फिल्म लाल सिंह चड्ढाको आमिर खान र करिना कपुरको गेटअप कस्तो होला ?

२०७६ असार ३१ मंगलवार
Newsdesk Shikharnews

बलिउडका मिस्टर फर्फेक्सनिष्ट आमिर खानको नयाँ लालसिंह यतिबेला चर्चामा रहेको छ । टाम ह्याग्सको अफिसियल हिन्दी रिमेक यो फिल्ममा आमिर खानको अपोजिटमा करिना रहेकी छिन् । थ्रि इडियतपछि आमिर र करिना फेरि यसै फिल्ममार्फत् अपोजिट रोलमा देखिन लागेका हुन् ।

केही दिन अघि सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार आमिर र करिनालाई यो फिल्ममा छुट्टै गेटअपमा प्रस्तुत गरिदैछ । फिल्मलाई अद्वैत चन्दनले निर्देशन गर्नेछन् । निर्देशक चन्दन र आमिर दुवै मिलेर कसरी फरक लुक्समा प्रस्तुत गर्न सकिन्छ भने कडा अनुसन्धान गरिरहेका छन् । हरेक दृश्यको टाइमफ्रेममा छुट्टाछुट्टै लुक्स हुने निर्माण पक्षले बताएको छ ।

फिल्मको छायाकंन अगाडि नै टेष्ट लिइने भएको छ । यो फिल्मलाई ३ सेड्युलमा छायांकन गर्ने योजना बनाइएको छ ।

‘वार’ टिजरमा ऋतिक रोशन र टाइगर श्राफको घम्साघम्सी
ऋतिक रोशन र टाइगर श्राफ बीचको घम्साघम्सी सहितको फिल्म वारको टिजर सार्वजनिक भएको छ । दुई हिरोको वारको ट्यागलाइन सहितको टिजरमा ऋतिक र टाइगर एक अर्कामाथि आक्रमक तरिकाले जाइ लागेका छन् । ५२ सेकेण्डको यो टिजरको एक दृश्यमा वाणी कपुर पनि देखिन्छिन् । बाणीलाई एकदमै बोल्ड अवतारमा प्रस्तुत गरिएको छ ।

टिचरमा देखिएको एक्सनको दृश्य हलिउड फिल्मलाई चूनौति दिने किशिमको रहेको छ । वार आउँदो अक्टोबर २ मा प्रदर्शन हुँदैछ । मिडियो रिपोर्टका अनुसार आदित्य चोपडा यति सचेत थिएकी फिल्मको बारेमा केही कुरा पनि बाहिर नजाओस् । उनले फिल्म छायांकन भइरहेको कुरालाई गोप्य राख्न रणनीति नै तयार गरेका थिए ।

मिडियामा फिल्मको विषयमा लुकाउन अशम्भव भनिरहँदा पनि आदित्यले भने टिजर सार्वजनिक हुनु अघिसम्म फिल्मको सबै कुरा गोप्य राख्न सफल भए । आदित्यको रणनीतिकै कारण बलिउडकै सबैभन्दा रुचाइएका एक्सनस्टार द्वयको यो फिल्मको बारेमा टिजर अघि न कसैले केही थाहा पाए, नत फिल्मको छायांकनको कुनै दृश्य लिक भयो ।

के नवजोत सिंह सिद्धुे फेरि बिजेपीको ढोका ढकढक्याउँछन ?
बीबीसी। कर्नाटक र गोवामा संकटको सामना गरिरहेको कांग्रेसमा नवजोत सिंह सिद्धूले अमरिन्दर सिंह मन्त्रिमण्डलबाट राजीनामा दिएका छन्। सिद्धूले आइतबार ट्विटरमा कांग्रेस अध्यक्ष राहुल गान्धीलाई पठाएको राजीनामाको कपी पोस्ट गर्दै लेखे–१० जुन २०१९ मा राहुल गान्धीलाई बुझाएको मेरो राजीनामा।’ सिद्धूले मुख्यमन्त्रीलाई पनि आफ्नो राजीनामा पठाएका छन्।

पंजाबका मुख्यमन्त्री क्याप्टेन अमरिन्दर सिंह र नवजोत सिंह सिद्धूबीच लामो समयदेखि विवाद चल्दै आएको थियो। लोकसभा निर्वाचनमा खराब प्रदर्शनपछि यो विवाद सतहमा आएको थियो। अमरिन्दर सिंहले पंजाबमा कांग्रेसको प्रदर्शन खराब हुनुका कारण सिद्धूलाई दोष दिए। त्यसपछि सिद्धूको मन्त्रालय पनि परिवर्तन गरिदिए।

शहरी निकायसँगै पर्यटन–संस्कृति विभाग फिर्ता लिएर सिद्धूलाई नवीकरणीय विभागको जिम्मेवारी दिए। नवजोति सिंह सिद्धूले विरोध स्वरुप नयाँ मन्त्रालयको जिम्मेवारी सम्हालेनन् बरु उनले राजीनामा दिए। कांग्रेस पहिला देखि नै दुई राज्यमा आफ्ना विधायक जोगाउने कोशिशमा जुटेको छ। कर्नाटकमा कांग्रेस– जेडीएस गठबन्धनको सरकारमाथि खतराका घण्टी बजेको छ।

पंजाबमा चलिरहेको यो टकराव अब राजीनामा सम्म पुगेको छ। कांग्रेसमा सिद्धू जनवरी २०१७ मा आएका थिए। करिव साढे दुई वर्षको अवधिमा सिद्धू राजीनामासम्म पुगे। वरिष्ठ पत्रकार जगतार सिंह भन्छन्, ‘पंजाबमा यो टकराव पार्टीको होइन। दुई जनाको व्यक्तिगत टकराव हो। यहाँ सिद्धू एक्लै भएका छन्। उनको पार्टीमा कुनै ठूलो समर्थन वा आधार समूह छैन ।

यस्तोमा उनको राजीनामाले पंजाब कांग्रेसमा कुनै खास असर पर्दैन।’ ‘उनी सुरुदेखि कांग्रेसमा आबद्ध थिएनन्। सुरुमा बिजेपीमा थिए, फेरि आम आदमी पार्टीसँग उनको नाम जोडियो। आफ्नो अलग मोर्चा पनि बनाए। फेरि कांग्रेसमा आए। उनको कांग्रेसमा कुनै समर्थन आधार बन्न सकेन। पंजाबका नेताभन्दा धेरै उनलाई दिल्लीमा राहुल गान्धी र प्रियंका गान्धीको समर्थन रह्यो।

अब राहुल गान्धीले पनि यो विषयमा धेरै दखल दिएका छैनन्।’ जगतार सिंहका अनुसार एकतर्फ पार्टीमा एक व्यक्ति आफ्नो लडाइँ डलिरहेको थियो, जसमा उनलाई राहुल गान्धीको समर्थन थियो। तर अब त्यो समर्थन पनि छैन। यो सिद्धूको निजी संकट हो र यो भन्दा अगाडि कुरा बढेको छैन। तर राजनीतिक विश्लेषक हरजेश्वर पाल सिंह यो विषयमा केही हदसम्म असहमति जनाउँछन्।

उनका अनुसार सिद्धूको राजीनामाले कांग्रेसमा असर पर्नसक्छ। हरजेश्वर पाल सिंह भन्छन्, ‘सिद्धू एक लोकप्रिय नेता हुन्। र अकाली दल विरुद्ध पनि खुलेर बोलिरहेका छन्। यहाँ मानिसको के धारणा थियो भने कांग्रेसको अकाली दलसँग भित्री साँठगाँठ भएको छ। जसले सिद्धूलाई बुझ्छ उसले कांग्रेसले अकाली दल विरुद्ध बोलिरहेको बुझ्छन्।

यस्तोमा सिद्धूको राजीनामाले पार्टीलाई भित्री रुपमा असर नपरेपनि लोकप्रियतामा भने असर पर्छ।’ पंजाबमा दुवै नेताबीचको विवाद अब कसैबाट लुकेको छैन। अमरिन्दर सिंहले के पनि स्वीकार गरेका छन् भने सिद्धूको राजनीतिक आकांक्षा मुख्यमन्त्रीको पदमा बस्ने रहेको छ। तर सिद्धूको अवस्था यसरी बिग्रियो की उनले मन्त्री पदबाट नै राजीनामा दिनुपर्यो।

जगतार सिंह भन्छन््, ‘सिद्धूसँग अब उनी उपाय नै बाँकी रहेन। उनको मन्त्रालय परिवर्तन गरियो र सिद्धूको विरोधमा अमरिन्दर सिंह खुलेर बोल्न थाले। उनी आफ्नो गुनासो लिएर राहुल गान्धीसम्म पनि पुगे होलान।’ ‘तर यो राजीनामा दश जुनमा सिद्धूले दिएका हुन्। राहुल गान्धीले केही गर्ने थिए भने यो बीचमा गरिसक्थे। फेरि पोर्टफोलियो परिवर्तन गर्ने कुरा मुख्यमन्त्रीको अधिकार क्षेत्रमा पर्छ।

पहिला उनलाई केन्द्रीय नेतृत्वबाट जुन समर्थन थियो र अहिले त्यो समर्थन प्राप्त भइरहेको छैन। त्यस्तोमा उनले राजीनामा दिएर थोरै र ठूलो कदम बढाएका छन्।’
नवजोत सिंह सिद्धू बिजेपीमा बसेर काम गरिसकेका छन्। र, आम आद्मी पार्टीसँग पनि उनको विवाद भएको छ। यस्तोमा कांग्रेसमा आफ्नो स्थिति कमजोर हुँदा उनीसँग के विकल्प बाँकी छ?

हरजेश्वर पाल सिंहका अनुसार कांग्रेसमा उनको अवस्था कमजोर भएपनि सिद्धू अहिले नै बीजेपी र अकाली दलमा जाने अवस्था छैन। सिद्धूले दुवै दलको यति धेरै विरोध गरेका छन् की यदि उनी बीजेपीमा गए भने उनको करियर नराम्ररी प्रभावित हुनेछ। उनको यस्तो फण्डाको अहिले सामाजिक सञ्जालमा भने पक्ष र विपक्षामा प्रतिक्रिया आइरहेको छ ।