टीभीएस रमाइलो दौड सम्पन्न

२०७६ भदौ २८ शनिवार
Newsdesk Shikharnews

टीभीएस दशैको दौड अन्तर्गत भएको स्वास्थ्यका लागि रमाइलो दौड शनिबार सम्पन्न भएको छ । काठमाडौँको नक्सालस्थित बालमन्दिरबाट सुरु भएको रमाइलो दौडको शीर्ष ३ स्थानमा नेपाल आर्मीले बर्चश्व जमाएको छ । दौडमा हरि रिमाल पहिलो, दीपक अधिकारी दोस्रो र गजेन्द्र राई तेस्रो बने । रमाइलो दौडमा पहिलो, दोस्रो र तेस्रो बनेका नेपाल आर्मीका ३ खेलाडीले क्रमश ५० हजार, २५ हजार र १५ हजार रुपैयाँ पुरस्कार पाए ।

दौड नक्सालस्थित बालमन्दिरबाट सुरु भई पुतलीसडक, शहीदगेट तथा रत्नपार्क हुँदै नक्सालस्थित टीभीएस सोरुममा आएर समाप्त भएको थियो । चर्चित कलाकार निखिल उप्रेती र प्रदीप खड्का पनि सहभागि भएका थिए । जगदम्बा मोटर्स प्रा.लि.ले आफ्नो उपभोक्ता प्रवद्र्धन योजना ‘टीभीएस दशैंको दौड’ कै एक हिस्सा अन्तर्गत उक्त मनोरञ्जक तथा छोटो दौडको आयोजना गरेको हो ।

दौडको प्रारम्भ गर्दै युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले छोटो दूरीको म्याराथन दौड आयोजना गरेर जगदम्बा मोटर्सले दौड्नु स्वास्थ्यको लागि कतिको लाभप्रद छ भनेर सन्देश दिन खोजेको बताए ।

रमाइलो दौडमा सहभागि भएकाले टीभीएस बाइक तथा स्कुटर किन्न चाहेमा चलिरहेको स्कीम थप एक हजार रुपैयाँ छुट पाउने जगदम्बा मोटर्सले जनाएको छ । यस योजना अन्तर्गत कम्पनीले आफ्ना सबै स्कुटर र मोटरसाइकलमा एक लाखसम्म छुट दिने योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत बाइक वा स्कुटर किन्नु भन्दा पहिले घरैबाट टीभीएस नेपालको वेबसाइटमा लगइन गरी १ लाख रुपैयाँ सम्म जित्न सकिने छ । त्यसैगरी किन्न गइसके पछि किन्ने वित्तिकै १०० प्रतिशत क्यास ब्याकको अफर दिने भएको छ । दुबै अफर स्क्र्याच कार्ड मार्फत उपलब्ध गराउने कम्पनीले जनाएको छ ।