ट्रम्पले ढुंगा हान्ने आप्रवासीलाई गोली हान्न सुझाव!

२०७६ असोज १५ बुधवार
Newsdesk shikharnews

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आप्रवासीप्रति निकै कठोर नीति राख्छन् । उनले आप्रवासीलाई रोक्न मेक्सिकोमा पर्खाल लगाउने एजेन्डा बोकेर राष्ट्रपतिको चुनावमा भाग लिएका थिए । आप्रवासीविरुद्ध कडा कानुन पनि ल्याउन लगाए ।ट्रम्प आप्रवासीप्रति कति कठोर रहेछन् भन्ने खुलासा एक पुस्तकमार्फत भएको छ । न्यूयोर्क टाइम्सका पत्रकार माइकल सियर र जुली डेभिसले लेखेको पुस्तक बोर्डर वार्सः इन्साइड ट्रम्पस एसल्ट अन माइग्रेसनमा डोनाल्ड ट्रम्पले आप्रवासीको अमेरिका प्रवेश कम गर्न खुट्टामा गोली हान्न निर्देशन दिइएको उल्लेख छ ।

पुस्तक दर्जनौं नाम उल्लेख नगरिएका अन्तवार्तामा आधारित छ । अमेरिकी सैनिकलाई ट्रम्पले निर्देशन दिदै खुट्टामा गोली हान्न भनेका थिए । तर, सैनिकले त्यो गैरकानुनी हुने जवाफ दिएका थिए । ट्रम्पले ढुंगा हान्ने आप्रवासीलाई गोली हान्न सुझाव दिएका थिए ।