कार वा बाइक पानीमा डुबेको छ भने यी ३ गल्ती झुक्किएर पनि गर्न हुँदैन

२०७६ असार २९ आइतवार
Newsdesk Shikharnews

अहिले देशव्यापीरुपमा परेको अविरल वर्षाका कारण देशका धेरै स्थान डुबानमा परेका छन् । डुबानसँगै धेरै स्थानमा बाइक वा गाडी डुबाएको तस्विर वा दृश्य समेत अहिले सामाजिक सञ्जालहरुमा जतासुकै देख्न सकिन्छ । पानीमा यसरी कार वा बाइक डुब्नु पक्कै राम्रो होइन । पानीमा सवारी साधन डुब्दा धेरै क्षति पुग्न सक्छ । गाडी बिग्रने समस्या त छँदै छ इञ्जिन समेत बिग्रने प्रवल सम्भावना हुन्छ पानीमा डुब्दा ।

त्यसैले वर्षायामको समयमा ड्राइभिङ गर्दा अतिरिक्त सावधानी अपनाउनु पर्ने हुन्छ । बर्षाको समयमा जताततै पानी जमेका हुन सक्छ । त्यसैले पानी जमेको अवस्थामा ड्राइभिङ गर्दा निम्न कुरामा ध्यान दिनु पर्छ ।

पानी भएको ठाउँमा कार पार्किङ नगर्नु
बर्षाको समयमा सडकको साथ साथै पार्किङ स्थलमा पनि पानी भरिएको हुन्छ । यस्तो अवस्थामा कार पार्किङ गर्नु वा रोक्नु परेमा सकेसम्म पानी नजमेको स्थान हेर्नु पर्छ । पानी जमेको स्थानमा कार रोकेमा पानी कार भित्र छिर्ने डर रहन्छ । जसको कारण अनेक झन्झट उत्पन्न हुन सक्छ ।

पानीमा बन्द भएको कार रिस्टार्ट नगर्नु
भारी बर्षाको कारण कैयौं स्थानमा कार वा बाइकलाई पानीले नै ढाकेको हुन्छ । यस्तो बेलामा पानी कारको इन्जिनमा गएर स्टार्ट बन्द हुने खतरा हुन सक्छ । यदि पानीको कारणले स्टार्ट बन्द भएको खण्डमा पुन स्टार्ट गर्ने मुर्खता गर्नु हुन्न । यसले इन्जिन विग्रने खतरा हुन्छ । कारलाई ठेलेर पानी भन्दा बाहिर निकाल्ने कोशिस गर्नु वा पानीको स्तर कम हुने समयसम्म पर्खिरहनु अनि मात्र स्टार्ट गर्नु राम्रो हुन्छ । यस्तो अवस्थामा पनि स्टार्ट नभएमा मेकानिक्ससँग सम्पर्क राख्नु उचित हुन्छ ।

पहिलो गियर भन्दा माथिको गियर प्रयोग नगर्नु
जमेको पानीबाट कार वा बाइक निकाल्दा जहिले पनि कम स्पिडमा ड्राइभिङ गर्नु पर्छ । जमेको पानीमा कार जहिले पनि पहिलो गियरमा चलाउँनु पर्छ । यसले इन्जिनमा पानी छिर्न पाउँदैन । आवश्यक परेको समयमा ब्रेक लगाउँन पनि सजिलो हुन्छ । याद राख्नुस् जमेको पानीमा ड्राइभिङ गर्दा जहिले पनि स्पिड कम गर्नु पर्छ र हल्का ब्रेक पनि समाइराख्नु पर्छ ।

पानीबाट चल्ने कार ल्याउँदै हुण्डाई
भारतमा इलेक्ट्रिक कार कोना लन्च गरे पश्चात्त हुन्डाईले अब आधुनिक टेक्नोलोजी भएको कार लन्च गर्ने तयारीमा लागेको छ । हुन्डाई ग्रीन मोबिलिटीमा एक कदम अगाडि बढेर पहिलो हाइड्रोजन अर्थात् पानीबाट चल्ने कार लन्च गर्ने तयारीमा लागेको छ ।

हुन्डाईले यो प्रविधिको कार लन्च गरेमा हुन्डाई भारतको पहिलो हाइड्रोजनबाट चल्ने कार निर्माण गर्ने कम्पनी हुनेछ । कम्पनी हाइड्रोजनबाट चल्ने कार नेक्सो लन्च गर्ने तयारीमा लागेको छ । हुन्डाईले हालै इलेक्ट्रिक एसयूभी कोना लन्च गरेको थियो । सो कारले सिंगल चार्जमा ४५० किलोमिटरको दुरी तय गर्छ ।

जानकारी अनुसार हाइड्रोजनबाट चल्ने कार नेक्सो कोरियामा उपलब्ध हुनेछ । सन् २०२१ सम्ममा सो कार भारतमा पनि लन्च गरिने छ ।

हालको लागि यस प्रकारको कार निर्माणमा हुन्डाई बाहेक अरु कुनै कम्पनीले चासो दिएको छैन । तर जापानिज कम्पनी टोयोटाले हाइड्रोजन कारको लागि केही चासो दिए पनि हाल सो कम्पनीले इलेक्ट्रिक र हाइब्रिड टेक्नोलाजी कारमा फोकस गरिरहेको छ ।

हाइड्रोजन नेक्सोमा ५ ढोका हुनेछ र यसमा ५ सिटर स्पोर्ट युटिलिटी भेइकल हुनेछ । सो कार एसयूभी क्रेटा भन्दा लामो हुनेछ । नेक्सोमा १२० किलोवाटको ब्याट्री जडान गरिनेछ । जसले १६३ पीएसको पावर दिनेछ । सो कारको फ्युल ट्यांकमा १६३ लिटर हाइड्रोजन भर्न सकिन्छ ।

कोना भन्दा नेक्सोको ड्राइभिङ रेन्ज बढी रहेको छ । कोरियामा नेक्सोको ड्राइभिङ रेन्ज ८ सय किलोमिटर रहेको छ भने भारतमा १ हजार किलोमिटर रहेको छ । भारतीय सरकारले पनि हाइड्रोजन कारलाई प्रवद्र्धन गर्ने सकारात्मक तयारी गरेको छ । जीएसटी काउन्सिलले पनि कर २८ प्रतिशतबाट घटाएर १२ प्रतिशतमा झारेको छ ।

हुन्डाईले सबै ग्राहकको पहँुच पुग्ने गरी इलेक्ट्रिक र हाइड्रोजन कार निर्माण गर्न लागेको हो । इलेक्ट्रिक कारको रेन्ज बढाउनको लागि अन्तराष्ट्रिय स्तरमा फ्युल सेल टेक्नोलोजीको प्रयोग गर्न लागेको हो । केही कमर्सियल प्रोजेक्टमा सो टेक्नोलोजीको प्रयोग गर्ने तयारी शुरु भइसकेको छ ।

हुण्डाई क्रेटालाई टक्कर दिन आउँदैछ फोर्डको एसयूभी
फोर्डले टेरिटोरी नामक नयाँ कम्प्याक्ट एसयूभी सार्वजनिक गरेको छ । विशेष गरी चिनिया बजारलाई लक्ष्यित गरी ल्याइने सो एसयूभी सन् २०१९ देखि चाइनिज बजारमा उपलब्ध हुनेछ ।

फोर्डको हाल प्रचलित इकोस्पोर्ट भन्दा यो माथिल्लो रेन्जमा हुनेछ । यसको प्रतिस्पर्धा हुन्डाई क्रेटासँग हुनेछ । जेएम कर्पोरेसनसँग मिलेर फोर्डले टेरिटोरी एसयूभीको निर्माण गरेको हो ।

फोर्ड टेरिटोरीमा अघिल्लो भागमा क्रोमयुक्त ग्रिल छ । यसको दुवैतिर होरिजन्टल हेडल्याम्प्स छन् । साइडको भागमा ध्यान दिएर हेर्दा फराकिलो ह्विल आर्क र सार्प कर्भ लाइन उपलब्ध छ ।

क्याबिन पनि प्रिमियम छ । यसको सेन्टरमा ठूलो इनफोटेनमेन्ट स्क्रिन छ । स्क्रिनको तल्लो भागमा फोर्डको मस्ट्याङ जस्तै टोगल स्विच कन्ट्रोल छ ।

यसमा ड्राइभर असिष्टेन्स टेक्नोलोजी (डीएटी), एडेप्टिभ क्रुज कन्ट्रोल र प्रि–कोलिजन असिष्ट जस्ता फिचर पनि उपलब्ध छन् ।

विशेष गरी युवा ग्राहकलाई ध्यानमा राखेर यसको निर्माण गरिएको बताइएको छ ।

चीनमा यो पेट्रोल, माइल्ड हाइब्रिड र प्लग–इन हाइब्रिड गरी तीन इन्जिनमा उपलब्ध हुनेछ ।

पेट्रोल र माइल्ड हाइब्रिड भर्सनमा १.५ लिटर पेट्रोल इन्जिन हुनेछ, जसले १६३ पीएस पावर र २५० एनएम टर्क प्रदान गर्नेछ । यसमा ६–स्पिड एएमटी गियरबक्स हुनेछ ।

चीनको लागि मात्र निर्माण गरिएकोले यो गाडी भारतमा भने उपलब्ध हुने छैन । भारतमा उपलब्ध नभए नेपालमा पनि उपलब्ध हुने सम्भावना कमै हुन्छ ।

भारतमा भने फोर्ड र महिन्द्रा मिलेर छिट्टै नै नयाँ एसयूभी बजारमा ल्याउने योजना बनाएका छन् । यसको प्रतिस्पर्धा हुन्डाई क्रेटा र जिप कम्पाससँग हुनेछ । यद्यपि यसको नाम के हुनेछ, अझै सार्वजनिक गरिएको छैन ।

कारमा एसी बचाउने तरिका
गर्मी मौसममा कार भित्र गुम्सेर यात्रा गर्न सहज हुँदैन । नेपालको सन्दर्भमा जहाँ धुवाँ धुलोले गर्दा कारको झ्याल खोलेर यात्रा गर्न सहज बनाएको हुँदैन त्यस्तो अवस्थामा कारमा भएको एयरकन्डिसन (एसी) को प्रयोग गर्नु राम्रो विकल्प हो । तर एसीको सही तरिकाले प्रयोग गर्न नजान्नाले केही अप्ठ्यारो भने हुन सक्छ ।

चर्काे गर्मीयाममा कारमा भएको एसी पर्याप्त नहुन सक्छ । आधुनिक कार निर्माताले कारमा अटोमेटिक एसी वा क्लाइमेट कन्ट्रोल जस्तै आधुनिक उपकरणको प्रयोग गरेको हुन्छ । यसले गर्दा कहिलेकाही कारमा यात्रा गर्नेहरुले अप्ठेरोको सामना पनि गर्नु पर्ने हुन्छ ।

उच्च तापक्रमको कारणले कार भित्रको तापक्रम पनि बढी हुने गर्छ । यही कारणले कारमा एसी चलाउँदा एसीको खासै प्रभाव परेको हुँदैन । एसी चलेको छ कि छैन भन्ने भान हुँदैन । केही सरल उपायबाट यस्तो अवस्थाबाट केही छुट्कारा पाउन सकिन्छ ।

१. झ्याल थोरै खोल्ने
बाहिरको तापक्रम बढेसँगै कार भित्रको तापक्रम पनि बढेको हुन्छ । यही कारणले गर्दा एसी खोल्दा कार भित्र अलि चिसो हुन समय लाग्छ । त्यसैले कार ड्राइभिङ गर्दा जहिले पनि कारको झ्याल थोरै खोलेको खण्डमा भित्रको तातो हावा छिट्टो बाहिर निस्कन्छ ।

२. कारलाई सित्तल ठाउँमा पार्किङ गर्नु
कारलाई गर्मीबाट बचाउनको लागि सरल उपाय भनेको कारलाई सितल ठाउँमा पार्किङ गर्नु हो । कार जहिले पनि सकेसम्म सितल ठाउँमा पार्किङ गर्नु पर्छ र पार्किङको समयमा थोरै कारको झ्याल खोलि राख्दा राम्रो हुन्छ । यसले फ्रेस हावा कार भित्र प्रवेश गरेको हुन्छ र कारको तापक्रम केही हदसम्म कम हुन्छ ।

३. रिसक्र्युलेशन मोड
कार स्टार्ट गरेको समयमा जहिले पनि रिसक्र्युलेशन मोड अफ गर्नु पर्छ जसले गरम हावा भेन्टिलेशनबाट बाहिर निस्कन पाउछ र एकचोटी कार भित्र चिसो हावा आइसकेपछि रिसक्र्युलेशन मोड अन गर्नु जसले कार भित्र चिसो हावा आउछ । यस्तो स्थितिमा एसी चलाउँदा एसी प्रभावशाली ढंगबाट चलेको हुन्छ ।

४. मेन्टिनेन्स
कार र एसी दुबैको नियमित सर्भि्सिङ गराउनाले एसी सिस्टम राम्रोसँग चलेको हुन्छ । यदि कारको एसीमा कुनै प्रकारको समस्या देखिएमा सबैभन्दा पहिला उसको कम्प्रेसरको जाँच गराउनु पर्छ । गर्मी मौसममा जहिले पनि एसीको सर्भि्सिङ गराउनु पर्छ ।

५. एसीलाई कम गतिमा चलाउने
यदि कारमा अटो एसी वा क्लाइमेट कन्ट्रोल छ भने एसी सबभन्दा कम गतिमा चलाउनु पर्छ । यसले कार भित्रको तापक्रम तीव्र गतिमा कम हुन्छ । एक चोटी हावा चिसो भइसके पछि आफू अनुकुल तापक्रम बढाउन सकिन्छ ।

६. कार तीव्र गतिमा चलाउने
यदि कार लामो समयसम्म घाममा पार्किङ गर्नुभएको छ भने कार भित्रको तापक्रम बढ्नु स्वाभाविकै हो । यस्तो अवस्थामा कारलाई निश्चित दुरीसम्म कारलाई तीव्र गतिमा चलाउनु पर्छ । जब कारमा केही चिसो हावाको प्रवेश भएको महसुस हुन्छ तब सामान्य गतिमा ड्राइभ गर्दा हुन्छ ।