काठमाडौँमा मन्टेश्वरी स्कुलहरु च्याउ सरी खोलिएका छन्…

२०७६ साउन १६ बिहीवार
Newsdesk shikharnews

बिगत केही समयदेखि काठमाडौँमा मन्टेश्वरी स्कुलहरु च्याउ सरी खोलिएका छन् । धेरै पुराना र नाम चलेका विद्यालयहरुले पनि आफ्नो नाम मन्टेश्वरीमा परिबर्तन या मन्टेश्वरी शब्द थपेर अभिभावकहरुको ध्यानाकर्षण गर्ने माध्यमको रुपमा प्रयोग गरेको पाइन्छ । मन्टेश्वरी शब्दको मोह सबैमा देखिन्छ तर, वास्तविक धरातलमा हेर्ने हो भने मन्टेश्वरी शिक्षासम्बन्धी अपूर्ण ज्ञान भएकाले मन्टेश्वरी शिक्षाको शुन्दरता र यसको प्रभावकारीता झल्किन पाएको छैन ।

नेपालमा शैछिक गुणस्तर अझ कमजोर भैरहेको अवस्थामा वास्तविक शिक्षाको माध्यम के हो भन्नेमा कुनै पनि बिद्यालय र अभिभावकहरु प्रष्ट छैनन । यदि मन्टेश्वरीमा शब्द सर्वव्यापकता छ भने मन्टेश्वरी माध्यमबाट नै शिक्षा आर्जन किन नगराउने त रु मन्टेश्वरी शिक्षालाई बैज्ञानिक शिक्षाको रुपमा परिभाषित गरिन्छ । डा.मारियाले स्वीस्कार गर्नु भएको यो मन्ट्श्वेरी शिक्षण माध्यमलाई विश्वभर प्रख्यात बैज्ञानिक तथा शिक्षविद्हरुका लागि पनि सर्वस्वीकार्य बनेको छ । मानसिक र शारीरिक रुपमा अशक्त बालबालिहरुका लागि औषधि संगसंगै शिक्षा पनि दिन पाए उनीहरुले अरु बालबालिका सरह जीवन जिउन पाउथे भन्ने सोचबाट मंट्श्वेरी शिक्षाको बिउँ उम्रिएको हो । अशक्त बालबालिकाहरुको अर्न्तनिहित बिकासमा ठूलो मद्दत पुगेको मन्टेश्वरी शिक्षण माध्यमलाई मरियाले साधारण बालबालिकाहरुमा पनि परिक्षण गरिन ।

परिक्षणका क्रममा आफ्नो शैक्षिक अभियान लिएर उनी बिश्वभर अध्ययन अनुसन्धान गर्दै गईन । लामो समयको परिक्षणपछि बालबालिकाको सिकाईको नतिजा अत्यन्त सफल भएपछि यो मध्यमलाई उनले मन्टेश्वरी नाम दिइन ।बैज्ञानिक तरिकाले अवलोकन गरेर स्वीकार भएको मन्टेश्वरी शिक्षा के हो त रु मन्टेश्वरी शिक्षा बुझ्नलाई गहन रुपमा बुझ्न बालविकासको सिद्धान्तको अध्ययन जरुरी हुन्छ । हरेको मानबलाई गर्भावास्थादेखि सृजनात्मक शक्तिले मार्गदर्शन गरिरहेको हुन्छ । यो शक्तिको कारणले मानसिक र शारीरिक बिकाश भएको हुन्छ । हरेक बालबालिका जन्मिदा उस्तै शक्ति लिएर जन्मेका हुन्छन तर पनि किन सबै पढाई लगाएत अरु क्षेत्रमा उत्तिकै सफल हुन सक्दैन त रु गर्भावास्थादेखि ६ बर्षसम्मका बच्चाहरुलाई प्रकृतिले नै अच्चम्मको दिमाग दिएको हुन्छ ।

जन्मिदा न त भाषा लिएर आएको हुन्छ न त अरु कुनै बिकाश भएको हुन्छ । तर,बच्चाले यो अवधिमा मानवीय गुण, भाषा र समाजमा चाहिने कुराहरु सिकरहेको हुन्छ । यो समयमा जस्तो वाताबरण पायो बालबालिकाको व्याक्तित्व बिकाश तेस्तै हुन्छ । बालबालिकाहरु आफ्नो सर्वार्गिण बिकासतर्फ आफै सक्रिय हुन्छन र मन्टेश्वरी शिक्षाले ति सम्पूर्ण बिकासलाई चाहिने वातावरण दिन्छ । डा। मरियाका अनुसार वालवालिकाहरु ६ बर्षमा विभिन्न चरणमा विभिन्न सिकाइप्रति अति नै धेरै रुचि देखाऊछन् र यो प्रकृतिले दिने इच्छाशक्ति हो । कुनै एक चरणले भाषाप्रति बच्चाहरुलाई अति नै आकर्षित गराउछ भने कुनै अर्को चरणमा शारीरिक बिकाशको लागि बच्चाहरुलाई प्राकृतिक इच्छाशक्तिले नै चल्न,खेल्न, कुद्न,उफ्रिन उत्प्रेरित गराउछ ।

मन्टेश्वरी शिक्षाले प्राकृतिक मार्ग दर्शनलाई माध्यम बनाएर बालबालिकाले उमेर र रुची अनुसारका शैक्षिक सामग्रीबाट आफ्ना इन्द्रियहरुले छुएर, सुनेर, हेरेर, सुघेर आफै सिक्छन । प्रकृतिले नै कुनै एक बिषयमा फरक फरक चरणमा बालबालिकालाई सिक्न सक्रिय बनाएको पाइन्छ । यदि त्यही बिषयलाई उपयुक्त हुने वाताबरणमा पाए भने उनीहरुले सबै भन्दा राम्रो र सजिलो तरिकाले सिक्छन । आफै सिक्न सक्ने क्षमता लिएर आएका बालबालिकालाई कुर्सिमा नकाराई , नचली बसेर शिक्षक उन्मुख तरिकाले पढाउने विधि के सही होला त ? स्वतन्त्र तरिकाले आफ्नो रुची अनुसार सिक्न पाउने मौका पाउदा बालबालिकाहरु अनुसन्धान, अन्वेषण, गणना, परिशुद्धता, मौलिकता, रचनात्मकता, विश्लेषण गर्न सक्ने र गहिरो चिन्तन गर्न सक्ने हुन्छन ।

हाम्रो नेपालमा के येस्तै पीढीको खाचो छैन र रु अनि बल्ल पो नेपालमा पनि रकेट उडाउने बैज्ञानिकहरु जन्मिन्छन् त । चल्न, खेल्न, अन्वेषण गरेर सिक्ने बेला हामीले धेरै नै अनुशासित गराउन शिक्षक उन्मुख तरिकाले पदाउदा  बालबालिका स्वयं निर्देशित हुने मौका पाउँदैनन । कराएर र डराएर गराएको अनुसाशन क्षणिक हुन्छ तर भित्रि रुपमा हरेक आन्तरिक आवश्यकता पाएका बालबालिका प्राकृतिक रुपमा अनुशासित हुन्छन ।मन्टेश्वरी शिक्षामा गणित, सामाजिक, अंग्रेजी भाषा, नैतिक शिक्षा, विज्ञान, ईतिहास, भूगोल , संस्कृति आदि सबै बिषय समावेश हुन्छन तर किताबी हुदैन । सबै पाठ्यक्रम बालबालिकाले आफै छुएर,देखेर,सुघेर, हेरफेर गरेर आफै सिक्छन । शिक्षिका त एउटा मध्यम मात्र हुन्छिन । राम्रो चरित्र भएका बालबालिका बनाउन शिक्षिका स्वयम् उदाहरणीय हुन जरुरि हुन्छ ।

कस्तो भाषाको प्रयोग गर्ने, साना नानी बाबुहरु माथि हाबी भएर पढाउने कि उनीहरुलाई सक्रिय र चाखलाग्दो तरिकाले शिक्षण गराउने,के मेरो पेशा रहर हो कि कर हो रु यो सबै बिश्लेषण गरेर आफू र बालबालिका दुवैलाई अन्याय नहुने गरि गर्न सकिन्छ । मानसिक र शरिरीक रुपमा बालबालिका तयार नभई जर्वजस्ती लेख्न र घोक्न लगाउदा न त उनीहरु रमाएर हुर्किन पाउछन न त उनीहरुको सहि सम्भाव्य प्रतिभाको उजागर हुन्छ ।। मन्टेश्वरी शिक्षा अति नै सुन्दर छ। जति पनि अभिभावकले म्रेरो नानी मन्टेश्वरीमा जान्छ भन्नु हुन्छ र जति पनि विद्ध्यालयले हाम्रो स्कूल मन्टेश्वरी हो भन्नु हुन्छ , के साँच्चै नै त्यो मन्टेश्वरी शिक्षा हो तरु विचार गरौ। शर्मिला भट्ट खत्री