रिचार्जरको एप डाउनलोड गर्दा सय रुपैयाँ क्यास ब्याक, मोबाइलमा जत्तिको रिचार्ज गर्यो त्यति नै फिर्ता पनि

२०७६ भदौ ५ बिहीवार
Newsdesk Shikharnews

अनलाईन पेमेन्ट एप रिचार्जरले प्रयोगकर्ताका लागि नयाँ स्कीम ल्याएको छ । स्कीम अनुसार गुगल प्ले स्टोर र एप्पलको एप स्टोरबाट रिचार्जर एप डाउन गरेर अकाउण्ट खोल्ने प्रयोगकर्ताले सय रुपैयाँ क्यास ब्याक पाउने छन् ।

त्यस्तै यो एपबाट मोबाइलमा रिचार्ज गर्ने उपभोक्तालाई पनि नयाँ स्कीम रहेको छ । रिचार्जर एपबाट आफ्नो मोबाइलमा रिचार्ज गर्ने प्रयागकर्ताले जति रकम रिचार्ज गरेको हो त्यति नै क्यास ब्याक गर्ने व्यवस्था पनि मिलाएको छ ।

पछिल्लो समय अनलाइन पेमेन्ट र अनलाइन सपिङको क्षेत्रमा रिचार्जर प्रयोगकतामाझ विश्वासिलो बन्दै गइरहेको छ । नेपाली एप्स नेपालीहरुकै लागि भन्ने नारा सहितको यो एपमार्फत् होटल, रेष्टुरेन्ट, पानी, बिजुली, इन्टरनेट, हवाइ टिकेट लगायतका सुविधा उपभोग गर्दा सजिलैसँग अनलाईन भुक्तानी गर्न सकिन्छ । रिचार्जरले १ हजार भन्दा बढि ब्राण्डसँग सहकार्य गरेर सुपथ मुल्यमा वस्तु तथा सेवा उपलव्ध गराउने लक्ष्य लिएको छ ।