अरुण थापा स्मृति दिवसमा भूषण खरेल र चर्चित आयुष केसी सम्मानित

२०७६ साउन ६ सोमवार
Newsdesk Shikharnews

थोरै गीत गाएर पनि नेपाली संगीताकाशमा सदा जीवित रहन सफल अरुण थापाको २० औँ स्मृति दिवसको अवसरमा शुभारम्भ द म्युजिकल जर्नी, भक्तपुर सांगीतक समाज र विनाता कला प्रतिष्ठानले शनिबार भक्तपुरको सूर्य्विनायकमा गरेको सांगीतक श्रद्धाञ्जली कार्यक्रममा उनका अधिकांश गीतहरु नयाँ पुस्ताका कलाकारले प्रस्तुत गरे ।

कार्यक्रमका प्रमुख अतिथि तथा गीतकार–संस्कृतिकर्मी चेतन कार्कीले अरुण थापाको स्वरको जादू नै उनको जीवनको अमरत्वको कारक रहेको बताए । आफूले अरुणलाई स्वर्गीय भन्न नचाहने र यसको कारण उनको स्वर र उनले गाएका गीतहरुको अमृत जीवन नै रहेको संस्कृतिकर्मी कार्कीले बताएका थिए ।

गीतकार नगेन्द्र थापाले अरुण थापाको स्वर आवाजहरुको भिडमा अलग पहिचान बोकेको र भिन्न स्वादसहितको रहेकाले नै सदा जीवन्त बन्न सकेको बताए । उनको स्वरमा रहेको जादू र मिठासले संख्यामा थोरै भए पनि स्मरण र स्मृतिहरुमा अथाह बन्न सकेको गीतकार थापाले बताए ।

अरुण थापाका प्रिय गीतकार र अरुणलाई आफ्नो हृदयमा राखेका गीतकार सुवासचन्द्र ढुंगेलले व्यक्तिको कर्मको चर्चा हुनु पर्नेमा जोड दिए । व्यक्तिगत जीवनमा जस्तो रहे पनि अरुण थापाले नेपाली संगीतमा लगाएको गुनको चर्चा जति नै गरे पनि अपूर्ण हुने र राज्यले उनको सम्मानमा अलि कति पनि पहल गर्न नसकेको तर्फ उनले संकेत गरेका थिए ।

अरुण थापाको व्यक्तिगत जीवनका विविध पक्षबारे चर्चा भएको कार्यक्रममा अधिकांशले उनको स्वरको मिठासले नेपाली संगीतलाई भरिलो बनाएको बताए ।

विभिन्न कलाकारले सांगीतक प्रस्तुति दिएको कार्यक्रममा वरिष्ठ गीतकार भूषण खरेललाई अरुण थापा स्मृति सम्मान २०७६ तथा गायक आयुष केसीलाई सुशील चालिसे संगीत पुरस्कार प्रदान गरिएको थियो । आयुष केसी भारतीय टेलिभिजन जी टीभीको रियालिटी शो ‘सारेगमप लिटल च्याम्प्स’ को फाइनलमा पुगी चर्चाको शिखरमा पुगेका र “नयाँँ नारायण गोपाल” उपनाम पाएका बाल कलाकार हुन ।

। अरुण थापाले गाएका धेरै गीतहरु अहिले पनि उस्तै चर्चामा छन्, जस्तो पहिले थिए । अरुण थापाले प्रेमका गीत गाएका छन्, त्यससँग जोडिएका पीडाका गीतले उनको स्वरमा प्राण पाएका छन् ।

प्रेम र त्यसबाट मिल्ने सुख या दुःखका साथी बनेका छन् अरुणा थापाका गीतहरु । ‘ऋतुहरुमा तिमी हरियाली बसन्त हौ’ बोलको गीतले उनका गीतको रोमाञ्चकतालाई दर्शाउछन् । यस्तै ‘चोट के हो, बेथा के हो’ बोलको उनको गीतले प्रेममा भोग्नु पर्ने पीडाको चित्र उतारेको छ । उनका अधिकांश गीतहरुको स्मरण शनिबार भक्तपुरमा गरियो ।

बिबिसी लण्डनको ध्यचमि च्बलपष्लन मा एआर रहमानको “छैया छैया‘” दशौं स्थानमा आएको बेला राजेन्द्र रिजालको रचनाको गीतलाई राम थापाले संगितबद्ध गरेका अरुण थापाको स्वर रहेको “ऋतुहरूमा तिमी हरियाली बसन्त हौ” बोलको गीतले सातौं स्थान प्राप्त गरेको थियो ।

राष्ट्रव्यापी बाल गायन रियलिटी शो ‘सुरशाला जुनियर आयडल–सिजन २’ को घोषणा
काठमाडौं। बाल गायक प्रितम आचार्य र आयुष केसीले संयुक्त रुपमा सुरशाला म्युजिक एकेडेमीले आयोजना गर्न लाएको राष्ट्रव्यापी बाल गायन रियलिटी शो सुरशाला जुनियर आयडल–सिजन २ को घोषणा गरेको छन्। सुरशाला म्युजिक एकेडेमीले आइतबार सुरशाला म्युजिक एकेडेमी झम्शिखेल ललितपुरमा आयोजनागरेको ‘प्रितम आयुष सम्मान’ कार्यक्रम मार्फत उक्त घोषणा गरेको हो।

सुरशाला जुनियर आयडल– सिजन १ का बिजेता र उपबिजेता भइ हालै भारतमा सम्पन्न सन २०१९ को सारेगमपा लिटल च्याम्प्सका फाइनलिस्ट सिन्धुपाल्चोक घर भइ हाल भक्तपुर बस्ने आयुष केसी र इटहरीका प्रितम आचार्यलाई एक कार्यक्रमबीच बरिष्ठ उद्यमी डा. उपेन्द्र महतो र उनकी श्रीमती समता महतो, उद्यमी बिकास राणा, एवम सुरशाला म्युजिक एकेडेमीका अध्यक्ष गायक तथा संगीतकार अमृत क्षेत्री र संगीता क्षेत्रीले कदरपत्र सहित सम्मान गरेका थिए।

उक्त कार्यक्रममा बरिष्ठ गायक रामकृष्ण ढकाल, हेमन्त शर्मा, एवम अन्यसहभागि बिच गायक आयुष केसीको नयाँ गीत ‘म एउटा बालक’ पनि रिलीज गरिएको थियो। उक्त गीतको संगीत एवं शब्द अमृत क्षेत्रीको रहेको छ। क्षेत्रीले प्रितम आचार्यको लागि पनि गीत तयार हुँदै गरेको जानकारी दिएका थिए। सुरशाला जुनियर आयडल– सिजन १ पतन्जलि आयुर्वेदले प्रायोजन गरेको थियो।

उक्त कार्यक्रमबाट बिजेता र उप बिजेता भएका आयुष र प्रितमलाई सुरशाला म्युजिक एकेडेमीले जीटिभीको सारेगमपा लिटल च्याम्प्स २०१९ मा सहभागी हुने बातावरण मिलाएको थियो। नेपाली बालबालिकामा रहेको असिम प्रतिभा रहेको र त्यसको खोजी गरी नेपाली बालबालिकालाई राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय स्तरमा गीत संगीतमार्फत चिनाउन उक्त बाल गायन रियलिटी शो को उद्देश्य रहेको सुरशाला म्युजिक एकेडेमीका अध्यक्ष गायक तथा संगीतकार अमृत क्षेत्रीले बताए। अब हुने सिजन–२ अन्तरर्रा्ष्ट्रिय स्तरको अन्य फ्रान्चाइज लेवलको बराबरको हुने गायक र संगीतकार क्षेत्रीले बताए।