चलचित्र रिलिज नभएपछि अभिनेता सुशील श्रेष्ठ चिन्तित

२०७६ असोज ३० बिहीवार
Newsdesk Shikharnews

निर्देशन भएको करिब डेढ वर्ष भइसक्दा पनि चलचित्र रिलिज नभएपछि अभिनेता सुशील श्रेष्ठ चिन्तित भएका छन् । आफुले अभिनय गरेको चलचित्र “लभ डायरीज” को रिलिज मिति सर्दै गएपछि सुशील निराश भएका हुन् । प्राविधिक कारण देखाउँदै पटक–पटक निर्माण टिमले प्रदर्शन मिति पोस्टपोन्ड गर्दै आएको छ । गत वर्ष नै हलमा प्रदर्शन हुनु पर्ने चलचित्र अझै अन्योलमा परेको छ ।

फस्टलुक पोस्टर सार्वजनिक गरेर ३ असोजलाई प्रदर्शन मिति घोषणा गरेको यो चलचित्रले अन्तिम समयमा मल्टीस्टारर फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ ले प्रदर्शन मिति तय गरेपछि आफ्नो प्रर्दशन मिति छठको विदा लक्षित गर्दै कात्तिक १५ मा सारे । तर, यो मितिमा पनि सुशीलको अर्को चलचित्र “बादशाह जुट” प्रदर्शनमा आउँदैछ । एकै दिन एउटै अभिनेताको चलचित्र नजुधाउने भन्दै निर्देशक सौरभ चौधरीले चलचित्रको प्रदर्शन मिति पुनः पोस्टपोन्ड गरेका छन् । निर्देशकले चलचित्रको नयाँ मिति भने घोषणा गरेका छैनन् ।