त्रिभुवन विमानस्थलमा नयाँ नियम, अतिविशिष्ट ६ जनाले मात्रै भित्रै सवारी लान पाउने

२०७६ भदौ २६ बिहीवार
Newsdesk Shikharnews

अब त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अतिविशिष्ट ६ जनाले मात्रै आन्तरिक उडानतर्फ आफ्नै सवारी लैजान पाउनेछन् । उक्त निर्णय कार्यान्वयनमा आएको सूचना विमानस्थलले बिहिबार जारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले १ वर्षे कार्ययोजनामा सम्माननीय ‘वीग सिक्स’ लाई मात्र आन्तरिक उडानमा जहाज नजिकै आफ्नो सवारी लैजान पाउने सुविधा दिने उल्लेख गरेका थिए ।

विमानस्थलभित्र पछिल्लो निर्णय अनुसार राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान्यायाधीश, सभामुख र राष्ट्रियसभाका अध्यक्षले मात्र आफ्नो सवारी साधन आन्तरिक उडानको जहाज नजिकै लैजान पाउछन् । त्यस्तै सम्माननीय सरह मर्यादा पाएका विदेशी समकक्षीले पनि उक्त सुविबा पाउने छन् ।

यी ६ अतिविशिष्ट बाहेक अन्य विशिष्ट व्यक्तिले चाँहि वायुसेवा कम्पनीले उपलब्ध गराउने सवारी साधन नै चढेर जहाजसम्म पुग्नु पर्ने भएको छ । यसको मतलव अब पूर्वप्रधानमन्त्री, वहालवाला मन्त्री तथा अन्य विशिष्ट व्यक्तिहरुले अन्य यात्रुसँगै टर्मीनलबाट जहाजसम्म बसमा यात्रा गर्नेछन् ।