फुल कन्ट्याक प्रेसिडेन्ट कराते कप ग्राण्ड च्याम्पियनमा रुपक नेपाली पुरुष र मञ्जु विक महिलातर्फ विजेता

२०७६ भदौ १५ आइतवार
Newsdesk Shikharnews

नेपाल फुल कन्ट्याक्ट कराते महासंघको आयोजना र यूनाइटेड नेपलिज क्यूकिशन एडभान्समेन्टको सह प्रायोजनमा भएको कार्यक्रममा प्रमुख अथिती राष्ट्रिय खेलकुद परिषद सदस्य सचिव रमेश सिलवाल ज्युको उपस्थितीमा पोखरामा शनिवार सम्पन्न प्रथम फुल कन्ट्याक प्रेसिडेन्ट कराते कप ग्राण्ड च्यमपीयनमा पुरुष खुल्ला तौल तर्फ रुपक नेपाली प्रथम र महिला खुल्ला तौल तर्फ मन्जु वि. क. प्रथम भएर एक एक लाख नगद सहीत सम्मान हुनु भएको छ ।

प्रथम फुल कन्ट्याक प्रेसिडेन्ट कराते कप ग्राण्ड च्याम्पियनमा पुरुष तर्फको उपाधी कास्कीका रुपक नेपालीले जितेका छन ।

नेपालमा नै पहिलो पटक आयोजना भएको सर्वाधिक पुरुस्कारको राशी नगद एक लाख जित्न फाइनल बाउटमा रुपकले १ मिनेट पनि खर्चिनु परेन । फाइनलका लागि मैदानमा उत्रिएका कञ्चनपुरका सनी सिंह सुनारले रुपक संग आत्मसर्मपण गर्दै खेल त्यागेका थिए ।

उपाधी संगै रुपकले नगद १ लाख रुपैया हात पारेका छन भने दोश्रो हुने सोनीले नगद ५० हजार प्राप्त गरे ।

यसै गरि प्रथम फुल कन्ट्याक प्रेसिडेन्ट कराते कप ग्राण्ड च्याम्पियनमा महिला तर्फको उपाधी कैलालीकी मञ्जु बिकले हात पारेकी छन । उनले समेत नगद एक लाख हात पारिन अन्तिम प्रतिष्पर्धात्मक फाइनल बाउटमा मञ्जुले काठमाञ्डौकी निशा बोहरालाई पराजित गरेकी हुन । दोश्रो भएकी निशाले नगद ५० हजार प्राप्त गरिन ।

यसै गरि पुरुष तर्फ काभ्रेका सन्देश मानन्धरले ललितपुरका विनय सिंहलाई पराजित गरे । उनले नगद २५ हजार प्राप्त गरे भने महिला तर्फ मकावानपुरकी नविना घलानले सिन्धुपाल्चोककी पूर्णिमा श्रेष्ठलाई पराजित गर्दै तेश्रो भइन । उनले नगद २५ हजार प्राप्त गरिन ।

प्रतियोगितामा बिजेता खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब रमेश कुमार सिलवाल, राखेप सदस्य राजेश गुरुङ, नेपाल फुल कन्ट्याक्ट कराते महासंघका अध्यक्ष दमन बहादुर बस्नेत लगाएतले नगद, ट्रफी र प्रमाणपत्र वितरण गरेका थिए ।

प्रतियोगिता महिला खुल्ला तौल तर्फ २३ र पुरुष खुल्ला तौल तर्फ २२ जना गरि कुल ४५ जना खेलाडीको सहभागिता रहेको थियो ।