पन्ध्रौ प्रेमिकाको सन्तानको पिता बन्दै साहित्यकार मुकारुङ

२०७६ असोज १६ बिहीवार
Newsdesk Shikharnews

आफूलाई सिर्जनशील अराजक स्रष्टा भनेर चिनाउन चाहने राजन मुकारुङ पुनः बाउ बन्ने भएका छन् । उनी पन्ध्रौ प्रेमिका अर्थात् सिङजाङ चेम्जोङको बच्चाको बाउ बन्ने भएका हुन् । केही वर्षअघिदेखि मुकारुङ र चेम्जोङ प्रेमसम्बन्धमा थिए । सोही कारण श्रीमती प्रगति राईसँग खटपट थियो । मुकारुङको जीवनमा कान्छी श्रीमती बनेर आएकी चेम्जोङ धरानकी हुन् ।

छोरी उमेरकी उनलाई गर्भपतन गर्न दबाब दिए पनि अस्वीकार गरी अहिले काठमाडौं आएर सँगै बस्न थालेकी छन् । मुकारुङले भने पिएको बेला लिम्बू साथीहरूको जालमा फसेको भनेर आरोप लगाउने गरेका छन् । पहिलो श्रीमतीतर्फ दुई छोरा छन् । जेठोबाट नातिसमेत छ ।

पहिली श्रीमती प्रगतिसँग सम्बन्धविच्छेद नगरी पन्ध्रौ प्रेमिकालाई भित्र्याएका मुकारुङलाई जुनसुकै बेला कानुनी प्रक्रियामा लैजानबाट आफूलाई कसैले रोक्न नसक्ने प्रगतिले बताउने गरेकी छन् । जनआस्थाबाट