कटरिनाले किन भनिन् ‘सलमान खान असाध्यै राम्रा मान्छे हुन्’

२०७६ साउन ६ सोमवार
Newsdesk Shikharnews

कटरिना कैफको चर्चा सुन्दर मुहारका कारण मात्र हुँदैन । उनी एक सक्षम अभिनेत्री पनि हुन् । गएको जुलाई १६ मा उनले आफ्नो जन्म दिन पनि मनाइन् । कैफ अहिले मेक्सिकोमा छुट्टी मनाइरहेकी छिन् । यो एक वर्षमा उनको जीवनमा धेरै परिवर्तन आइसकेको छ । यो कुरा उनले हालै बम्बे टाइम्सलाई दिएको अन्तरवार्तामा भनेकी हुन् ।

आफ्नो काम गर्ने, सोच्ने र जिन्दगी जिउने तरिकामा यो एक वर्षमा निकै परिवर्तन भएको उनले अन्तरवार्तामा भनेनी छिन् । अन्तरवार्ताकै क्रममा उनले आफ्नो एक्स ब्वाईफ्रेण्डको बारेमा पनि बताएकी छिन् । कैफ भन्छिन् ‘एक्स ब्वाइफ्रेण्ड अगाडि पर्दा मलाई न असहज हुन्छ, न त नराम्रो सोच नै आउँछ ।’ कैफ थप्छिन् ‘कुनै कुरालाई नराम्रो बनाएर के फाइदा रु’

आफ्नो व्यक्तिगतको जीवनको बारेमा सबैको आ–आफ्नै विचार हुन्छ भन्दै उनले अन्तरवार्तामा भनेकी छिन् ‘मसँग २ वेटा अप्सन छ, उदास अनुहार बनाउनुको साटो हाँस्न र सबैसँग कुरा गर्न मन पराउँछु ।’ सलमान खानको तारिफ गर्दै उनले भनेकी छिन् ‘सलमानसँग मेरो राम्रो सम्बन्ध छ र उनी असाध्यै राम्रा मान्छे हुन् ।’

जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक अवरुद्ध
काठमाडौं। जीर्ण सडकमा ग्राभेल भन्दै माटो हालेर खेत रोप्ने गह्रा जस्तो बनाइएको भनी स्थानीयवासीले जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक अवरुद्ध गरेका छन् । सडक विस्तार गरी कालोपत्रका लागि बोलपत्र गरेको चार वर्ष बित्दा समेत काम शुरु नगरी माटो हालेर थप समस्या ल्याउन खोजिएको स्थानीयवासीको आरोप छ। माटो हालेपछि सडक थप जीर्ण हुनुका साथै यात्रुको सुरक्षामा समेत गम्भीर प्रभाव पर्ने गरेको स्थानीयवासी नन्दलाल श्रेष्ठको गुनासो छ।

जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तार एवं कालोपत्रका लागि पहिलो पटकको म्याद सकिएर थपेको समय पनि भदौमा सकिँदैछ। तर सडकको अवस्थामा कुनै परिवर्तन भएको छैन। सार्वजनिक जग्गा भएका स्थानमा विस्तार गर्न पर्खाल लगाए पनि अन्यत्र काम शुरु हुन सकेको छैन। काम शुरु हुन नसकेका ठाउँको सडकमा खाल्डाखुल्डी बन्दा पानी जमेर किनारका घरमा पनि बस्न सक्ने अवस्था छैन। सार्वजनिक जग्गामा पर्खाल लगाएको ठाउँमा समेत खाडल नपुर्दा सवारी आवागमनमा समस्या छ।

गोकर्णेश्वर महादेव मन्दिरबाट भगवतीस्थानतिर आउने मूल सडकमा पर्खाल लगाए पनि बीचमा पर्ने रुख अझै काटिएको छैन। यसले गर्दा यातायात सञ्चालनमा अप्ठ्यारो भइरहेको छ । धेरै सवारी साधन फस्ने गरेको यात्रु श्याम पुडासैनीले बताए।

सडकको विभिन्न स्थानमा बनेका खाडलमा ताल र पोखरी छन्। करीब सात किमीको यो सडक विस्तार एवं निर्माणका लागि दुई चरणमा ठेक्का गरिएको थियो। दुवैतर्फको अधिकांश भागमा काम शुरु हुनसकेको छैन। काम शुरु गरेको स्थानमा पनि पूरा नगरी झुलाएर राखिएको छ।

विसं २०७२ मा गरिएको ठेक्काको पहिलो पटकको म्याद गत भदौमा सकिएपछि एक वर्षका लागि समय थप गरियो। थप गरिएको समय सकिन एक महीनामात्र बाँकी हुँदा काम भने शुरु हुनसकेको छैन। सडक नबन्दा सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रु, स्थानीयवासीलगायत प्रयोगकर्ताले सास्ती बेहोर्नुपरेको छ। सङ्घीय संरचना अनुसार तीन तहको सरकार क्रियाशील रहे पनि जनताका यस्ता समस्या समाधानमा कसैको ध्यान नपुगेको सडक छेउका बासिन्दा कुमार श्रेष्ठको गुनासो छ।

सडकको केन्द्रविन्दुबाट दायाँबायाँ ११÷११ मिटर गरी २२ मिटरको सडक विस्तार गर्न काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले ठेक्का लगाएको थियो। दुई खण्डमा गरी करीब रु ५५ करोडको ठेक्का गरियो। मुआब्जा पाउनुपर्ने माग गर्दै स्थानीयवासीले विरोध जनाएपछि काम हुनसकेन। विसं २०७४ असोजमा सर्वोच्च अदालतले स्थानीयवासीको घरजग्गा लिएर सडक विस्तार गर्दा मुआब्जा दिनुपर्ने फैसला गरेको थियो।

फैसलालाई पुनरावलोकन गर्न सडक विभागले गरेको पुनरावेदनमा पनि मुआब्जा दिएरै विस्तार गर्न आदेश जारी भइसकेको छ। यो सडकको सबै भाग गोकर्णेश्वर नगरपालिकामा पर्छ। नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गाना स्थानीयवासीको समस्या, सर्वोच्चको फैसलालाई ध्यान दिएर केन्द्रविन्दुबाट दायाँबायाँ सात÷सात मिटर कायम गर्ने प्रस्ताव गरिएको बताउँछन्।

समस्या समाधानका लागि आजै आयोजनाको कार्यालय नयाँ बानेश्वरमा तीनै तहका जनप्रतिनिधिसहित सडक विभागका अधिकारीको बैठक भइरहेको पनि उनले जानकारी दिए। यो प्रस्तावमा प्रदेश र सङ्घीय संसद्मा निर्वा्चित जनप्रतिनिधिको सहमति नजुट्दा समस्या समाधान हुन नसकेको उनले बताए। करीब सात किमीको यो दूरीमा नौ सय घर छन्। स्थानीयवासीको सहमतिअनुसार सात÷सात मिटर बढाउँदा कसैलाई चित्त नबुझे सर्वोच्च अदालतको फैसला बमोजिम मुआब्जा तिरेर बढाउन सकिने जोरपाटी–सुन्दरीजल सडक विस्तार सरोकार समितिका संयोजक सरोजकुमार श्रेष्ठ बताउँछन्।

“चावहिल–बोद्ध–जोरपाटी–थली–साँखुको जस्तो मापदण्ड जोरपाटी–सुन्दरीजलको तोकिएको छैन, ठेक्का गर्दा नै बिनाआधार केन्द्रविन्दुबाट ११र११ मिटर विस्तार गर्ने भनी सूचना जारी गर्दा अहिले समस्या आएको हो”,उनले भने। अन्य सडकमा काठमाडौँ उपत्यका विकास प्राधिकरणले विसं २०३३ र २०४५ मा तयार पारेको मापदण्ड छ। जुन मापदण्ड तत्कालीन नगर विकासले तयार पारेको थियो। जोरपाटी–सुन्दरीजल सडकको मापदण्ड छ भनी लेखेको कागजात देखाए पनि अन्य सडकको जस्तो प्रमाणित दस्तावेज हालसम्म नभेटिएको विस्तार सरोकार समितिले जनाएको छ।

यो खण्डको सडकको दूरावस्थाले दैनिकजसो सार्वजनिक यातायात दुर्घटनामापर्ने गरेको विस्तार सरोकार समिति सचिव सुशील सिम्खडाले सुनाए। मुआब्जा तिरेर केन्द्रविन्दुबाट ११र११ मिटर सडक बढाउन तयार नभए सहमतिमा सात मिटर वा त्यसमा समेत सहमति नभए अहिलेकै अवस्थामा कालोपत्र गरी सडकलाई ताल एवं पोखरीबाटमुक्त गरिनुपर्ने उनले बताए।

एक महीनाअघि जीर्ण सडकमा पुरानो सवारी गुडाएका कारण बा २ ख ८७४४ नं को सार्वजनिक यातायात दुर्घटना हुँदा परिचालकको घटनास्थलमै मृत्यु भएको थियो। दुई दर्जनभन्दा बढी यात्रु घाइते भएका थिए। तीमध्ये आधादर्जन गम्भीर घाइत भई अझै उपचाररत छन्।

चावहिल–बौद्ध–जोरपाटी–थली–साँखु सडक विस्तार समेत पूरा नहुँदा यात्रुले सास्ती भोग्नुपरेको छ। यो मार्गको बीचबीचमा १००र२०० मिटर कालोपत्र गरिए पनि अधिकांश भाग हिलाम्य छ।

ठाउँ ठाउँमा बनेका खाडलमा वर्षाद्मा परेको पानी जमेर गाडी हिँड्दा छप्ल्याङ् छप्ल्याङ गरी सडक किनारमा हिँडेका यात्रुको जीउभरी हिलो छ्यापिने गर्छ। घाम लागेका बेला भने धुलोले सडक नदेखिने समस्या रहेको इन्द्रायणीका रामचन्द्र श्रेष्ठले बताए। जीर्ण यो सडक छिटो कालोपत्र हुनुपर्ने माग गरी डेढमहीना अघि बन्द गरेर विरोध जनाए पनि समस्या समाधान नभएको उनको गुनासो छ।
जति तहका सरकार भए पनि जन सरोकारका विषयमा काम हुननसकेको उनले बताए। राजधानीका विभिन्न स्थानका सडक लामो समयदेखि बन्न नसकेपछि स्थानीयवासी जनप्रतिनिधिसँग रुष्ट छन्। जनसरोकारका विषयमा जनप्रतिनिधिको ध्यान जान नसकेको पीडित उपभोक्ताको भनाइ छ।

सडक बनाउने निर्माण व्यवसायीसँग आर्थिक लाभ लिन साँठगाठमा जनप्रतिनिधि संलग्न हुँदा यस्ता मुद्दा ओझेलमा पर्ने गरेको नारायणटारवासी ज्ञानेन्द्र खतिवडाले बताए।
जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक अवरुद्ध
काठमाडौं। जीर्ण सडकमा ग्राभेल भन्दै माटो हालेर खेत रोप्ने गह्रा जस्तो बनाइएको भनी स्थानीयवासीले जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक अवरुद्ध गरेका छन्।

सडक विस्तार गरी कालोपत्रका लागि बोलपत्र गरेको चार वर्ष बित्दा समेत काम शुरु नगरी माटो हालेर थप समस्या ल्याउन खोजिएको स्थानीयवासीको आरोप छ। माटो हालेपछि सडक थप जीर्ण हुनुका साथै यात्रुको सुरक्षामा समेत गम्भीर प्रभाव पर्ने गरेको स्थानीयवासी नन्दलाल श्रेष्ठको गुनासो छ।