यस वर्षको मदन पुरस्कार योगेश राजको ‘रणहार’लाई

२०७६ भदौ १ आइतवार
Newsdesk Shikharnews

यस वर्षको मदन पुरस्कार योगेश राजको ‘रणहार’ पुस्तकले पाउने भएका छन् । आज बसेको मदन पुरस्कार गुठीको साधारणसभाले रणहार पुस्तकलाई मदन पुरस्कार दिने घोषणा गरेको हो । रणहार भक्तपुरका अन्तिम राजा रणजीत मल्ललाई नायक बनाएर लेखिएको ऐतिहासिक आख्यान हो । गुठीले जगदम्बा श्री पुरस्कार भने बरिष्ठ साहित्यकार बैरागी काइलालाई दिने निर्णय गरेको छ । दुबै पुरस्कार दुई लाख रुपैयाँ राशीका रहेका छन् । मदन पुरस्कारका लागि २ सय ५७ वटा पुस्तकवाट सातवटा पुस्तक अन्तिम सुचिमा परेका थिए । मनोनयनमा सानु शर्माको ‘एकादेशमा’, बिन्दु शर्माको ‘ओक्कल दोक्कल पिपल पात’, कुमार नगरकोटीको ‘ज्ञ’ र छुदेन काविमोको ‘फातसुङ’ रहेका छन् । त्यस्तै महेश थापाको ‘मरीचिका, र ध्रुव सापकोटाको ‘विचारको लाश’ सूचिमा थिए । मदन पुरस्कार गुठीले पुरस्कार दिने वर्ष भरि प्रकाशित भएका पुस्तकहरु मध्यबाट छानेर पुरस्कार प्रदान गर्ने गर्दछ ।।