अनुष्कासँग प्रेम र विवाहको चर्चा चुलिएपछि अन्ततः बोले प्रभास

२०७६ साउन ३१ शुक्रवार
Newsdesk shikharnews

एजेन्सी। दक्षिण भारतीय सुपरस्टार प्रभास अहिले आफ्नो फिल्म साहोको कारण चर्चामा छन् । ३५० करोड लगानीको यो फिल्म ३० अगष्टमा रिलिज भैइसकेको छ । यसका अलावा उनी अनुष्का शेट्टीसँगको सम्बन्धलाई लिएर पनि चर्चामा छन् । हालै धेरै भारतीय मिडियामा अनुष्का र प्रभासले अमेरिकाको लस एन्जल्समा घर खोजिरहेको समाचार आएको थियो । साहो रिलिज भएपछि यी दुईले बिहे गर्ने समाचार पनि आएको थियो । प्रभासले अनुष्काको लागि साहोको विशेष स्क्रिनिङको व्यवस्था गरेको पनि चर्चा थियो ।

चर्चा चुलिएसँगै प्रभासले यस विषयमा बोलेका छन् । प्रभासले आफूहरु केवल साथी भएको बताएका छन् । मुम्बइ मिररसँग कुराकानीको क्रममा प्रभासले भने ‘अनुष्का र म साथी मात्र हौं । यदि हामीबीच योभन्दा फरक सम्बनध हुन्थ्यो भने विगत २ वर्षमा कसैले त हामीलाई साथमा देख्थे । यो प्रश्न मसँग करण जौहरको शोमा पनि सोधिएको थियो । मैले राजामौली र राणा दग्गुबतीलाई यसको जवाफ दिन दिएँ । उनीहरुले त्यहाँ पनि भनेका थिए हामीबीच त्यस्तो केही छैन ।’ यसअघि एक अन्तरवार्तामा अनुष्का शेट्टीले भनेकी थिइन् ‘प्रभास र मैले बिहे गर्न लागेको होइन । कृपष बाहुबली र देवसेनाको केमेस्ट्रीबाट वास्तविक जीवनमा कुनै आशा नराख्नुस् । यो केवल स्क्रिनको लागि थियो ।