वर्षाको पानीमा भिज्दा हुन्छन् यस्ता ४ फाइदाहरु

२०७६ असार २६ बिहीवार
Newsdesk Shikharnews

तपाईलाई थाहा छ वर्षातको पानीमा भिज्दा के के फाइदा हुन्छ ? अहिले देशैभरी मनसुन सक्रिय भएका कारण विहान, दिउँसो र बेलुका जति बेला पनि पानी पर्न सक्छ । वर्षातको पानी भिज्न कतिपयलाई मज्जा लाग्छ त कतिपय पानी भन्ने बित्तिकै तर्सिने गर्छन् । तर वर्षातको पानीमा भिज्नु स्वास्थ्यको दृष्टिकोणले भने निकै लाभदायक हुन्छ । वर्षातको पानीले तपाईको छाला र कपालमा निकै धेरै फाइदा पुर्याउने गर्छ । वर्षातमा भिज्दा हुने ४ फाइदाहरु यसप्रकार छन् ।

१. वर्षातको पानी भाँडोमा थापेर आफ्नो कपाल धुने गरे त्यसले निकै धेरै फाइदा पुर्याउँछ । वर्षातको पानीले धोएको कपाल नरम र आकर्षक देखिन्छ । केही दिन यसरी वर्षातको पानीले कपाल धुने गरेका तपाई आफ्नो कपालमा देखिएको सकरात्मक परिवर्तन देखेर आफै चकित पर्नु हुनेछ ।

२. वर्षातको पानीमा नुहाउनु पनि स्वास्थ्यको लागि निकै फाइदाजनक हुन्छ । आकाशबाट बर्षिएको पानीमा नुहाउँनाले छालाको एकदमै राम्रोसँग प्राकृतिक तरिकाले सफाइ हुन्छ । त्यतिमात्रै होइन, वर्षातको पानीले छालामा रहेका सानातिना रोगहरु पनि हटेर जानुका साथै स्वस्थ पनि बनाउँछ ।

३. वर्षातको पानीलाई कुनै भाँडोमा जम्मा गरेर राख्ने अनि त्यो पानी बेलुका सुत्नु अघि छालामा लगाउने गर्नाले छाला नरम र दागरहित बन्छ । यदि तपाईको अनुहारको छाला दागसहितको र कडा छ भने आजैदेखि वर्षातको पानी थापेर लगाउने गर्नुस् । केही दिन पछि नै आफ्नो अनुहारको छालामा देखिने परिवर्तन देखेरे आफै विश्वास गर्न सक्नु हुन्न ।

४. विहानै उठेर आकाशबाट बर्षिएको पानीले मुख धुने गर्न निकै लाभदायक हुन्छ । आकाशको पानी थापेर त्यो पानीले मुख धुने हो भने अनुहारको छालाको रंग सफा हुनुका साथै दागधब्बा पनि हटेर जान्छ । त्यासे त वर्षाको पानी पेडिक्योरका लागि पनि गर्न सकिन्छ ।