सेक्स सीन लिक भएपछि चर्चामा आएका अभिनेत्री

२०७६ साउन ३ शुक्रवार
Newsdesk shikharnews

मुम्बई। केही समय अगाडि अभिनेत्री राधिका आप्टेको नयाँ फिल्मको इन्टिमेट सीन समाजिक संजालमा लिक भयो। यो सीनको तस्वीर सामाजिक संजालमा रातारात भाइरल बन्यो। आफ्नो तस्वीर सामाजिक संजालमा लिक भएको थाहा पाएपछि राधिका आप्टे आक्रोशित बनिन्। उनले उक्त फिल्ममा धेरै सीन भएको तर यो सीन लिक हुनुको पछाडि मानिसको खराब सोच रहेको बताइन्।

यो सीनमा देव पटेल पनि छन्। तर चर्चामा मात्र राधिका छिन्। राधिकाले देव पटेलको चर्चा नभएर आफ्नो मात्र किन चर्चा गरिएको भन्दै आक्रोश पोखेकी छन्।
राधिकाको मात्रै नभएर अन्य बलिउड अभिनेत्रीको पनि इन्टीमेट सीन इन्टरनेटमा लिक भएका छन्। फिल्म लिपस्टिक अण्डर माइ बुर्काबाट फिल्म अभिनेत्री अहाना कुमराको इन्टीमेट सीन लिक भएको थियो।

अहाना मात्र होइन यो फिल्ममा अन्य कलाकारको पनि बोल्ड सीन लिक भएको थियो। इन्टीमेट सीन लिकमात्रै होइन, यो फिल्मनै इन्टरनेटमा लिक भएको थियो।
नवाजुद्धीन सिद्दीकीको फिल्म बाबुमोशाय बन्दुकबाजबाट अभिनेत्री बिदिता बागको पनि केही बोल्ड सीन लिक भएको थियो। यो फिल्म पनि रिलीज हुनु भन्दा पहिला नै इन्टरनेटमा लिक भएको थियो।

फिल्म अनारकली अफ आरामा अभिनेत्री स्वरा भाष्करको एक सीन लिक भएको थियो। उक्त सीनमा स्वरा भाष्कर आफ्नो कपडा फेर्दै गरेको देखिएको थियो। यो फिल्मको अर्को एक बोल्ड सीन पनि लिक भएको थियो। चर्चित पेन्टर राजा रवि वर्माको जीवनमा आधारित फिल्म रंगरसियामा रणदीप हुड्डा र नन्दता सेनको एउटा बोल्ड सीन लिक भएको थियो।

यो सीनले फिल्मलाई चर्चामा ल्याएको थियो। त्यसपछि यो फिल्ममा अन्य कयौं बोल्ड सीन लिक भएका थिए। साहब बीबी र ग्याङस्टारमा अभिनेत्री माही गिल र रणदीप हुड्डाको एक इन्टीमेट सीन लिक भएको थियो। त्यसपछि फिल्मका अन्य सीन पनि लिक भएका थिए।

संगीतकार कालीप्रसाद रिजालमाथि गीत चोरीको आरोप, उजुरी पनि
तिम्रो इन्स्टाको फोटो गीतको संगीत कपी गरेपछि आलोचनाको शिकार बनेका गायक तथा संगीतकार कालीप्रसाद रिजालमाथि पूनः संगीत चोरीको आरोप लागेको छ । बाँस्कोटाको शब्द तथा संगीत रहेको तथा नेपाल आइडलका फाइनलिष्ट सुमित पाठकको आवाजमा रहेको गीत ’समाचार’को संगीत चोरी भएको आरोप लगाइएको हो ।

आफ्नो गीत ‘बुजाइदेऊ न तिमी मलाई’को संगीतसँग हुबहु मिलेको भन्दै बिक्की महत बुधबार महानगरीय प्रहरी परिसर पुगेका थिए । परिसरमा प्रहरीलाई जानकारी गराएर उनी प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा उजुरीका लागि पुगेका थिए ।

कालीको संगीत रहेको गीत इन्स्टाको फोटो’को संगीत फ्रान्सेली गीतसँग मिलेको थियो । कार्ला ब्रुनीको गीतसँग हुबहु मिलेपछि कालीको आलोचना भएको थियो । आलोचनाको स्तर बढ्दै गएपछि उनले आफु उक्त गीतबाट प्रभावित भएर इन्सटाको फोटो गीत बनाएको स्वीकार गरेका थिए ।

सोपश्चात् उनले आफूलाई उक्त गीत असाध्यै मन पर्ने र सोही गीतबाट प्रभावित भएर ’इन्स्टाको फोटो’ तयार गरेको स्वीकार गरेका थिए। उनी चर्चित रियालिटी शो ’नेपाल आइडल’को दुवै सिजनमा निर्णायकको रुपमा रहेका थिए।

डान्स इण्डिया डान्सको एक एपिसोडमा करिना कपुरले लिने पारिश्रामिक सुन्दा चकित पर्नु हुन्छ
बलिउड स्टारहरुको ध्यान अहिले सानो पर्दा र डिजिटल मिडियम तिर बढ्दै गइरहेको छ । एकपछि अर्को गर्दै ठूला–ठूला स्टार वेभ सिरिज र टिभी उद्योगमा प्रवेश गरिरहेका छन् । शाहरुख खान, सलमान खान, कियारा आणवाणी, अक्षयकुमार, अनुष्का शर्मा, ऋचा चाड्ढा, नवजुद्दिन सिद्दिकी, मनोज बाजपेयी, हुमा कुरैशी, ज्याक्लिन फर्नाण्डिस् जस्ता स्टाहरुले टिभी कार्यक्रममा इन्ट्री मारिसकेका छन् ।

टिभी कार्यक्रममा शिल्पा सेट्टी, सोनाक्षी सिन्हा, माधुरी दिक्षित, मलाइका अरोरा र अब करिना कपुर पनि जोडिने भएकी छिन् । करिना डान्सिङ रियालिटी सो ‘डान्स इण्डिया डान्स’को सिजन ७ मा निर्णायक बनेकी छिन् । करिना निर्णायक बनसँगै यो सोको चर्चा पनि बढिरहेको छ । स्टाइलिस लुक र मनै लोभ्याउने करिनाको हाउभाउले सबैको मन जितिरहेको छ । यो सोको निर्णायक बनेवापत करिनाले प्रति एपिसोड ३ करोड भारु लिइरहेकी छिन् ।

करिनाले लिएको यो पारिश्रामिकले उनलाई टिभी सोकी सबैभन्दा बढि पे गरिएकी अभिनेत्री बनाएको छ । सोको निर्णायक बाहेक करिना अहिले अंग्रेजी मिडियमको सुटिङमा पनि व्यस्त छिन् । करिना सुटिङमा व्यस्त भएको समय उनको स्थानमा दिदी करिष्मा कपुर निर्णायक बनेर आएकी छिन् । पछिल्लो रिपोर्ट अनुसार अब करिनाको स्थानमा मलाइका अरोरा समेत निर्णायक बनेर डान्स इण्डिया डान्समा जाँदैछिन् ।

प्रभासको ‘साहो’मा ८ मिनेटको दृश्यलाई भारु ७० करोड खर्च
बाहुबली २ पछि अभिनेता प्रभासको अर्को बिग फिल्म साहो अगष्ट १५ मा प्रदर्शन हुँदैछ । पोष्टर र टिजर सार्वजनिक भएपछि अहिले यो फिल्मले माउथ पव्लिसिटी पनि निकै भइरहेको छ । फिल्मको साइको सैया गीतलाई पनि दर्शकले निकै रुचाएका छन् । यसैक्रममा फिल्मका सिनेमेट्रोग्राफर मैडीले गरेको एउटा खुलासाले अहिले सनसनी मच्चाइरहेको छ ।

मैडीका अनुसार फिल्ममा एउटा ८ मिनेटको यस्तो एक्सन दृश्य रहेको छ, त्यसको लागि मात्रै निर्माण पक्षले ७० करोड भारु खर्च गरेको छ । यो वर्षकै बिग इन्टरटेनर फिल्म मानिएको साहोको करिब सवा अर्ब नेपाली रुपैयाँ खर्च गरिएको दृश्यले कतिको दर्शकको मन जित्ला फिल्म प्रदर्शन भएपछि थाहा हुनेछ ।

फिल्ममा निर्देशक सुजितले भारतीय फिल्ममै यस्तो प्रयोग अहिलेसम्म नगरिएको दावी गरेका छन् । भयानक एक्सनका स्टन्टहरुले दर्शकको धड्कन थाम्ने मुस्किल पर्ने निर्माण पक्षको दावी छ ।

रिपोर्टका अनुसार साहोको क्यारेक्टरमा प्रभास अलग अलग रोलमा हुनेछन् । फिल्ममा प्रभास र निल नितिन मुकेशको भूमिका निकै चूनौतिपुर्ण छ । यो फिल्ममा श्रद्धा कपुर प्रहरी अफिसरको भूमिकामा छिन् । साहो अगष्ट १६ मै रिलिज हुने जोन अब्राहमको ‘बाटला हाउस’ र अक्षय कुमारको ‘मिसन मंगल’सँग जुध्नेछ ।