गोदावरी खोलाले जीप बगायो, खोलामा पानी बढेपछि स्थानीय नाकाबन्दीमा
बाढीले गोदावरी खोलाको बहाव खतराभन्दा माथि पुगेपछि महालक्ष्मी नगरपालिकाका बासिन्दामाथि नाकाबन्दी लागेको छ । दुई आर्थिक वर्ष बितिसक्दा पनि अन्र्तगत सिद्धिपुर(लुभु जोड्ने मुख्य सडकको पुल निर्माण पूरा नहुँदा दशौं हजारलाई नाकाबन्दी लागेको छ ।
अविरल वर्षाका कारण आएको बाढीले अस्थायी आवागमनका लागि राखिएको ढलभन्दा निकै माथि पानीको सतह पुगेपछि वडा नम्बर ७,८,९ र १० का बासिन्दा खोला वारपार गर्न पाएका छैनन् । शुक्रबार विहान अस्थायी कलभर्ट तरेर गएकाहरु साँझ घर फर्कन सकेनन् । फर्केर आफन्तकोमा बस्न पुगे । कोही वैकल्पिक मार्ग खोज्दै हिंडे ।
यसै आर्थिक वर्षभित्र सम्पन्न भइसक्नुपर्ने पुल विभिन्न बहानामा पूरा हुन सकेको छैन । पुलको तल्लो पिलर मात्र जोडिएको छ । ग्वार्को लामाटार सडक खण्डको गोदावरी खोलाको पुल नबन्दा गत वर्ष पनि जीप बगाएको थियो । यस वर्ष पनि बगाउन लागेको जीपलाई स्काभेटरको सहायताले निकालियो ।
पुल समयमा नबन्दा स्थानीयवासी जनप्रतिनिधिहरुसँग आक्रोशित भएका छन् । उनीहरुले कामभन्दा कुरा धेरै गरेको भनी असन्तुष्टि पोखेका छन् ।
सिद्धिपुरबाट बिसनडोल हुँदै लुभु जाने वैकल्पिक मार्ग पनि निर्माणाधीन भएकाले हजारौं बासिन्दालाई आवतजावत गर्न कठिनाई परिरहेको छ ।
असार २८ गते शनिबारको राशीफल यस्तो छ
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । लेनदेनमा सजकता अपनाउनु पर्नेछ । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शैक्षिक क्षेत्रबाट सफलता मिल्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । घरमा अतिथीको सेवा होला । प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ र खर्च पनि हुनेछ । प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । शुभ समाचार सुन्न पाइएला । दाम्पत्य जीवन सुुखमय रहनेछ । मान प्रतिष्ठामा बृद्धि होला ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला । सरकारी निकाएको भय रहला । गरेका काममा ढिलासुस्ती हुनेछ । यात्रामा मालसामान हराउन सक्छ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्यमा सफलता पाईनेछ । नयाँ व्यक्ति संग भेटघाट हुनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) श्रमको उचित मुल्याङ्कन हुनेछ । पठनपाठनमा प्रगती हुनेछ । मुद्धा मामिलामा विजयी प्राप्त हुनेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । व्यापार व्यसायबाट लाभ मिल्नेछ । विश्वास गरेकाले साथ दिनेछन् ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ काम वा रोजगार पाईनेछ । दाम, इनाम र प्रतिष्ठाकमाउने बेलाछ । परिवारमा सुख सन्तोष छाउनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नयाँ कार्यको थालनी होला । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । भूमिबाट लाभ रहला ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । मिष्ठान्न भोजन प्राप्ति होला ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) शुभकार्यको चर्चा चल्नेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । ( ज्यो.प. नारायणप्रसाद दुलाल