साउन ३१ गते शुक्रबारको राशिफल यस्तो छ

२०७६ साउन ३१ शुक्रवार
Newsdesk Shikharnews

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) भाग्यले विभिन्न अवसर जुराउनेछ । घरमा अतिथीको सेवा होला । शैक्षिक क्षेत्रबाट सफलता मिल्नेछ । प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शुभकार्यको चर्चा चल्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा सफलता प्राप्त हुनेछ । मुद्धा मामिलामा विजयी प्राप्त हुनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नयाँ व्यक्ति संग भेटघाट हुनेछ । पठनपाठनमा प्रगती हुनेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आँटेको र ताकेको कार्य पुरा होला । मिष्ठान्न भोजन प्राप्ति होला । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) विश्वास गरेकाले साथ दिनेछन् । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । व्यापार व्यसायबाट लाभ मिल्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । नयाँ कार्यको थालनी होला । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । भूमिबाट लाभ रहला ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मान प्रतिष्ठामा बृद्धि होला । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । शुभ समाचार सुन्न पाइएला । दाम्पत्य जीवन सुखमय रहनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) यात्रामा मालसामान हराउन सक्छ । लेनदेनमा सजकता अपनाउनु पर्नेछ । मनमा दुविधा उत्पन्न हुनेछ । सरकारी निकाएको भय रहला ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । परिवारमा सुख सन्तोष छाउनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । नयाँ काम वा रोजगार पाईनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मानसिक चिन्ता वढ्नेछ । अनावश्यक धन खर्च होला । यात्रामा सावधानी अपनाउनु पर्नेछ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । शुभकार्यको चर्चा चल्नेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) गरेका काममा ढिलासुस्ती हुनेछ । बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ । ( ज्यो.प. नारायणप्रसाद दुलाल