न्युजिल्याण्डको बलिङ अगाडि भारतीय ब्याट्सम्यान निरिह, न्युजिल्याण्ड फाइनलमा प्रवेश

२०७६ असार २६ बिहीवार
Newsdesk Shikharnews

एजेन्सी । आईसीसी विश्वकप क्रिकेटको पहिलो सेमिफाईनल खेलमा न्युजिल्याण्ड विजयी हुदैं फाइनलमा प्रवेश गरेको छ। म्यान्चेष्टरको ओल्ड ट्राफोर्डमा भएको खेलमा भारतलाई १८ रनले पराजित गर्दै न्युजिल्याण्ड फाइनलमा प्रवेश गरेको हो।

मंगलबार भएको पहिलो सेमिफाइनल खेल वर्षाले प्रभावित भएपछि बुधबार भएको थियो। आज भएको खेलमा २४० रनको लक्ष्य पाएको भारतले ४९.३ ओभरमा सबै विकेट गुमाएर मात्र २२१ रन बनायो। २४० रनको सामान्य लक्ष्य पाएको भारतको मात्र ५ रन बनाउँदा टप अर्डर ध्वस्त भएको थियो।

मंगलबार टस जितेर ब्याटिङ गरेको न्युजिल्याण्डको परी कप्तान विलियम्सन र रस टेलरले सम्हालेका थिए। विलियम्सनले ६७ तथा टेलरले ७४ रन बनाउँदै न्युजिल्याण्डलाई सम्मानजनक स्कोरमा पुर्याएका थिए। भारतका भुवनेश्वर कुमारले सर्वा्धिक ३ विकेट लिए भने अन्य बलरले १–१ विकेट लिए।

२४० रनको लक्ष्य पछ्याएको भारतले ४९।३ ओभरमा सबै विकेट गुमाएर मात्र २२१ रन बनायो। टप ३ ब्याट्सम्यान १÷१ रन बनाएर आउट भएको भारतको लागि हार्दिक पंड्या र रिषभ पन्तले केही सम्हाल्ने कोशिश गरेका थिए। त्यसपछि रविन्द्र जडेजा र महेन्द्र सिंह धोनीले १०० रन माथिको साझेदारी गर्दै भारतलाई जित नजिक पुर्याएका थिए। तर अन्तिम दुई ओभरमा यी दुइृ ब्याट्सम्यान आउट भएपछि खेल न्युजिल्याण्डको पक्षमा गयो।

दबाबमा रहेको भारतका लागि जडेजाको सर्वा्धिक ७७ रन तथा धोनीको ५० रनको अर्धसतकिय पारीले जित दिलाउन सकेन। न्युजिल्याण्डका म्याट हेनरीले शानदार बलिङ गर्दै ३ विकेट लिए भने ट्रेन्ट बोल्ट र मिचेल शेन्टनरले २–२ विकेट लिए।

जितसँगै न्युजिल्याण्ड विश्वकप २०१९को फाईनलमका पुग्ने पहिलो टिम बनेको छ। न्युजिल्याण्डले अब बिहिबार हुने अस्ट्रेलिया र इंग्ल्याण्डबिचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।