जेम्स बोण्ड फिल्ममा प्रयोग भएको कारको लिलामी मुल्य सुन्दा जिब्रो टोक्नु हुन्छ

२०७६ भदौ ४ बुधवार
Newsdesk shikharnews

जेम्स बोन्ड फिल्मको लागि प्रयोग गरिएको एस्टन मार्टिन डीबी५ लिलामीको लागि राखिएको थियो । सो कारको लिलामीको शुरुवाती मूल्य ७३ करोड ५० लाख रुपैयाँ रहेको छ । लिलामीमा बिक्री हुने सो कार अहिले सम्मको सबैभन्दा महँगो कार बनेको छ । सन् १९६५ मोडलको सो कारलाई बोन्ड कार पनि भनिन्छ ।

सो कार जेम्स बोन्ड ००७ को डीबी५ मध्ये एक हो । सो कार गोल्डफिगरको साथमा थन्डरबलको प्रमोशनमा पनि देखा परेको थियो । डीबी५ विशेष गरी इयान प्रोडक्शनको लागि तयार पारिएको थियो । सो कारमा ओरिजिनल फिल्ममा जस्तै मेसिन गन, बुलेटप्रुफ शील्ड, ट्रेकिङ डिभाइस, रिभल्भिङ नम्बर प्लेट, रिमुभेवल रुफ प्यानल, आयल स्लिक र नेल स्प्रेयरको साथमा स्मोक स्क्रिन उपलब्ध रहेको छ । सो फिचरलाई सेन्टर आर्मरेस्टमा रहेको स्विचले कन्ट्रोल गर्छ ।

लिलामी भन्दा पहिला सो कार प्रि–सेल एक्जिबिसनमा राखिएको थियो । लिलामीको लागि ४ मिनेट ३० सेकेन्डको बोलीको समय राखिएको थियो । यसको लागि ७ जनाले भाग लिएका थिए । जसमा ६ जनाले अक्सको रुममा र १ जनाले पार्टी फोनबाट भाग लिएका थिए । सो कार अक्सन रुममा रहेका जेम्स बोन्डका एक फ्यानलाई बिक्री गरिएको थियो ।