अलोकतान्त्रिक गतिविधिमा जनताको मौनता

२०७६ साउन ९ बिहीवार
Newsdesk Shikharnews

वि,सं २०६२÷०६३ सालको आन्दोलनले नेपालमा राजतन्त्रको अन्त्य गर्यो र गणतन्त्रको स्थापना भयो । तर लोकतान्त्रिक व्यवस्थाभित्र राजनीतिक पार्टी र नेतृत्वको अलोकतान्त्रिक गतिविधि , शैली र आचरण ज्यूँका त्यूँ रह्यो । राज्य पुनर्सरचना तथा राज्याको आमूल परिवर्तन गरी नयाँ शैलीबाट देशको विकास गर्नुपर्छ भन्ने बहस त भयो तर देशमा व्याप्त अलोकतान्त्रिक पद्धती , विकृति प्रशासनीक यन्त्र र कानुनी विसँगतिहरुलाई निर्मुल पार्नु पर्दछ भन्ने बहस कतै भएन ।

जनताको जीवनस्तरमा सुधार गर्न नसक्ने जुन अवरोध थिायो त्यसको समाधानका लागी कहाँ कतैबाट बहस र विरोध भएन । वास्तवमा भन्ने हो भने नैतिक शासन प्रणाली नै समृद्ध लोकतान्त्रिक शासन प्रणाली हो । राज्यको आयआर्जन र क्षेत्रफलको अवलोकन गर्दै प्रादेशिक संरचनालाई घटाएर राज्यको व्ययभार कम गर्नु नै लोकतान्त्रिक बुद्धिमानी हो ।

यसै सिलसिलामा सँघीयताको नयाँ परिकल्पना गर्नु गर्नु र त्यसैअनुरुप राष्ट्रलाई समृद्धितिर डार्याउनु मुर्खता नभएर नयाँ परिकल्पना पनि थियो । जे जस्तो व्यवस्था वा शासन प्रणाली भएतापनि जनताको सार्वभौमिकता र राष्ट्रय अखण्डतामा कुनै आँच नआउने गरी राष्ट्रको समृद्धि गर्नु नै शासनको अन्तिम लक्ष्य हो । यसलाई लोकतान्त्रिक भनिएका राजनीतिक पार्टी र नेतृत्वबाट सहजै विर्सने काम भयो ।

यो नै लोकतन्त्र भित्रको अलोकतान्त्रिक गतिविधि हो । नयाँ व्यवस्थामा गर्नुपर्ने आधुनिक कार्य प्रणाली कसैको सोचको बिषय नै भएन । तर वज्ञानिक पद्धतिको विकास खोज्ने नयाँ रुढिवादी चरित्र बोकेका सिल्पटहरुलाई नयाँ विचार र पद्धत्ति नै विज्ञान हो भन्ने हेक्का दिलाउन पनि नयाँ सोंचका साथ नयाँ वर्गको उदय आवश्यक छ । अरुले जे गर्यो, त्यही सिको गर्नुपर्छ भन्ने मात्र बुझेका यी अर्धबुज्रकहरुको चेतनाको स्तरमा मापन गर्नुपर्ने बेला भएको छ ।

भारत, अमेरिका र अन्य मुलुकहरुले बोकेको सँघियताको आधार र हाम्रो सँघियताको आधार फरक पनि त हुन सक्छ । ज्ञान र सुझाव सबैको लिन सकिन्छ तर विकास आफ्नो भूगोलर समाज सुहाउँदो मात्र हुन्छ । अरुले जे गर्यो त्यही हाम्रो विकासको मोडल हुनुपर्छ भन्ने पनि छैन । विकसित देशले अपनाएको शासन पद्धत्ती अंगाल्दा देशको विकास हुने थियो भने आज किन नेपालको विकास भएको छैन त ?

जनतालाई अधिकारको नाममा गुलीयो चटाएर भ्रम सिर्जना गर्दैमा विकास हुने पनि होइन । यति हुँदा पनि जनता किन चुप ? प्र्रश्न उठछ । उत्तर सहजै छ , यो लोकतन्त्र हो । सतहमा लोकतन्त्रमने आवरण छ । हामी यसैमा आशावादी भएर बसेका छौँ । तर व्यवहारमा यो सामन्तीतन्त्रको पुनराबृति हो भन्ने कुरा सम्झन चाहेका छैनौ ।

शासन शैली र कामको रवैयालाई विचार गर्ने हो भने वास्तवमै यो सामन्त्तिसत्ता हो भनि चिन्न धेरै गाह्रो पर्दैन । तर जनता तै चुप मै चुपमा छन । प्रजातन्त्र प्रप्त पछिका तिर बर्षमा भए गरेका कामबाट पनि यो प्रमाणित हुन्छ । राजनीतिक पार्टिहरुको सत्ता संचालन तरिका , काम गराई , नेताहरुको कमाई , आचरण र उनीहरुको रबाफले यो सबै देखाइरहेको छ ।

राष्ट्र र जनतालाई वेवास्था गर्ने । बहुसंख्यक जनतालाई हुने फइदा भन्दा एक दुई जना आसेपासेको फाइदाका लागि अग्रसर हुने । दलाल माफियाँ र पुजीँपति वर्गको हितका लागी कानून तोडमोड गर्ने । व्यक्तिगत नाफा घाटाका लागी लाखौँ जनताकाृ हितको कामलाई पनि हुर्मत लिने । विकासका काममा कुनै चाहाना नगर्ने भाषण र नारामा देशलाई काल्पनीक स्वर्ग जस्तो बनाउने ।

व्यवहार अवसरवादी र सोंच अतिवादी राख्ने । मानै उ जनताले बनाएको मन्त्री हैन , कुनै अर्को ग्रहबाट आएको भगवान हो जस्तै गर्ने । यस्ता अनेकौ अव्यवहारीक प्रमाण हाम्रा सामु छन्, जसले गर्दा यो लोकतनत्रको आवरणमा मञ्चीत सामान्तीतन्त्र नै हो तर पनि यसमा जनताको मौनता अचम्म लाग्दो बिषय भएको छ ।

बिदेशीको उक्साहटमा सीमानाका काँन्लाहरुमा बसेर चिहाइरहेका ब्वाँसाहरुलाई यो व्यावस्था भूतको रमिताझै लागीरहेको छ । राज्यको ढुकुटी सकेर आपराधिक मागका बिषयमा वार्ता गर्न सक्ने लोकतान्त्रिक भनिने सरकार विकास निर्माणका काममा विभिन्न भाजो देखाउँदै पन्छीदैँ छ । नागरिक हुने वा नहुने बहसमा अनावश्क छलफल चलाइरहेको छ ।

रितपूर्वक कुनै पनि देशमा बसोवास गर्ने कुनै पनि बंशजको नागरिकले त्यस देशको नागरिकता पाउँछ । यो विश्वव्यापी तथ्य हो । विदेशी नागरिकलाई नागरिकता दिने कुरा त्यस देशको आन्तरिक कानून अनुसार हुन्छ । यदि पार्टीहरु जनता र राष्ट्रप्रति बफादार हुन्छन् भने सर्वमान्य तथ्यका कुराहरुलाई बँग्याउनतिर लाग्दै लाग्दैन ।

तसर्थ आयातीत सामन्तीका मासिहाहरुलाई खुसीपर्न सरकार केन्द्रित हुनु हाम्रो विडम्बना हो । समाधानको उत्तम सोँच नबनाइ ककटेल पार्टीमा उपस्थिती दुई , चार जना भरौटेको मागलाई समग्र देशको माग किमार्थ भन्न सकिदैन । पार्टिले उठाएका मागहरु कतिसम्म जायज छन् वा छैनन् भन्ने कुराको निक्यौल गरिनुपर्दछ । राष्ट्र हित विपरितका माग गर्नेहरुलाई कानुनी कारवाही गर्नुपर्नेमा झन चोरलाई चौतारी बनाउने काम गरिन्छ ।

ठुला महलमा बसेर हिमाल , पहाड र मधेशलाई देखाएर राजनीति गर्नेहरुको लर्को लामै छ । आफ्नो पेसागत स्वार्थलाई जोगाइ राख्न जनाता जनताबिच भिडन्त गराउने कस्तो निकम्मा सोच । तसर्थ यस्तो अवस्था र मौनता अव नेपाली जनतामा लामो समयसम्म हुनु हुदैन ।
(सुदर्शन अर्याल ‘सितल’ को ‘लोकतान्त्रिक सामन्तवाद’बाट साभार)