प्रभासको ‘साहो’मा ८ मिनेटको दृश्यलाई भारु ७० करोड खर्च

२०७६ साउन १ बुधवार
Newsdesk Shikharnews

बाहुबली २ पछि अभिनेता प्रभासको अर्को बिग फिल्म साहो अगष्ट १५ मा प्रदर्शन हुँदैछ । पोष्टर र टिजर सार्वजनिक भएपछि अहिले यो फिल्मले माउथ पव्लिसिटी पनि निकै भइरहेको छ । फिल्मको साइको सैया गीतलाई पनि दर्शकले निकै रुचाएका छन् । यसैक्रममा फिल्मका सिनेमेट्रोग्राफर मैडीले गरेको एउटा खुलासाले अहिले सनसनी मच्चाइरहेको छ ।

मैडीका अनुसार फिल्ममा एउटा ८ मिनेटको यस्तो एक्सन दृश्य रहेको छ, त्यसको लागि मात्रै निर्माण पक्षले ७० करोड भारु खर्च गरेको छ । यो वर्षकै बिग इन्टरटेनर फिल्म मानिएको साहोको करिब सवा अर्ब नेपाली रुपैयाँ खर्च गरिएको दृश्यले कतिको दर्शकको मन जित्ला फिल्म प्रदर्शन भएपछि थाहा हुनेछ ।

फिल्ममा निर्देशक सुजितले भारतीय फिल्ममै यस्तो प्रयोग अहिलेसम्म नगरिएको दावी गरेका छन् । भयानक एक्सनका स्टन्टहरुले दर्शकको धड्कन थाम्ने मुस्किल पर्ने निर्माण पक्षको दावी छ ।

रिपोर्टका अनुसार साहोको क्यारेक्टरमा प्रभास अलग अलग रोलमा हुनेछन् । फिल्ममा प्रभास र निल नितिन मुकेशको भूमिका निकै चूनौतिपुर्ण छ । यो फिल्ममा श्रद्धा कपुर प्रहरी अफिसरको भूमिकामा छिन् । साहो अगष्ट १६ मै रिलिज हुने जोन अब्राहमको ‘बाटला हाउस’ र अक्षय कुमारको ‘मिसन मंगल’सँग जुध्नेछ ।

थाहा पाउनुस् यी भारतीय कलाकारको पढाई
भारतीय फिल्म नगरी अर्थात बलिउडका नाम चलेका हिरो, हिरोइनले कति पढेका होलान् ? पक्कै पनि पढे–लेखेकै होलान् भन्ने आम सोचाई हुन सक्छ तर यथार्थ फरक छ । नेपालमा पनि कलाकारहरुको शिक्षालाई लिएर बेलाबखत चर्चा हुने गर्छ । तर, बलिउडका केही कलाकारहरुको पढाईको स्तर थाहा पाउनु भयो भने अचम्मित बन्नु हुन्छ ।

धेरै चर्चित भारतीय कलाकारहरुको औपचारिक अध्ययन एकदमै कम रहेको एक भारतीय न्यूज एजेन्सीले दाबी गरेको छ । स्रोतका अनुसार बलिउडका सुपरस्टार सलमान खानले मात्रै स्कुलको पढाई पुरा गरेका छन् भने नायिका करिष्मा कपुर ५ कक्षा मात्रै उतिर्ण रहेको जनाइएको छ । बलिउडकी चर्चित नायिका कैटरिना कैफले कहिल्यै पनि स्कुल–कलेजको मुख नदेखेको दाबी गरिएको छ ।

कैटरिना लण्डनमा बस्नुअघि परिवारका साथमा चीन, जापान, फ्रान्स, स्वीजरल्याण्ड, पोल्याण्ड, जर्मनी, बेल्जियम लगायतका देश पुगिन् । लगातार स्थान परिवर्तन हुने कारणले कैटरिनाको स्कुल–कलेजमा पढाई भएन । कैटरिनाको जतिपनि किताबी ज्ञान छ, त्यो सबै घरमा नै भएको बताइएको छ । यस आधारमा उनको शैक्षिकस्तर शून्य छ ।

त्यस्तै पूर्व विश्व सुन्दरी समेत रहेकी नायिका ऐश्वर्या रायले मुम्बईको जयहिन्द कलेजमा एकवर्षको पढाईपछि आर्किटेक्चर पढाईको लागि अर्को एक कलेजमा भर्ना भएपनि पढाई बीचैमा छाडेको कारण ऐश्वर्या स्नातकमुनी अर्थात् अन्डर ग्रयाजुएट भएको बताइन्छ ।

त्यस्तै सन् ११९० को दशककी स्टार नायिका करिश्मा कपुर बलिउड फिल्म उद्योगमै दोस्रो कम शिक्षित हिरोइन भएको जनाइएको छ । करिश्माको पढाई ५ कक्षा पास मात्रै हो । उनले छैठौं कक्षाको पढाई गर्दागर्दै छोडेकी थिइन् र १७ वर्षकै उमेरमा ‘प्रेम कैदी’ नामक हिन्दी फिल्मबाट आफ्नो अभिनय यात्रा सुरु गरेकी थिइन् ।

त्यस्तै नायिका प्रियंका चोपडाले लखनऊ, अमेरिका लगायतमा गरेर हाई स्कुलसम्मको मात्रै पढाई गरेकी छिन् । बलिउडमा पछिल्लो पुस्ताका चल्तीका नायक रणवीर कपुर पनि ग्रयाजुएट नभएको दावी उक्त न्यूज एजेन्सीले गरेको छ ।

त्यस्तै नायिका कंगना रानावत १० कक्षा मात्रै पास छिन् । कंगनालाई अंग्रेजी राम्रोसँग बोल्न नजानेको भनेर बलिउडमा निकै हेप्ने गरिन्थ्यो । बलिउडमा मिस्टर पर्फेक्सनिस्टको उपमाले चर्चित हिरो आमिर खान १२ कक्षा मात्रै उतिर्ण छन् ।

त्यस्तै बलिउडकी ‘काली सुन्दरी’ नायिका बिपाशा बसु पनि १२ कक्षा मात्रै उतिर्ण छिन् । बलिउडका सुपरस्टार सलखान खानले ११ कक्षामा भर्ना लिएपनि परीक्षा नदिएका कारण उनी १० कक्षा मात्रै उतिर्ण भएको जनाइएको छ ।

त्यस्तै अक्षय कुमार पनि स्कुलको पढाई पुरा गरेपछि कलेज त भर्ना भए तर पढाई पुरा नगरी मार्सल आर्टतर्फ लागेका थिए । त्यस्तै अभिषेक बच्चन पनि अन्डर ग्रयाजुएट हुन् भने अर्का नायक इमरान खानले अमेरिकाको क्यालिफोर्नियास्थित स्कुलमा हाई स्कुलसम्मको पढाई गरेका छन् ।

त्यस्तै सैफ अली खानसँग पनि कुनै डिग्री छैन भने नायिका अनुष्का शर्मा पनि अन्डर ग्रयाजुएट भएको दाबी गरिएको छ ।