टीभीएस एक्सचेन्च एण्ड फाइनान्स फेयरको आज अन्तिम दिन

२०७६ कात्तिक ६ बुधवार
Newsdesk Shikharnews

नेपालका लागि टीभीएस टु ह्विलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सले सञ्चालन गरेको ‘टीभीएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आज अन्त्मि दिन हो । कात्तिक १ गतेदेखि सुरु भएको फेयरको हिजो मंगलबार अन्तिम दिन थियो तर सेवाग्राहीको मागका कारण एक दिन थप गरिएको बताइएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा भइरहेको फेयरको प्रमुख आकर्षण ३० प्रतिशत डाउन पेमेन्टको उत्कृष्ट फाइनान्स सुविधा, एक्सचेन्जमा प्रचलित मुल्यभन्दा थप १० हजार रुपैयाँ मूल्यांकनजस्ता अफरहरु छन् । अन्य आकर्षणहरुमा शून्य प्रतिशत ब्याजमा विशेष फाइनान्स योजना र साथमा विभिन्न उपहारहरु हेलमेट, बाइक कभर र ब्याग पनि रहेका छन् ।

कुनै पनि पुरानो मोटरसाइकल वा स्कुटरको बदलामा टीभीएसको नयाँ मोटरसाइकल वा स्कुटर साट्न सकिने यो योजनाले टीभीएस बाइक वा स्कुटर किन्न चाहनेलाई निकै सहज हुने कम्पनीको दावी छ । ग्राहकले ‘टीभीएस दशैंको दौड’ योजनाअन्तर्गत बाइक नकिन्दा नै एक लाखसम्म नगद जित्न सक्नेछन् भने किन्दा शतप्रतिशत नै नगद फिर्ता पाउन पनि सक्नेछन् ।