“पृथ्वीराज”मा अक्षय कुमार

२०७६ भदौ २४ मंगलवार
Newsdesk shikharnews

बलिउड अभिनेता अक्षय कुमारले यशराज ब्यानरको नयाँ फिल्म “पृथ्वीराज”मा अभिनय गर्ने भएका छन् । उनले ५२ औं जन्मदिनको अवसरमा ट्वीटर मार्फत उक्त कुरा सार्वजनिक गरेका हुन् । उनले फिल्ममा पृथ्वीराज चौहानको भूमिका निर्वाह गर्ने भएका छन् । “पृथ्वीराज” १२ औं शताब्दीका भारतीय राजाको कथामा आधारित हुनेछ ।

उनले उक्त फिल्म आफ्नो लागि सबैभन्दा ठूलो फिल्म हुने र आफुले अभिनय गर्ने अवसर पाउँदा धेरै हर्षउल्लाश व्यक्त गर्दै ट्वीट गरेका छन् । उनले ट्वीटर मार्फत फिल्म सन् २०२० को दिवालीमा रिलिज हुने कुराको जानकारी पनि दिएका छन् ।यशराज फिल्मस्ले “पृथ्वीराज”को निर्देशन, ९० औं दशकको ऐतिहासिक टिभी श्रृंखला “चाणक्य” र सन् २००३ को फिल्म “पिंजर”का प्रख्यात निर्देशक चन्द्रप्रकाश द्विवेदीलाई दिने भएको छ ।

(bricks4kidz.com)