’सासुको जन्मदिनमा प्रियंका चोपडाको खास उपहार, लेखिन इमोशनल पोष्ट

२०७६ असार २९ आइतवार
Newsdesk shikharnews

बलिउड अभिनेत्री अभिनेत्री प्रियंका चोपडा पनि सोसियल मिडियामा धेरै नै एक्टिभ हुन्छिन् । हालसालै उनले सोसियल मिडियामा आफ्नो सासु डेनिस जोनस(Denish jonas)लाई जन्मदिनको बधाइ दिइन् । प्रियंकाको सासुसँग निकै राम्रो सम्बन्ध छ । सासुको जन्मदिनमा शुभकामना दिदै उनले एउटा फोटो पनि सेयर गरेकी छिन् । फोटोको क्याप्सनमा उनले ‘मदर इन ल’को स्थानमा ‘मदर इन लभ’ लेखेर सासुलाई सम्बोधन गरेकी छिन् ।

प्रियंकाको व्यस्तता निकै छ । तर पनि उनी जस्तै व्यस्ततामा पनि परिवारलाई समय दिन्छिन् । विहेपछि पति निक जोन्स सहित परिवारसँग विताएको क्षणको फोटो उनी सोसियल साइटमा राखिहाल्छिन् । विहे पछि बलिउडबाट टाढा भएकी प्रियंका चाँडै बलिउड कमब्याक गर्दैछिन् । प्रदर्शनको तयारीमा रहेको ‘द स्काई इज पिंक’(the sky is pink)मा प्रियंका फरहान अख्तर(farhan akhtar) र जायार ओशिम (Zaira wasim) को मुख्य भूमिका रहेको छ । यो फिल्मलाई सिद्धार्थ रोय कपुरले निर्माण गरेका हुन् । फिल्मको छायांकन सकि सकेको छ ।

 

आइतबारदेखि कमजोर बन्दै वर्षा, कहाँ कति पानी पर्यो ?
काठमाडौं। शुक्रबारदेखि सक्रिय रहेको मनसुन आजबाट कमजोर बन्दै गएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।न्यूनचापीय रेखा ९वर्षा गराउने वायु० नेपालको तराई भू–भागमा अवस्थित रहेका कारणले मनसुनि गतिविधि सामान्य देखिए पनि विस्तारै कमजोर हुँदै जाने महाशाखाका मौसमविद् समीर श्रेष्ठले बताए।आज देशका पूर्व र पश्चिमी तराईका धेरैजसो स्थानमा मनसुनी वर्षा हुने छ। भोलिबाट यो प्रणाली दक्षिर्ण तर्फ सर्ने र क्रमश कमजोर हुँदै जाने मौसमविद् श्रेष्ठले भने । जसले गर्दा नेपालमा भन्दा भारतमा मनसुनी गतिविधि सक्रिय हुने बताइएको छ।

आज देशभर सामान्य बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा भई पूर्व र मध्य क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।भोलि देशैभरि सामान्य बदली रही देशको केही स्थानमा हुने वर्षाको सम्भावना रहेको छ। खासगरी देशको मध्य क्षेत्रका केही स्थान तथा पूर्व र पश्चिमका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ। त्यस्तै मङ्गलबार देशभर सामान्यदेखि पूर्ण बदली रही मध्य र पश्चिमी क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकामा १।० मिलिमिटर वर्षा भएको छ । त्यस्तै पोखरामा ३७।०, दिपायलमा १९।०, विराटनगरमा १२।०, नेपालगञ्जमा ६४।०, जुम्लामा २।०, दाङमा, २०।० र सिमरामा ७०।० मिलिमिटर वर्षा मापन गरिएको छ।

हेर्ने होइन नेहा शर्माको खतरनाक भिडियो ?
टिभीकी पपुलर अभिनेत्री नेहा शर्मा सानो पर्दाको साथ साथै सोसियल मिडियाम पनि धेरै पपुलर छिन् । उनी आफ्नो तश्वीर, भिडियो सोसियल मिडियामा शेर गरि रहन्छिन् । हालैमात्र उनी एउटा भिडियोलाई लिएर भाइरल भइरहेकी छिन् । नेहाले गएको बिहिबार एउटा भिडियो सेर गरेकी थिइन् । जुन सोसियल मिडियामा धमाका मच्चाइरहेको छ ।

यो भिडियोको इन्स्टाग्राममा २४ घण्टा भित्र ६ लाख भन्दा बढीले यो भिडियो हेरेका थिए । भिडियोमा नेहा फायर पान खाई रहेकी देख्न सकिन्छ । केही दिन देखि नेहा मध्यप्रदेशको इन्दोरमा छुटी मनाईरहेकी छिन् । यही छुटी मनाउँने क्रममा उनले फायर पान खाइरहेको भिडियो बनाइन र तुरुन्तै भिडियोलाई भिडियोलाई इन्स्टाग्राममा सेयर गरिन् ।

भिडियोमा नेहा पान खान डराइराखेकी देख्न सकिन्छ । नेहा अरुले खाउ भनेकाले मात्रै उक्त फायर पान खाएको बताउँछिन् । नेहाको यो भिडियो कतिपयलाई भने फिटिक्कै मन परेको छैन । जसजसलाई नेहाको उक्त भिडियो मन परेन, तिनीहरुले भन्दैछन् ‘नेहा चाहिने भन्दा बढि ओभर एक्टिङ गर्छिन् ।’

जंगबहादुर राणाका १० रोचक किस्सा
जंगबहादुर राणा ९१८७४–१९३३० प्रथम श्री ३ महाराज थिए । कोतपर्वको नरसंहार पश्चात नेपालको शासनमा उदाएका जंगबहादर भण्डारखाल पर्व पछि राजाभन्दा शक्तिशाली भए । उनको पालामा अंग्रेजसँगको लडाईंमा गुमेको मध्ये हालको बाँके, बर्दीया, कैलाली तथा कंचनपुर पूनः नेपालमा फिर्ता गरिएको थियो । अंग्रेजसँगको निकट सम्बन्धका कारण जंगबहादुर यी भूभाग नेपाल फर्काउन सफल भएका हुन् । बालनरसिंह कुँवरका छोराका रूपमा जंगबहादुरको जन्म वि।सं। १८७४ मा भएको थियो । सुरूका दिनमा लफङ्गा, जुवाडे जंगबहादुर आफूभित्रको अदम्य साहस, वीरता र चातुर्यका कारण नेपालको इतिहासमा एक सफल खलनायकका रूपमा छन् । नेपालमा राणा शासनको स्थापना गरी १०४ वर्षे पारिवरिक शासनशैलीको सुत्रपात उनीबाटै भयो ।
बेलायतीहरूका कट्टर भक्त जंगबहादुरले आफ्ना कट्टर विरोधीहरूलाई एकएक गरी मारेर एकतन्त्री शासन चलाए । उनी बेलायत र फ्रान्सबाट फर्केपछि नेपाली कला, संस्कृति, जनजीवन र कानूनमा समेत पश्चिमी प्रभवा परेको थियो ।

वि।स। १९०३ देखि २००७ साल सम्म नेपालमा राणाहरूले शासन गरे । तत्कालिन राजपरिवार भित्रको किचलोको फाइदा उठाउँदै जङ्गबहादुर कुँवर पहिलो राणा प्रधानमन्त्री बने । वि।स। १९०३ असोज ३ मा काठमाण्डौको दरबार क्षेत्रमा भएको कुख्यात कोत पर्वमा सयौं भारदार, रइस र सैनिकको हत्या गर्ने उनको षडयन्त्र सफल भयो । त्यसपछि ऊनले आफैलाई प्रधानमन्त्री बनाएर राणा पद धारण गरे । राणा परिवारमा प्रधानमन्त्रीको पद वंशपरम्परागत बन्यो भने शाह राजाहरू नाम मात्रको भए । वि।सं। १९३३ मा पत्थरघट्टामा यिनको मृत्यु भयो ।जंगबहादुर आफ्नो जीवन भर विभिन्न कारणले चर्चामा रहे । समय वित्दै जाँदा उनी एक किंबदन्ती जस्तै बन्न थाले । धरहराको टुप्पोबाट हाम फाल्थे रे, हात्तिले कुल्चाउँदा समेत मरेनन् रे, ‘ज्यूँदै बाघ समात्थे रे’ भन्ने जस्ता उनीसँग जोडिएका यी कुराहरु अहिले पनि नेपाली समाजमा विद्यमान नै छन् ।

जंगबहादुर राणासँग जोडिएका १० चर्चित प्रसंगहरुः

१। जंगबहादुर घोडचढीका निकै सौखिन थिए । उनी पढ्नेतिर भन्दा बन्दुक, युद्ध, घोडचढी, खेलकुदमा बढि ध्यान दिने दिन्थे ।

२। उनी जहाँ जता जाँदा पनि घोडामै सवार हुन्थे । जहाँ पुगेपनि शिकार खेल्ने मूडमा हुन्थे । त्यसैले उनी गोला बारुद र बन्दुकको सम्पूर्ण बन्दोबस्त गरेर हिँड्थे । शिकारी मानसिकता भएकै कारण उनले बम्बईबाट ३० वटा अरब जातका घोडा मगाएका थिए ।

३। जंगबहादुर १८५३ मे २६ को गर्मीको दिन बद्रीनाथ दर्शन गरेर फर्कने क्रममा उनले सीमाना देखि काठमाडौंसम्म १ सय ९ माइल लामो यात्रा निरन्तर घोडामा गरेका थिए । उक्त यात्रामा १२ वटा घोडा बदलेका थिए ।

४। जंगबहादुरको पालामा देशमा करिब करिब तीन थरी शासन चलेको थियो । राजा, रानी र राजकुमारले तीनथरी शासन चलाउन थालेका थिए । त्यही कारण उनी देशको मुख्य शासन आफ्नो हातमा लिन सफल भए ।

५। एकदिन दरबारको जग्गा कमाउने किसानहरुले तुसारोको कारण बाली नष्ट भएकाले त्यस बर्षको तिरो र मालपोत मिनाहाको विषयमा मन्त्रिपरिषद्मा विवाद भयो । त्यसबेला उनी मन्त्रीपरिषद्को सदस्य थिए । प्रधानमन्त्रीले सो विषयमा उचित कदम चाल्न नसकेपछि जंगबहादुरले त्यसको विरोध गरेका थिए । त्यसपछि मामा–भाञ्जा ९माथवरसिंह थापा र जंगबहादुर० बीच चर्को भनाभन चल्यो । जंगले भने–‘यो निर्णय एकदमै केटाकेटी भयो । मलाई केटाकेटी नठान्नुहोस् ।’ अनि यसमा राजा र राजकुमारले पनि जंगको पक्ष लिएपछि माथवरको मुख बन्द भयो ।

६। बेलायतको भ्रमण गर्ने एसियाकै पहिलो प्रधानमन्त्री हुन् जंगबहादुर राणा । त्यसबेला अहिले जस्तो हवाईजहाजबाट सजिलै पुग्नसक्ने अवस्था थिएन । त्यसबेला उनी भारतको बाटो हुँदै गएका थिए । उनी बेलायत भ्रमण गर्ने पहिलो प्रधानमन्त्री मात्रै नभएर एक वर्षसम्म त्यही बस्ने नेपाली प्रधानमन्त्री पनि थिए ।

७। जंगबहादुरको भ्रमणमा निस्केको टोलीले चिसापानीगढीको बाटो हुँदै पत्थरघट्टा पुगेको थियो । जहाँ उनीहरुको टोलीले १५ दिनसम्म बाघ र हात्तीको शिकार गरेर बसेको थियो ।

८। जंगबहादुर बेलायत जानेबेला पानी जहाजको प्रयोग गरेका थिए । समुन्द्री डाँकुबाट बच्न उनले तोपहरु जडान गरेका थिए । उनले भ्रमण टोलीमा कट्टर हिन्दूहरुलाई भान्से, पिपलको बिरुवा भएको गमला, ४० वटा पित्तलका गाग्रीहरु, दुहुनो गाई र महिनौंसम्मलाई पुग्ने दाल, चामलपनि साथै लगेका थिए ।

९। बेलायतमा पुगि नेपाली अलग्गै बसी खाना खान्थे । गाई दुहुन पनि अरुले पाउँदैनथे । यो दृश्य देखेर बेलायतीहरु अचम्म मान्थे । ४२ जनाको भ्रमण दल आफ्नो पोका–पन्तुरा बोकेर बेलायती होटलमा दौरा लगाएका जाँदा बेलायतीहरु रमिता मानेर हेर्थे ।

१०। जंगबहादुर नेपालबाट निस्किएको चार महिनापछि बेलायत पुगेका थिए । पछि उनी फर्कदाँ नेपाली कला, संस्कृति, जनजीवन र कानूनमा समेत पश्चिमी प्रभाव प्रशस्त बोकेर फर्किए ।