दुनियाँकै यी अचम्मका मानिसले किन २०० वटा विसालु सर्पले आफैलाई टोकाए ?

२०७६ असोज ३ शुक्रवार
Newsdesk shikharnews

प्रत्येक पाँच मिनेटमा कतै न कतै कसै न कसैको सर्पदंशका कारण ज्यान जान्छ भने अन्य चार जना स्थायी रूपमा अशक्त हुन्छन्। तर विश्वमा केही मानिसहरू छन् जसले ठूलो जोखिम मोल्दै सर्पसँग सम्बन्धित विभिन्न किसिमका अनुसन्धान गर्छन्। अमेरिकी राज्य विस्कन्सिनमा बस्ने टिम फ्रिडा पनि तीमध्ये एक हुन्।

उनी जानाजान विषालु सर्पलाई डस्न लगाउँछन्, त्यसको भिडिओ खिच्छन् र युट्युबमा अप्लोड गर्छन्। कतिपय बेला आफूलाई विषालु जीवले डसेपछि कस्तो महसुस हुन्छ भन्ने कुरा टिम आफ्नो भिडिओमा व्याख्या गर्छन् । एउटा त्यस्तै भिडिओमा विषालु अफ्रिकी सर्प माम्बाले दुई पटक आफूलाई डसेपछि हातबाट बगिरहेको रगतको बेवास्ता गर्दै क्यामराअगाडि उनी बोलेका छन्।

“ब्ल्याक माम्बाले डसेपछि तत्काल दुख्छ। यो हजारौँ मौरीले एकैपटक टोके जस्तै हो। मौरीले टोक्दा एक वा दुई मिलिग्राम विष हुनसक्छ तर माम्बाको टोकाइमा भने तीन सयदेखि पाँच सय मिलिग्रामसम्म विष हुनसक्छ।“ त्यसपछि के भयो भन्ने पनि उनले बीबीसीलाई बताएका छन्। “त्यसपछि सुन्निन थाल्यो। त्यसपछिका केही दिन म थला परेँ।

जति सुन्निएको थियो त्यो हेरेर सर्पले मेरो शरीरमा कति विष छोडेको रहेछ भनेर म अनुमान गर्न सक्छु। यो एकदमै पीडादायी छ।“ टिम फ्रिडाले आफ्नो शरीर सर्पको आक्रमण सहन सक्ने बनेको बताए । लिभरपुल स्कूल अफ ट्रपिकल मेडिसिनका डा. स्टुवार्ट एन्स्वर्थ भन्छन्,“यी मानिसहरू के गर्छन् भन्ने हामीलाई थाहा छैन।

यो खतरापूर्ण र अनैतिक हो। हामी उनीहरूसँग काम गर्दैनौँ।“ सर्पदंशको नयाँ र विश्वव्यापी उपचार खोज्ने प्रयास गरिरहेका संस्थाहरूमध्ये एउटा उनको पनि हो। सामान्यत नयाँ खोपहरू मुसा वा अन्य जनावरमाथि प्रयोग गरिन्छ र सुरक्षित पाइएपछि मात्रै एउटा नियन्त्रित वातावरणमा मानिसमाथि परीक्षण गरिन्छ। “धेरै नियमन नगरिने भएकोले मानिसहरू आफैँ खोप लगाउँछन्।

तर यो अभ्यासले ज्यानै पनि जानसक्छ। मानिसले यसो गर्न हुँदैन,“ एन्स्वर्थले भने। तर विश्वभरिको औषधि उद्योगमा एन्टीभेनम भनिने सर्पदंशलगायत विषालु जीवको टोकाइमा प्रयोग गरिने औषधिको अनुसन्धानका लागि ठोस मार्ग निर्देशन उपलब्ध छैन। एक अफ्रिकी केटाले ध्रुवीय क्षेत्रमा जीवन शुरू गर्न तय गरेको आठ वर्षे यात्रा नयाँ खोप पत्ता लगाउने

वैज्ञानिक अभियानको नेतृत्व गरिरहेको एउटा संस्था ब्रिटेनस्थित वेल्कम ट्रस्टका अनुसार “उत्पादन, सुरक्षा वा अपेक्षित परिणामसम्बन्धी साझा मापदण्डहरू छैनन्।“ सामाजिक सञ्जालमा फलोअर बढाउनका लागि आफ्नो ज्यान खतरामा पारेको भन्ने धारणालाई फ्रिडा अस्वीकार गर्छन्। “म युट्युब भिडिओ बनाउनका लागि यो गरिरहेको छैन – म मानिसहरूको ज्यान बचाउन चाहन्छु

र परिवर्तन ल्याउन चाहन्छु। मैले अहिले काम गरिरहेका डाक्टर खोज्नका लागि मात्रै युट्युब प्रयोग गरेको हुँ। त्यो जुवा खेले जस्तै थियो। त्यसले काम र्गयो,“ उनले भने। टिम फ्रिडाले आफूले करिब दर्जन पटक जति मृत्यु छलेको बताएका छन् सर्पका तीन हजार प्रजातिमध्ये करिब दुई सयमा मात्रै कडा विष हुन्छ जसले मानिसलाई अपाङ्ग बनाउन वा ज्यानै लिनसक्छ।

फ्रिडा त्यस्ता धेरै सर्पसँग परिचित छन्। चाहे त्यो गोमन होस् वा भाइपर होस् वा माम्बा। उनले विगत दुई दशकमा दुई सयभन्दा बढी सर्पको डसाइ सहेका छन्। त्यो बाहेक उनले सात सयभन्दा बढी पटक आफ्नो शरीरमा विष प्रवेश गराएका छन्। सर्पले टोक्दा शरीरमा प्रवेश गर्ने विषको मात्रा उल्लेख्य रूपमा फरक पर्ने गरेको छ।

कुनै बेला सर्पले डस्दा शरीरमा विष नै जाँदैन त्यही भएर सुइको माध्यमबाट विष दिने मात्रालाई नियमन गर्ने तरिका पनि हो। फ्रिडा भन्छन्, “ब्ल्याक माम्बा जस्तो सर्पको विषलाई यदि तपाईँ पूर्ण रूपमा प्रतिरोध गर्न सक्नुहुन्न भने त्यसले स्नायुप्रणालीमा असर गर्छ। जसले गर्दा छातीलाई शरीरको तल्लो अङ्गबाट अलग गर्ने मांसपेशी कक्रक्क पर्छ र तपाईँले सास फेर्न सक्नुहुन्न।

तपाईँको आँखा बन्द हुन्छ र तपाईँ बोल्न सक्नु हुन्न र तपाईँ बिस्तारै हलचल गर्न सक्नुहुन्न अनि पक्षाघात हुन्छ। यसले हाम्रो केन्द्रीय स्नायुप्रणालीलाई असर गर्दैन, त्यही भएर मृत्यु नहुन्जेलसम्म तपाईँले सोच्न भन्ने सक्नुहुन्छ।“ फ्रिडाले आफ्नो घरको पछाडिको भागमा थुप्रै विषालु सर्प राखेका छन् र तिनको डसाइ आफैँमाथि परीक्षण गराइरहेका छन्।

ब्ल्याक माम्बा विश्वकै एउटा घातक सर्प हो ( यो सर्पको डसाइले मानिसको ३० मिनेटमै ज्यान जान सक्छ । “म सँग अफ्रिकाको पानीगोमन छ। यसको टोकाइ निकै भयानक हुन्छ। त्यो एकदमै कठिन र एकदमै डरलाग्दो अनुभव थियो।“ पानीगोमनको विषमा न्यूरोटक्सिन हुन्छ जसले स्नायुकोषलाई असर गर्छ। बिबिसीबाट