पुनर्निर्माण र हुलाकी राजमार्ग निर्माणको लागि भारतको ३ अर्व सहयोग

२०७६ भदौ ४ बुधवार
Newsdesk Shikharnews

 

भारतले भूकम्पपछिको पुनर्निर्माण र हुलाकी राजमार्ग निर्माणको लागि ३ अर्व सहयोगभन्दाबढी रुपैयाको चेक हस्तान्त्रण गरेको छ । बुधबार नेपाल भारत संयुक्त आयोगको बैठकका क्रममा भारतले पुनःनिर्माणको लागि २ अर्व ४५ करोड ८८ लाख र हुलाकी राजमार्ग निर्माणका लागि ८० करोड रुपैयाँको चेक हस्तान्तरण गरेको हो । विगतमै भारत सरकारले गरेको घोषणा अनुसार बैठकका क्रममा भारतीय राजदूत मञ्जिव सिंह पुरीले सो रकम बराबरको चेक नेपाललाई हस्तन्तरण गरेका हुन् ।
यस्तै नेपाल भारत बीच खाद्य बस्तु तथा तरकारी लगायतका बस्तुहरुको उत्पत्ति प्रमाणपत्र र गुणस्तर प्रमाणपत्र र स्वच्छता प्रमाणपत्र दुवै देशमा मान्य हुनेगरी सम्झौता भएको छ । भारतको खाद्य सुरक्षा हेर्ने प्राधिकरण र नेपाल खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सम्झौतामा हस्ताक्षर गरेका छन् ।।