मुम्बई आक्रमणमा मुख्य योजनाकार हाफिज सईद पाकिस्तानको लाहोरबाट पक्राउ

२०७६ साउन १ बुधवार
Newsdesk shikharnews

बीबीसी। मुम्बई आक्रमणका मुख्य योजनाकार मानिएका हाफिज सईदलाई पाकिस्तानको लाहोरबाट पक्राउ गरिएको छ। पक्राउ पछि उनलाई लाहोरको कोट लखपत जेलमा पठाइएको बीबीसीले जनाएको छ।हाफिस सईद मुम्बई आक्रमणका मुख्य अभियुक्त मानिन्छन्। उनलाई पाकिस्तान सरकारले आतंकवादकालागि रकम जम्मा गरेको आरोपमा पक्राउ गरेको हो।
पंजाबका राज्यपाल शाहबाज गिलका प्रवक्ताले भने–हाफिज सईद प्रतिबन्धित संस्थाका लागि चन्दा जुटाएको आरोपमा पक्राउ गरिएको हो।’वास्तवमा हाफिजको गिरफ्तारी पाकिस्तानी प्रधानमन्त्री इमरान खानको अमेरिका भ्रमण भन्दा केही दिन पहिला भएको हो। यसको उद्देश्य पाकिस्तानी प्रधानमन्त्री विश्वमा आतंकवाद विरोधी कारवाही गर्ने सन्देश दिन सकुन भन्ने रहेको छ।

जुलाईको पहिलो हप्तामा जमात–उद–दावाका प्रमुख हाफिज सईद विरुद्ध मुद्दा दायर गरिएको थियो।
बीबीसीका अनुसार हाफिस सईदसमेत लश्कल–ए–तोइबा र फलाह–ए–इंसानियत फाउण्डेशनका १३ सदस्य विरुद्ध पजाबका विभिन्न सहशमा २३ मुद्दा दर्ता भएका थिए।सोमबार लाहोरको आतंकवाद निरोध अदालतले एक मामिलामा जमात–उद–दावाका तर्फबाट गैर कानुनी तरिकाबाट जमीन प्रयोग गरेको अभियोगमा ५० हजार जरीवाना तिर्न आदेश दिएको थियो।

यो पनि पढ्नुहोस्

ट्रम्पको रंगभेदी अभिव्यक्तिको अमेरिकी संसदद्वारा निन्दा
अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सका सदस्यहरूले राष्ट्रपति डोनल्ड ट्रम्पले चार जना महिला सांसद्प्रति लक्षित गर्दै दिएको विवादास्पद अभिव्यक्तिको साङ्केतिक रूपमा निन्दा गर्दै खेद प्रस्ताव पारित गरेका छन्। ट्रम्पले शृङ्खलावद्ध रूपमा ट्वीट गर्दै चार जना प्रतिपक्षी डेमोक्र्याट सांसदहरूलाई ’पूर्ण रूपमा असफल राष्ट्रबाट अमेरिका आएको’ भन्दै पुरानै स्थानमा फर्किन भनेका थिए ।

ट्रम्पले भने आफ्नो भनाइ विभेदकारी नभएको भन्दै बचाउ गर्दै आएका छन्। उक्त प्रस्तावमा ट्रम्पको अभिव्यक्ति विभेदकारी भएको र त्यसले डर एवम् घृणालाई वैधता दिएको संसदको मत छ। उक्त निन्दा प्रस्तावमा भनिएको छस् ट्रम्पका रङ्गभेदी प्रतिक्रियाले मानिसहरूको रङ्ग र नवअमेरिकीहरूमाथिको भय एवम् घृणालाई प्रश्रय दिएको छ। ट्रम्पले कसैको पनि नाम नलिए पनि पछिल्ला घटनाक्रमहरूको सन्दर्भमा उनले कसको बारेमा कुरा गरिरहेका छन् भन्ने कुरा प्रस्ट भएको थियो ।

ट्रम्पले ट्वीटमार्फत् चार जना सांसदहरूलाई ’पूर्ण रूपमा असफल राष्ट्रबाट अमेरिका आएको’ भन्दै तिनै स्थानमा फर्किन भनेका थिए । ट्रम्पको भनाइको विपक्षी दलका नेताहरूले चर्को आलोचना गर्दै आएका छन्। रिपब्लिकन पार्टीका केही सदस्यहरूले मात्र टिप्पणी गरे पनि सिनेटर सुजन कोलिन्सले भने ट्रम्पको अभिव्यक्ति अस्वीकार्य रहेको भनेकी छन् ।

मतदानअघि तल्लो सदनकी सभामुख न्यान्सी प्यालोसीले ट्रम्पका भनाइलाई अपमानजनक र घृणित भनेकी थिइन् । पछिल्लो राष्ट्रपतीय निर्वाचनमा ट्रम्पको प्रतिद्वन्दी रहेकी हिलरी क्लिन्टनले समेत अमेरिकाका सीमामा रहेका थुनुवा केन्द्रमा व्याप्त अमानवीय अवस्थाबारे ध्यानाकर्षण गरेकाले ती सांसद्हरूमाथि आक्रमण गरिएको बताएकी छन्।

ती सांसदहरूले स्वास्थ्यसेवा, बन्दुकजन्य हिंसा र मेक्सिकोको सीमामा आप्रवासीहरूलाई बन्दी बनाइएका जस्ता विषयमा ध्यान केन्द्रित गरिनुपर्ने धारणा व्यक्त गरेका थिए । ट्रम्पले निसाना बनाएका एलेक्जान्ड्रिया ओकासियो कोर्टेज, राशिदा तलाइब, आयान्ना प्रेस्ली र इल्हान ओमर फरक जातीय पृष्ठभूमिबाट आएका हुन्।

ओमर बाल्यकालमा अमेरिका प्रवेश गरेकी थिइन् भने अरू तीन जना अमेरिकामै जन्मेहुर्केका हुन्। उनीहरू चारै जना २०१८ मा सांसद निर्वा्चित भएका हुन्। ट्रम्पले भने उक्त भनाइको बचाउ गर्दै आफूमा विभेदकारी भावना नरहेको बताएका छन्। मतदानअघि तल्लो सदनकी सभामुख न्यान्सी प्यालोसीले ट्रम्पका भनाईलाई अपमानजनक र घृणित भनेकी थिइन्। बिबिसीबाट