भंगेरा चरो किन यति धेरै कामुक बनेको होला ?

२०७६ साउन ८ बुधवार
Newsdesk Shikharnews

भङ्गेरा कामुक चरा ! महान नाटककार सेक्सपियरले भङ्गेरालाई यौन कार्यसँग जोडेका छन् । भङ्गेरा त्यस्तो प्राणी हो जसले दैनिक तीन सय पटकभन्दा बढी यौन सम्पर्क गर्छ । मान्छेको वस्तीसँगै रहने चञ्चले सानो चरा भङ्गेरामा आखिर त्यस्तो के शक्ति छ ? वैज्ञानिकहरुले यसबारे अनुसन्धान नगरेका होइनन् । यौनउत्तेजना बढाउन भङ्गेरा खाने चलन अझै छ ।

भङ्गेरा खाँदा यौन उत्तेजना बढ्ने सोच राख्नेहरु परापूर्व काल देखि नै थिए । जडिबुटिका ज्ञाता निकोलस कुलपिपरले भङ्गेराको गिदीले यौन उत्तेजना बढाउने उल्लेख गरेका छन् । उनको तर्कलाई आधार मान्दा भङ्गेराको टाउको खानाले यौन उत्तेजना बढाउँछ । विगत देखि नै यौन उत्तेजना बढाउन भङ्गेराको टाउको खानेहरु थिए ।

के हो भङ्गेरा ?
भङ्गेरामा अद्भूत यौन शक्ति हुन्छ । पोथी भङ्गेराले प्रजननका समयमा भालेमाथि प्रभुत्व जमाउने गर्छे । सन् २००० मा जोडी एम. जओरले अक्सफोर्ड जर्नलमा प्रकाशित गरेको लेखमा पोथीले भालेमाथि प्रजजनका बखत जमाउने प्रभुत्वबारे उल्लेख छ ।

तापक्रम र मौसमले पनि भङ्गेराको यौन सम्पर्कको संख्यामा फरक पर्दछ । सबैभन्दा बढी सम्पर्क प्रजननको समयमा हुनेगर्छ । सरदर दैनिक तीन सय पटक भन्दा बढी यौन सम्पर्क भने गरेकै हुन्छ ।

भङ्गेरामा यौन स्वच्छन्दता हुन्छ । एक अर्काको जोडीसँग दैनिक सयौं पटक यौन सम्पर्क गर्छन् । पोथी भङ्गेराले एक वर्षमा दुई देखि तीनपटक सम्म अण्डा पारेर बच्चा कोरल्ने गर्छे ।

भारतमाथि किन खनिए देउवा ?
काठमाडौं। प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले तराईका जिल्लामा बर्षेनी हुने डुबान समस्याको कुटनीतिक समाधान खोज्नु पर्ने बताएका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै देउवाले सरकारलाई तराईका जिल्लामा बर्षेनी हुने डुबानको दीर्घकालीन समस्या समाधानका लागि कुटनीतिक पहल गर्न आग्रह गरेका हुन्।

उनले तटबन्धका कारण बर्षेनी डुबानको समस्या झेल्नुपरेको भन्दै भारत र नेपालले एक आपसमा दोषारोपण गरेर मात्रै समस्या समाधान हुन नसक्ने उल्लेख गरे। ‘भारत सरकारसँग कुरा गर्नुपर्ने बेला भइसकेको छ। भारतले नेपाललाई दोष दिने नेपालले भारतलाई दोष दिने कति दिन सम्म चल्छ?,’ उनले भने, ‘त्यसकारण कुटनीतिक तहबाट भारतसँग कुरा गर्नुपर्ने भएको छ।

भारतले डुबान पार्यो भन्छन् । भारतले नेपालले सिध्यायो भन्छ। त्यसकारले यसमा कुटनीतिक ढंगले कुरा गर्नुपर्छ।’ कोशी ब्यारेज बन्दै गर्दाको समयमा नेपालको सिमामा स–साना चिया पसल गरी बसेकालाई भारतले सुरक्षाको कारण हटाउन खोजेको भन्दै उनले सो समस्या समाधानका लागि पनि सरकारलाई आवश्यक कुटनीतिक पहल गर्न आग्रह गरे। उनले सरकारले बाढी र डुबानमा परी घरवार विहीन भएकालाई उचित वासस्थान र तात्कालीन राहतको व्यवस्था गर्न नसकेको आरोप लगाए।

सामान्य सुब्बाबाट जागिर सुरु गरेका कार्की कसरी भए मालामाल ?
काठमाडौं । काठमाडौं महानगरपालिका कार्यालयको सदावहार प्रशासन प्रमुख एवं बद्नाम कर्मचारी ज्ञानेन्द्र कार्कीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि मन्त्रालयमा काम गर्नेगरी तानेको छ । मन्त्रालयले २०७६ असार ३१ गतेको मितिमा महानगरपालिकाको नगर कार्यपालिकालाई सम्बोधन गरेर कार्कीलाई मन्त्रालय हाजिर गराउन भन्दै पत्राचार गरेको हो ।

महानगरपालिकामा ‘चैते बहुदलीय’ कर्मचारीका रुपमा चिनिएका कार्कीले महानगरको ठेक्कापट्टा, पार्किङ्ग, होडिङ्ग बोर्ड राख्न दिने र खरिदमा सेटिङ्ग मिलाएर अकुत सम्पत्ति आर्जन गर्ने कर्मचारी मध्येमा पर्दछन् भन्ने आरोप पनि खेप्दै आएका छन् । कार्की्विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत मुद्दा परेको बताइन्छ ।

पञ्चायती राजमा पशुपति शम्शेर राणाको आशीर्वादबाट महानगरपालिकाका जागिर जीवन शुरु गरेका कार्की जसको सरकार आयो उसैको भक्त बन्न सक्ने खुवी भएका व्यक्तिमा गनिन्छन् । स्थानीय तहको निर्वाचन पश्चात महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई समेत आफ्नो प्रभावमा पारेर प्रशासन विभागमै बसेर करोडौं आर्जन गर्न सफल भएको उजुरी प्रधानमन्त्री निवास बालुवाटारमा परेपछि कारवाही स्वरुप कार्कीलाई मन्त्रालयमा तान्ने निर्णय भएको स्रोत बताउछ ।

हुन त ज्ञानेन्द्र कार्की यस्ता कर्मचारी हुन् जो एमाले, माओवादी, कांग्रेसदेखि राजावादीसम्मका नेताहरुलाई आफ्नो प्रभावमा पारिरहेका छन् । आफू पनि कमाउने र माथिल्लो निकायका हाकिमहरु कहाँ पनि भ्रष्टाचार गरेको रकमको हिस्सा पु¥याएर महानगरको शक्तिशाली विभाग प्रशासनमा नै बसिरहन सक्ने व्यक्तिमा कार्की पर्दछ ।

कार्की भन्दा अगाडि महानगरपालिकामा सदाबहार प्रमुख भएर गएका शान्ताराम पोख्रेल अवकाश भएसंग महानगरमा कार्कीको रगजगी चल्दै आएको थियो । आफ्नो अधिकार कटौती गरिदिएकै कारण उनले तात्कालीन कार्यकारी प्रमुख यादव कोइरालाविरुद्ध विषवमन पनि गरेका थिए । त्यत्तिमात्र होइन मन्त्रालयका केही कमिशनखोरहरुसंगको मिलेमतोमा उनले महानगरपालिकामा निजामती सहसचिव नपठाउ लविङ्ग मात्र गरेनन् सहसचिव नपठाउँदा भुक्तानी गर्नुपर्ने करोडौंका फाइल, बिलहरु सदर गरेबाट उठेको रकम बुझाउने शर्तहरु समेत राखेको श्रोत बताउछ ।

केही दिन अघि मात्र घुस लिँदालिँदै काठमाडौं महानगरको सामाजिक विकास विभागबाट रङ्गेहात अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका कृष्ण सोतीले लिएको १ लाख ७ हजार मध्ये ७० हजार त ज्ञानेन्द्र कै भागको रकम हो भन्ने चर्चा पनि महानगरमा ब्यापक हुने गरेको छ । त्यत्तिमात्र होइन महानगरपालिकाका कर्मचारीहरुमा सेटिङ्ग मिलाउनका लागि आफ्ना हनुमान बनाउन खप्पिस ज्ञानेन्द्रले आफू निकट चाकडीबाजहरुलाई विदेश लैजाने काम पनि गर्दै आईरहेका थिए ।

खुल्ला मञ्च विक्री गरेर टहरा बनाउन स्वीकृति दिने प्रमुख नाईके ज्ञानेन्द्र कार्कीले उनका हनुमान हरि कुँवरलाई लिएर टहराबाट आएको कमिशनको रकमले त्यस बेला बेलायत शयर गर्न गएको स्रोतको दावी छ । कार्कीको फेर समाएर उनकै मतियार बनिरहेका युवराज खनाल अहिले ज्ञानेन्द्रलाई मन्त्रालयमा हाजिर नगराउन भन्दै केही पूर्व एमालेका नेताहरुलाई हारगुहार गर्न दौडधुप गरिरहेको खबर छ । महानगरभित्र पूर्व एमाले निकट कर्मचारी संगठनभित्र बसेर काम गरिरहेका खनाल पनि कार्कीस“ग टहराको कमिशनमा त्यसबेला बेलायत घुम्न मौका पाएको स्रोत बताउछ ।

कार्कीलाई मन्त्रालय काजमा तान्ने पत्र महानगरमा पुगेपछि महानगरमा हल्लीखल्ली नै चलेको बताइन्छ । कार्कीको एसम्यानका रुपमा चर्चित अर्का कर्मचारी हरिकु“वरले त कार्की मन्त्रालय हाजिर गराए आन्दोलन गर्ने चेतावनी समेत दिएको इमानदार कर्मचारी स्रोत बताउछ । महानगरपालिकाको वातावरण व्यवस्थापन विभागमा बसेर सम्पत्ति कमाएका हरि कुँवर र काठमाडौं महानगरपालिका वडा नंं ६ मा सचिवका रुपमा रहँदा नक्कली नागरिकता काण्डमा मुछिएका युवराज खनाल अहिले ज्ञानेन्द्रलाई प्रशासन विभागमा नै थमौती गर्ने अभियानमा जुटेको कर्मचारी स्रोत बताउछ ।

रानीपोखरी पुनर्निर्माणको रु. ५ करोड काण्डदेखि खुल्लामञ्च टहरा काण्डसम्म नाम जोडिएका कार्की्विरुद्ध प्रधानमन्त्री केपी ओली समक्ष उजुरी परेपछि उनीमाथि कारवाही सुरु भएको हो । कार्कीकै कारण मेयर विद्यासुन्दर शाक्यले पदभार सम्हालेदेखि अहिलेसम्म पनि उनी विवादबाट अछुतो रहन सकिरहेका छैनन् ।

कार्कीलाई प्रशासन विभागबाट अन्यत्र सरुवा गर्न तात्कालीन एमाले र अहिले नेकपा निकट नेता एवं कर्मचारीहरुले नै दवाव दिन पनि विद्या सुन्दरले कार्कीलाई नै अंकमाल गरेर हिंडिरहेको रहस्यको पनि अनुसन्धान हुनुपर्ने माग कर्मचारीहरुको रहेको छ ।

ज्ञानेन्द्रको चुरीफुरी राम्ररी नियालेका र नजिकबाट बुझेका मन्त्रालयका सचिव यादव कोइरालाले ज्ञानेन्द्र कार्की महानगरमा बसुञ्जेल महानगरपालिका विकास नहुने, मेयर शाक्य बदनाम भईरहने र नेकपा पार्टी नै बद्नाम हुने उजुरी प्रधानमन्त्री निवाससम्म पुगेपछि मन्त्री लालबाबु पण्डितस“गको छलफलबाट नै कार्कीलाई मन्त्रालय काजमा तानिएको मन्त्रालय स्रोतले बताएको छ ।

सामान्यभन्दा सामान्य हैसियतमा काठमाडौं महानगरमा सुब्बाबाट छिरेका कार्की महानगरपालिकाको जागिर खाएर अहिले अर्बाैं रुपैयाँ कसरी कमाईरहेका छन् ? उनी विरुद्ध विगतमा दर्जनौ फाइला अख्तियारमा पुगेपनि फाइल चल्मलाउन नसकेको गुनासो महानगरका कर्मचारीहरुको रहेको छ । कार्कीको सम्पत्ति पनि सम्पत्ति शुद्धीकरण विभागले छानविन गर्नुपर्ने कुरा महानगरपालिकाकै कर्मचारीहरु नाम नबताउने सर्तमा उल्लेख गर्दछन्। साँघुन्यूजबाट

गुल्मी अपडेटः पहिरोमा पुरिएर ११ जनाको मृत्यु
गुल्मीमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ११ पुगेको छ । २ जना अझैं बेपत्ता भएका छन् । सत्यवति गाउँपालिकाका २ वटा वडाका ३ घर पहिरोमा पुरिँदा ११ जनाको मृत्यु भएको हो ।

वडानम्बर ४ मा पर्ने लिम्घामा एकै घरका ८ जनाको मृत्यु भएको छ भने वडानम्बर ३ को ठूलो लुम्पेकमा ३ जनाको मृत्यु भएको छ ।

लिम्घामा मृतक मध्ये ६ जनाको शव बाहिर निकालिएको छ । अन्य २ जनाको शव निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

लिम्घामा मृत्यु भएका एकै घरका ६५ वर्षीय छल्ली बिक, २८ वर्षीय कम्बु बिक, २५ वर्षीय निर्मला बिक, १२ वर्षीय अंजली बिक, १० वर्षीय हेमन्त बिक, ७ वर्षीय शिवानी बिकको शव बाहिर निकालिएको प्रहरी जनाएको छ ।

वडानम्बर ३ को ठूलो लुम्पेक कसिन डाँडा पहिरोमा पुरिएर ३२ वर्षीय तिलकुमारी त्रामु, ९ वर्षीय दर्शन त्रामु र पहिरोबाट बच्न भाग्ने क्रममा ६३ दुर्गाबहादुर सिंजाली मृत्यु भएको छ ।

पहिरोमा परेका ८ वर्षीया तारा बिक र ६ वर्षीय सुमन बिकको शव भने निकाल्ने कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्र खड्काले बताए ।

ठूलो लुम्पेमै रुद्र बिकको घर पनि पहिरोले पुरेकोे छ । पहिरोमा परी ४० वर्षीया मायाँ बिक र १६ वर्षीय गबि बिक बेपत्ता भएका छन् । अन्य २ जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा सत्यवति(४ का १० वर्षीय करिश्मा त्रामु र १३ वर्षीय धनि त्रामु रहेको प्रहरीले जानकारी दिएको छ ।

उद्धारका लागि प्रहरी नायव उपरीक्षक मिनबहादुर घले, सशस्त्र प्रहरी नायव उपरीक्षक दिनेश रामयमाझीसहितको टोली खटिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

पहिरो प्रभावित क्षेत्रमा डाक्टरसहितको स्वस्थ्य टोली पनि पुगेको छ । पहिरो ठूलो भएकोले मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।

२०० सय घर जोखिममा
पहिरोका कारण ठूलो लुम्पेकको करिब २ सय घर जोखिममा रहेको गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले बताए ।

सिङ्गो गाउँ नै पहिरोको प्रभावित रहेकाले संख्याको आकंलन गर्न सकिने अबस्था नरहेको अध्यक्ष ढकालले बताए ।

घरहरु जोखिममा रहेकाले स्थानीय विद्यालयमा बसिरहेका छन् । कुनै पनि समयमा पहिरो खस्ने डरले स्थानीय त्रसित हुँदै उनीहरुलाई खानपिनको लागि वडा कार्यालयले व्यवस्थापन गरेको छ ।

प्रभावित क्षेत्रमा जिल्लाबाट र बुटवलबाट स्वास्थ्यसहितको उपचारको लागि खटिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

पहिरो प्रभावित क्षेत्रमा जिल्लाबाट रेडक्रम, जिल्ला समन्वय समिति, नेकपाका जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरु प्रभावित क्षेत्रमा उद्धारको लागि खटिएका छन् ।

घटनास्थल जिल्ला सदरमुकाम तम्घासबाट पूर्वतर्फ पर्दछ । घटना स्थल पुग्न करिब ३ घण्टा बढी समय लाग्छ ।

बोरिस जोन्सन बेलायतको प्रधानमन्त्री हुने
एजेन्सी । बेलायतको प्रधानमन्त्रीमा बोरिस जोन्सन चयन हुने निश्चित प्रायः भएको छ । सत्तारुढ कन्जरभेटिभ पार्टीको नेतामा विजयी हुने भएपछि उनी बेलायतको प्रधानमन्त्री हुने भएका हुन् ।

वर्तमान प्रधानमन्त्री थेरेसा मेको स्थान लिने जोन्सनले प्रतिष्पर्धी जेरेमी हन्टलाई पछि पारिरहेको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । केही समयभित्र कन्जरभेटिभ पार्टीको नेताको चुनावको नतिजा बाहिर आउँदैछ ।

जोन्सन नै प्रधानमन्त्रीका प्रबल दाबेदार थिए । लन्डनका पूर्व मेयर जोन्सन अनुभवी नेता हुन् ।
छानविन समितिको कार्यशैलीबाट प्रम ओली असन्तुष्ट
प्रधानमन्त्री केपी शर्मा ओलीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको अनियमितताको छानविन सम्बन्धमा गठन भएको समितीको कार्यशैली उपयुक्त नभएको बताएका छन् । प्रतिष्ठानको तेस्रो सभा बैठकलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रतिष्ठानमा अनियमितता भएको बिषयमा सरकारले जेठ ३० गते एक समिती गठन गरेको थियो । समितीको हवाला दिंदै प्रतिष्ठानकी उपकुलपति प्राध्यापक डा.संगीता भण्डारीलाई कारबाही गर्न सिफारिस गरिएको प्रतिवेदन विभिन्न सञ्चार माध्यमले प्रकाशन गरेका थिए ।

प्रधानमन्त्री ओलीले समितिले कुलपतिलाई बुझाउनु पर्ने प्रतिवेदन विभिन्न सञ्चार माध्यममा देखिनु उचित नभएको बताए । ‘समितीले प्रतिवेदन सबभन्दा पहिला कुलपतिलाई बुझाउनु पर्ने हो तर यो सामाजिक सञ्जाल र सञ्चार माध्यममा बुझाए जस्तो छ’ प्रतिष्ठानका कुलपति समेत रहनु भएका प्रधानमन्त्री ओलीले भने, ‘यो प्रतिवेदन हो कि राजनीति हो ? समितिमा हुने सदस्यहरु छानविन गर्न कि राजनीति गर्न जानु भएको ? जिम्मेवारी लिनेहरुले आफ्नो कर्तव्य र दायित्वलाई ख्याल गर्नु पर्दछ ।’

प्रधानमन्त्री ओलीले प्रतिवेदनको विश्वसनियतामा प्रश्न उठेको बताएका छन् । ‘प्रतिवेदन कुलपतिलाई बुझाउनु भन्दा पहिला अन्यत्र बुझाएर दबाब सृजना गर्न खोजिएको छ तर त्यस्तो दबाबमा म पर्दिन । सत्यतथ्य बुझेर मात्र अघि बढ्छु ।’ प्रधानमन्त्री ओलीले भने ।

नेपाल कतारसँग ४ विकेटले पराजित
काठमाडौं। आईसीसी टि ट्वान्टी विश्व कप छनोटको एसिया फाइनलमा नेपालले प्रतियोगिता हारबाट शुरआत गरेको छ । मंगलबार सिंगापुरमा नेपाल कतारसँग ६ विकेटले पराजित भएको हो।
टस जितेर पहिला ब्याटिंग गरेको नेपालले ९ विकेटमा १२२ रन बनाएको थियो। जवाफी ब्याटिंग गरेको कतारले ६ विकेट गुमाएर १९ ओभर ४ बलमा १२४ रन बनायो।

कतारका इनाम उल हकले ४१ रन बनाएपछि नेपाल अप्रत्यासित हार व्यहोर्न पुगेको हो । नेपालका लागि सन्दीप लामिछानेले ३३ रन दिएर ३ विकेट लिएपनि अन्य बलरले उनलाई राम्रो साथ दिन सकेनन्।

कतारका दुईजना ब्याट्सम्यान रनआउट हुन पुगेका थिए भने एक विकेट करण केसीले लिएका थिए। नेपालको ओपनिंग जोडीले कीर्तिमानी ४९ रन जोडेपनि त्यसलाई मध्यक्रमले पूजिँकृत गर्न नसक्दा नेपालले चुनौतीपूर्ण लक्ष्य दिन सकेन।
ओपनर कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले पहिलो विकेटका लागि ४९ जोडेका थिए। खड्काले २८ रन बनाए भने मल्लले २३ रन बनाए ।

नेपालका लागि सर्वाधिक रन दिपेन्द्रसिंह ऐरीले ३३ रन बनाए। अन्य ब्याट्सम्यानले राम्रो ब्याटिंग गर्न नसक्दा नेपाल कमजोर मानिएको कतारसँग पराजित हुन पुगेको हो। यो खेलमा पराजित भएसँगै उपाधि जितेर ग्लोवल छनोट खेल्ने नेपालको लक्ष्यमा झट्का लागेको छ।

अब नेपालले बाँकी ३ खेलमा नेट रनरेट सुधारसहित जित हात पार्नुपर्नेछ । ५ टिम सहभागी प्रतियोगिताको उपाधि जित्ने टिमले ग्लोवल छनोट खेल्न पाउनेछ । पाँच टिम मध्ये नेपाल र कुवेतमात्र हालसम्म जितबिहीन छन्। नेपालले बुधबार मलेसियासँग खेल्नेछ।

सरकारले सहुलियत दिएपछि इन्टरनेटको शुल्क नबढ्ने भयो
साउन १ गतेदेखि इन्टरनेटको मुल्य बढ्ने भनिए पनि अन्ततः इन्टरनेको मूल्य नबढ्ने भएको छ। तारबाट चल्ने इन्टरनेटमा विभिन्न सहुलियत दिने मन्त्रिपरिषद् बैठकले निर्णय गरेसँगै इन्टरनेटको मूल्य नबढ्ने भएको हो ।मन्त्रिपरिषद्ले दूरसञ्चार नियमावली संसोधन गर्दै मर्मतलगायत खर्चमा सहयोग गर्ने भएपछि इन्टरनेटको मूल्य नबढ्ने भएको इन्टरनेट व्यवसायीले जनाएका छन्। यस अघि उनीहरूले साउन १ देखि मूल्य बढाउने घोषणा गरेका थिए।

सरकारले लगाएको १३ प्रतिशत भ्याटमा सरकारले ५० प्रतिशत र व्यवसायीले ५० प्रतिशत व्योहोर्ने गरी नियमावली संसोधन भएकोले अब इन्टरनेटको शुल्क बृद्धि नहुने इन्टरनेट सेवा प्रदायकहरूको छाता संगठनका अध्यक्ष भोजराज भट्टले जानकारी दिए। भट्टका अनुसार नियमावली संसोधन भएका कारण अब इन्टरनेटको मुल्य वृद्धि नहुने भएको हो ।

गएको आर्थिक वर्षदेखि इन्टरनेट सेवामा दूरसञ्चार सेवा शुल्क लगाउने सरकारले नियम ल्याएपछि १३ प्रतिशत कर उपभोक्ताको बिलमा थप्ने तयारी सेवा प्रदायकले गरेका थिए।

सरकारले इन्टरनेट जडान गर्दा लाग्ने राउटरलगायतका उपकरण, इन्ट्रानेट–लिज लाइन डाटा कनेक्टिभिटी र मर्मत–सम्भार शुल्कमा दूरसञ्चार सेवा दस्तुर छुट दिने निर्णय गरेको हो। इन्टरनेट सेवाप्रदायकहरूले उपभोक्ताबाट मर्मतसम्भार शुल्क बापत महिनामा पाँच सय रुपैयाँ बढी लिने गरेका छन्।

त्यस्तै शुरूमा राखिने राउटर तथा लिज शुल्कलाई पनि आयभन्दा फरक राखी दूरसञ्चार सेवा शुल्क लाग्ने गरेको छ।

निर्मला पन्त प्रकरणमा गृहमन्त्रीले किन यस्तो अभिव्यक्ति दिए ?
काठमाडौं। गृहमन्त्री रामबहादुर थापाले सरकार मुलुकमा शान्ति, सुरक्षा र सुशासन कायम गर्न सफल रहेको दावी गरेका छन्। गृहमन्त्री थापाले सुरक्षा चुनौतीको रुपमा रहेको नेत्रविक्रम चन्द समूहलाई नियन्त्रणमा लिन सरकार सफल भएको दाबी गरे। उनले अति राजनीतिकरण गरिएका कारण निर्मल पन्तको हत्यारा पत्ता लगाउन नसकिएको तर्क गरे।

मंगलबार मन्त्रालयको एक वर्षको कामको समिक्षा र चालू आर्थिक वर्षको कामको कार्ययोजना सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो हत्या प्रकरणको छानवीनको कामलाई सरकारले गम्भिरतापूर्वक अघि बढाइरहेको बताए। अति राजनीतिकरणका लागि सो घटनाको अनुसन्धान प्रभावित भएको गृहमन्त्री थापाको स्पष्टिकरण छ।

गृहमन्त्री थापाले बलात्कारका घटनामा नेपाल प्रहरीले ९५ प्रतिशत सफलता हात पारेको तथ्यांक प्रस्तुत गर्दै सो घटना भने अति राजनीतिकरणको शिकार भएको तर्क गरे। गृहमन्त्री थापाले निर्मला हत्या प्रकरणको छानवीनमा सहयोग गर्न सबै पक्षलाई आह्वान गरे। उनले भ्रष्टाचारमा संलग्न १८ सय ठेकेदारहरुको फाईल कार्वाहीका लागि अख्तियारमा बुझाइएको जानकारी दिए। विकास, निर्माणको काममा अनियमितता गर्ने ठेकेदारलाई सरकारले कडा कार्वाही गर्ने गृहमन्त्री थापाको भनाइ छ।

बुद्ध वाज बर्न इन नेपाल अभियान अब एम्बुलेन्समा पनि
गौतम बुद्धको जन्म नेपालमा भएको भन्दै देशविदेशमा विविध प्रचारात्म्क कार्यक्रम हिडेका गायक धिरज राइले एम्बुलेन्समा स्टिकर टाँस्ने अभियान सुरु गरेका छन् । मंगलबार उनले भक्तपुर क्यान्सर अस्पतालमा ३ वटा एम्बुलेन्स र त्यहाँ चिकित्सकहरुको सवारीमा बुद्ध वाज बर्न इन नेपाल लेखिएको स्टिकर टाँसेका छन् ।

भक्तपुरबाट सुरु भएको एम्बुलेन्समा स्टिकर टाँस्ने अभियान बुधबारदेखि देशव्यापी बनाउने गायक राईले बताए ।

गायक राईले केही दिन अघि चितवनको सौराहामा रहेका करिब १०० हात्तीमा पनि यस्तै प्रकारको बुद्धको तस्वीर अंकित स्टिकर टाँसेका थिए ।

उपत्यकाको ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजसँग मिलेर १ हजार ट्याक्सीमा र पोखराको फेवातालको डुंगामा पनि उनले बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने सन्देश दिने स्टिकर टाँसिसकेका छन् ।

Advertisement