरी कार छन् ।

यी सबै मध्ये उनीसँग भएको रोल्स रोयसलाई विशेष मानिन्छ, किनभने यसलाई निर्देशक विधुविनोद चोपडाले ‘एकलव्य’ चलचित्रमा प्रभावशाली अभिनय गरे वापत दिएका थिए ।

अझै महत्वपुर्ण पक्ष के छ भने उनीसँग सबै गरी ११ लक्जरी कार छन् । अमिताभको जन्म दिन पनि अक्टोवरको ११ तारिखमै हो ।

अमिताभ बच्चनसँग सानदार रोल्स रोयस फ्यान्टम कार छ । जेम्स बन्डले आफनो फिल्ममा पनि यही कार प्रयोग गर्थे । भारतीय बजारमा रोल्स रोयसको मूल्य साढे ३ करोड रुपैयाँ पर्छ । उनीसँग बेन्टलेको कार सिजिटी पनि छ । यसको मूल्य लगभग २ करोड रुपैयाँ पर्छ ।

अमिताभलाई सर्वा्धिक मन पर्ने कार आर आर वोग पनि उनीसँगै छ । यसको मूल्य १ करोड ५ लाख ११ हजार १४ रुपैया भएको बताइएको छ । मर्सि्डिज एस ६०० । यो सानदार कार उनले निकै शौखिन तरिकाले चलाउछन् । यसको मूल्य ६ करोड रुपैयाँ पर्छ ।

उनीसँग मर्सि्डिज एस ३५० पनि छ, जसको मूल्य लगभग ९० लाख रुपैयाँ पर्छ । उनीसँग पोर्से क्यामेन र बीएमडब्ल्युको ७६० एलआई पनि छ ।

शैक्षिक संस्थामा साग बेच्नेको पनि लगानी परेको छ भन्दै कड्किए प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले शैक्षिकसंस्थाहरुमा साग बेच्नेहरुको पनि पसिना परेकोले तोड्फोडको काम नगर्न आग्रह गरेका छन् । उनले शैक्षिक संस्थाहरुको स्थापना के चल्छ भनेर थापिने पसलजस्तो नभएको भन्दै देशलाई चाहिने दक्ष जनशक्ति निर्माण केन्द्रित हुनुपर्ने बताए ।

त्रिभुवन विश्वविद्यालयको ६० औँ वार्षिक दिवशको बैठकमा वोल्दै प्रधानमन्त्री ओलीले एउटै विषयको २० हजार विद्यार्थी वार्षिक रुपमा देशलाई आवश्यक नपर्ने र खपत गर्न समेत गर्न नसकिने हुँदा प्राविधिक विषय सँगै कृषि, वन, इन्जिनियरिङ् लगाएतका विषयका विज्ञहरुको भने खाँचो रहेको बताए ।

शैक्षिक संस्थाहरु कुनै पनि कुरामा मनपरेन भने तोड्फोड गर्ने प्रविधि बसेको भन्दै प्रधानमन्त्री ओलीले यस्तै शैक्षिकसंस्थामा अनिमियता र वेथिती गर्ने जोसुकै भए पनि त्यसको अनुसार हेरिदैन् भने ।

व्यापारिक पानीजहाज सञ्चालन गर्न दुई संस्था इच्छुक
काठमाडौं। नेपालमा पानीजहाज कार्यालय स्थापनासंँगै अन्तरर्रा्ष्ट्रिय सामुद्रिक क्षेत्रमा पानी जहाज सञ्चालनका लागि केही संस्थाले इच्छा देखाउन थालेका छन्। नेपाली ध्वजावाहक झण्डा अन्तर्रा्ष्ट्रिय सामुद्रिक क्षेत्रमा फरफराउने गरी व्यापारिक पानीजहाज सञ्चालन गर्न दुई समूहले इच्छा देखाएका छन्। दर्ताका लागि कम्पनीको अनुमतिपत्र लिनका लागि ललितपुरस्थित नेपाल पानी जहाज कार्यालयमा ती समूह पुगेका छन्।

कार्यालयबाट अनुमपतिपत्र प्राप्त गरेपछि मात्र कम्पनीले समुद्रमा पानीजहाज सञ्चालन गर्ने पाउने व्यवस्था छ। कार्यालयका रजिष्ट्रार ऋषिराम कोइरालाले कार्यालयमा व्यापारिक पानीजहाज सञ्चालनका लागि इच्छा देखाउँदै दुई प्रस्तावित कम्पनी अनुमतिका लागि आएको बताए। ‘‘नेपाली ध्वजावाहक झण्डासहित व्यापारिक पानीजहाज सञ्चालनका लागि हामीकहाँ दर्ता गर्नका लागि दुई कम्पनी आइसकेका छन्’’ उनले भने,‘‘ तर हामीसंँग त्यो अनुमति दिनका लागि ऐन कानून नभएकोले दिन सकेका छैनौँ।’ ती कम्पनीका मानिसले आफूहरुले कानूनका लागि सहयोग गर्नेसमेत बताएका छन्।

कार्यालयले समुद्रमा नेपाली ध्वजावाहक पानी जहाज सञ्चालन गर्नका लागि आवश्यक कानून बनाइरहेको छ। कानून बनिसकेपछि कार्यालयमा कम्पनी दर्ता भई समुद्रमा पानीजहाज सञ्चालन गर्नेछन्। विसं २०२७ मा बनेको पानी जहाजसम्बन्धी ऐनले अहिलेको अन्तराष्ट्रिय कानूनलाई नसमेट्ने भएकाले नयाँ कानून बनाउन थालिएको रजिष्ट्रार कोइरालाले बताए। ‘‘अन्तरराष्ट्रिय कानूननियमलाई समेटेर पानी जहाजसम्बन्धी एकीकृत ऐन बनाउन थालेका छौँ । पहिलेको ऐनले अहिलेको विश्व परिस्थितिलाई समेट्न सक्दैन’’, उनले भने, ‘‘त्यसैले ती पहिलेका ऐननियमलाई खारेज गर्दै नयाँ ऐन बनाउन थालेका हौँ।’’

विसं २०२७ मा नेपाली ध्वजावाहक झण्डा समुद्रमा फरफराउनका लागि पानीजहाज दर्तासम्बन्धी ऐन २०२७, नेपाली पानी जहाज दर्ता नियमावली –२०२८, नेपाली पानीजहाज (प्रमाणपत्र रोजानाच्चा) ऐन २०२७ र नेपालको प्यापारिक पानीजहाजको झण्डासम्बन्धी ऐन २०२७ ल्याइएको थियो। उनका अनुसार विज्ञ समूहको सहभागितामा कार्यालयले कानून बनाउने छ।

कार्यालयले यही आर्थिक वर्षमा विज्ञ समूह झिकाई कानून बनाउने भने तापनि प्राविधिक कारणले नसकिएको कार्यालयका सिनियर डिभिजनल इञ्जिनीयर विपीन राजभण्डारीले जानकारी दिए। उनले विज्ञ समूहलाई ल्याएर ऐन बनाइने भएकाले अझै समय लाग्ने बताए। ‘‘हामी यही वर्ष्भित्र ऐन बनाएर कम्पनी दर्ता गरी समुद्रमा व्यापारिक पानीजहाज सञ्चालनका लागि अनुमति दिने तयारीमा रहेका छौँ’’, उनले भने, ‘‘ आउँदो आर्थिक वर्षदेखि हामी विज्ञसमूह बोलाएर ऐनको मस्यौदा बनाउँछौँ।’’
ऐन बनाएर अनुमतिपत्र दिनका लागि अझै १० महिनाजति लाग्नेछ। पानीजहाज सञ्चालन गर्नका लागि २७ अन्तरर्रा्ष्ट्रिय सन्धिमहासन्धिको पालना गर्नुपर्ने हुन्छ। कार्यालयले इन्टरनेशनल मेरिटाइन अर्गनाइजेशन (आइएमओ) को नियम पालनासम्म गर्नुपर्ने हुन्छ।

मेरिटाइन अर्गनाइजेशन पानीजहाजसम्बन्धी नियमपालना गराउने अन्तरराष्ट्रिय संस्था हो। यसैगरी कार्यालय पहिलो पटक आन्तरिक जलयान सञ्चालनका लागि ‘जलयान सञ्चालनसम्बन्धी नियमावली ल्याउने तयारीमा रहेको छ। नियमावलीले जलयान दर्ता तथा नियमनसम्बन्धी काम गर्ने कार्यालयका रजिष्ट्रार कोइरालाले जानकारी दिए। उनका अनुसार अहिले नियमावलीको मस्यौदा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको छ। नियमावली बनेपछि कोशी र नारायणीमा सञ्चालन हुने जलयान कार्यालयमा दर्ता गर्नुपर्ने हुन्छ। कार्यालयमा अधिकांश कर्मचारी अर्धदक्ष छन्। पानीजहाजसम्बन्धी काम गर्न दक्ष जनशक्ति चाहिए पनि अधिकांश कर्मचारी अर्धदक्ष रहेको कार्यालयका सिनियर डिभिजन इञ्जिनीयर राजभण्डारीले जानकारी दिए। उनले पानीजहाजसंँग सम्बन्धित दक्ष इञ्जिनीयरको खोजी भइरहेको पनि बताए।

‘‘कार्यालय स्थापनासंँगै पानीजहाजसम्बन्धी ‘मेरिन इञ्जिनीयर’ सम्पर्कमा आउने गरेका छन्’’, उनले भने, ‘‘हामीले ती इञ्जिनीयरलाई आवश्यकताअनुसार काममा लगाउने सकिने भएकाले सम्पर्कमा रहिरहन भनेका छौँ।’’ ती मेरिन इञ्जिनीयरले भारत र जापानका पानीजहाजमा समेत काम गरिसकेका छन्। अहिले पाँच इञ्जिनीयरसहित १६ कर्मचारी छन्। सरकारले समुद्रमा पानीजहाज सञ्चालन गर्नका लागि गत फागुन २ गते कार्यालय स्थापना गरेको हो।