शनिबार काठमाडौँमा ‘रमाइलो दौड’ हुने

२०७६ भदौ २५ बुधवार
Newsdesk Shikharnews

शनिबार काठमाडौँमा स्वास्थ्यका लागि रमाइलो दौड हुने भएको छ । टीभीएस दशैको दौड अन्तर्गत हुन लागेको रमाइलो दौड नेपालका लागि टीभीएस बाइकको आधिकारिक विक्रेता जगदम्बा मोटर्सको आयोजनामा हुन लागेको हो ।

दौड नक्सालस्थित बालमन्दिरबाट सुरु भई पुतलीसडक, शहीदगेट तथा रत्नपार्क हुँदै नक्सालस्थित टीभीएस सोरुममा आएर समाप्त हुनेछ । दौडमा स्वस्तिमा खड्का, प्रदीप खड्का, केकी अधिकारी लगायतका चर्चित कलाकार पनि सहभागि हुँदैछन् ।

रमाइलो दौडमा सहभागि हुनेले टीभीएस बाइक तथा स्कुटर किन्न चाहेमा चलिरहेको स्कीम थप एक हजार रुपैयाँ छुट पाउने जगदम्बा मोटर्सले जनाएको छ ।

दौडमा सहभागि हुन चाहनेले  https://tvsnepal.com/dashain मा लगइन गरी रजिष्ट्रेसन गर्न सकिनेछ । त्यस्तै टीभीएसका नक्साल, टेकु र कुमारीपाटीका सोरुमहरुबाट पनि रजिष्ट्रेसन गर्न सकिन्छ । शनिबार विहानै ६ बजेदेखि नक्सालस्थित बालमन्दिरमै रजिष्ट्रेसन गर्न सुविधा मिलाइएको छ ।

टीभीएसले दशैं तिहार जस्ता चाडपर्वलाई लक्षित गर्दै दशैंको दौड योजना ल्याएको हो । यस योजना अन्तर्गत कम्पनीले आफ्ना सबै स्कुटर र मोटरसाइकलमा एक लाखसम्म छुट दिने योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत बाइक वा स्कुटर किन्नु भन्दा पहिले घरैबाट टीभीएस नेपालको वेबसाइटमा लगइन गरी १ लाख रुपैयाँ सम्म जित्न सकिने छ ।

त्यसैगरी किन्न गइसके पछि किन्ने वित्तिकै १०० प्रतिशत क्यास ब्याकको अफर दिने भएको छ । दुबै अफर स्क्र्याच कार्ड मार्फत उपलब्ध गराउने कम्पनीले जनाएको छ ।