नेपाली सांगीतिक बजारका विवाद

२०७६ कात्तिक ६ बुधवार
Newsdesk Shikharnews

फेरि एक पटक नेपाली सांगीतिक बजार तातीएको छ, न तातियोस पनि किन जहाँ जहिले जुन बेला पनि जे सुकै हुन सक्ने बजार न हो ! गीत संगीत भन्ने बितिकै जस्तोलाई पनि सहज मनोरंजन दिन र लिन सक्ने उपयुक्त औषधि भन्दा फरक पर्दैन।

प्रसंग सुरु गरौं केहि दिन अगाडि जहाँ तिहार नकिकिदै गर्दा दुर्गेश थापाले गएको ह्याप्पी तिहार चिसो बियर गीतले नेपाली गीत समाजलाई अतिरञ्जित, ढाडस दिएको निहूँमा उनलाई प्रहरी प्रशासन समेतको चक्कर लगाउन पर्ने स्थिति आयो । सो गीतको सार शब्दले समाजलाई असर गर्दा उनलाई ’चिसो बियर’ नराम्रो सँग लाग्यो । चिसो बियरको मातका कारण भएको गल्तीलाई सच्याएर पुनः प्रसारण गर्ने भन्दै थापाले माफी मागेका छन् ।

हुन त हाम्रो सानो र साँघुरिएको समाजमा चाहे दशै होस् या तिहार वा तिज यस्तो चाड पर्बमा गाउने गीत मौलिकता, संस्कृति भन्दा यौनवासना, ग्ल्यामरसलाई प्राथमिकताका साथ उत्सुकता र कामुकता बढाउने खालका शब्द चयन गरी गाउने चलन कुनै नौलो घटना भने होइन ।

अघिल्लो बर्ष नै पशुपति शर्माको ’लुटन सम्म लुट’ भन्ने गीतले राष्ट्रीयता, सिंगों मुलुक र सरकार प्रति भ्रस्टाचार बितृष्णा पैदा गरायो भनेर उक्त गीतलाई हटाउन लगाइयो । बास्तबमै यस्ता गीतले एक किसिमको जनमानसमा ऊर्जा पैदा त गराउछ तर सोहि गीतका कारण अन्यलाई असर गरेको कुरा गीतका स्रष्टा कहिले पनि बुझ्न तयार हुदैन ।

२०४८ सालतिर कुमार बस्नेतको ’छोरी भन्दा आमा तरुनी’ गीत गाउदा समेत उनले ठूलै मूल्य चुकाउन पर्यो बिशेष गरी महिलावादी समूहबाट । कोमल ओलीले तीजको मौका पारेर ‘पोइला जान पाम’ भन्ने गीतको कारण यो विषय सर्बोच्च सम्म पुग्यो । यी लगायत धेरै लोक आधुनिक गीतहरु बेला बेलामा चर्चा र बिबादमा आइरहन्छन् ।

यी साधारण गीत बाहेक आजकल समय अनुसार हिप हप रÞ्याप गाउने गीतको त कुरै नगरौ कस्तो सम्म हुन्छन् भनेर । चाहे पुराना रÞ्यापर गिरिश, प्रनिलका गीतमा मीनिंङ लेस भनेर नै गीत निकालेर गाउने गर्थे । त्यस पश्चात स्वर्गीय यम बुद्धका गीत होस् या लाहुरे र भी (टेन का ‘चुरोट’ जस्ता गीतले सामाजिक सदभावलाई खलबलाई राखेको छ त्यों बारेमा प्रहरी प्रशासन मौन नै छ ।

खास गरी बजारमा अफ्रीकन रÞ्यापबाट सुरु हुँदै हाम्रो नेपाली समाज सम्म आई पुग्दा यस्ता गीतले ठूलै फड्को मारेको छ । पंक्तिकारले रÞ्याप वा हिप हप गीतको बिरोध गर्न खोज्या होइन तर सोहि गीतका शब्द छन्दा कमसेकम आफ्नो परिवार सँग बसेर सुन्न र हेर्न सहज सकियोस् भन्ने हो । गीतमा भल्गारिटीले मात्र गीत उत्कृष्ट र मिठो सुनिन्छ भन्ने होइन सरल र सहज समाजमा पचने खालका गीतले समेत सांगीतिक बजार तताउन सफल छ ।

नेपाली गीत संगीतको बजार अन्यको भन्दा सानो भई रहँदा गीतले कस्तो खालको अर्थ बुझाऊन सकेको छ त्यों ठुलो कुरा हो । गीत संगीतले मानवी सोच, बिचार र मनोरंजनका नाममा छाडा प्रबृतिलाई निरुत्साहित गर्न सक्नु पर्छ । अहिले त झन इंटरनेटको सहज पहुचका कारण यूट्यूबर, अंडर ग्राउण्ड ब्याण्डले यस्तो सम्म गीत र भिडियो निकालेको छ की जो हेर्न र सुन्न समेत एक्लै बस्नु पर्दछ । आखिर यस्ता दर्जनौ गीत, संगीतमा सेन्सर गर्न किन सकिरहेको छैन त प्रश्न अनुत्तरित छ।

हाम्रा नेपाली गीतको आफ्नै भाषा, संस्कृति रहनसहन, पहिचानसँग जोडिएको छ । नेपाली गीत संगितमा मदिरा, सुर्ती जन्य पदार्थलाई मिसाउँदा हरेक गीत संगितले फरक सुन्ने र हेर्ने गरिएको एवम् मन पराइएको पाइन्छ । गीत संगीतकै कुरा गर्दा ज्योति मगर र आस्था राउतको सामाजिक सञ्जालमा शीत युद्ध नै चल्यो । ज्योति मगरले सञ्जालमा ब्यक्त गरिन की पुरुषहरु कम छाडा छन् ? उनीहरुले गाएका गीत सुन्नुभएको छ ? हाल्ने, ठोक्ने, झार्ने जस्ता कुराहरु हुन्छन् । हामीले त कम्तीमा दोहोरो अर्थ लाग्ने शब्दहरु बोल्छौं, उहाँहरु त ठाडै बोल्नुहुन्छ यसलाई के मान्ने ?

अर्की गायिका आस्थाका अनुसार संगीतमा पनि सेन्सरबोर्ड आवश्यक भएको छ । शब्दहरुको मूल्यांकन गरेर मात्रै रेकर्ड गर्न अनुमति दिनुपर्छ, कलाकारहरुको पनि ग्रेडिङ हुनुपर्यो । छाडा गीत गाउनेहरु र अरु कलाकारहरुलाई एउटै कसीमा राखिनु भएन । यसरी हेर्दा हाम्रो नेपाली समाज गीत संगीतमा अछूतो छैन भनेर बुझ्न सकिन्छ किनकी सुन्ने र हेर्ने गीतले नै ग्ल्यामर्सलाई टेवा दिइ राखेका छन् ।

पाश्चत्य गीत गाउने शैलीको सिको गर्दै गर्दा आफ्नै गीत संगीत भने लोप भएको महसूस भएको छ । पहिले गाउँ घरमा गाउने रोधी होस् या सोरठी गीत आजकल भनिने गीतहरुको दोहोरो अर्थ लाग्ने र बजारमा पनि एस्तै गीत संगीतको डिमाण्ड बढ़ने भएका कारण यस्ता गीत खोजी खोजी राख्ने र प्रसारण गर्ने गरिएको छ। यूट्यूबमा बढी भ्यूज गराउन टीभीको टीआरपी बढाउन र छिट्टै चर्चा बटुल्न समेत यी खालका गीत संगीतले ठुलो प्रभाव पारेको छ ।

मेरो सृजनाले नेपाली मौलिकतामा कस्तो असर पार्छ भनेर होइन कि कस्तो गीत निकाल्यो भने ब्यापार हुन्छ चर्चामा आईन्छ भनेर हिडनेको ठूलै जमात अहिले बढ़न थालेको छ । ‘मेरो ढाड चिलायो’, ’नाईटो देखि मुनि’,’ म सेक्सी देखिन्छु’, ‘दरमा रक्सी खाइन्छ’ खालका जस्ता अत्यन्त निकृष्ट शब्द प्रयोग गरेर गीत बजारमा आउने गरेको छ ।

यसलाई रोकने कसले हो ? किन की नेपाली गीत संगीत, संस्कृति मनोरञ्जन र आनन्द मात्र नभएर हाम्रो मान सम्मान, पहिचान, गौरब र परिचय दिलाउने माध्यम पनि हो । गीत संगीतमा अश्लीलताको, यौन र मदिरासँग जोडिएका गीतहरुमा पुराना गायक तथा लेखक समेत यी शब्दहरु राखेर गीत लेख्ने, गाउने, र कति त साहित्य नै फुराएको देख्न पाइन्छ । चाहे स्वरसम्राट नारायण गोपाल, अरुण थापाले गाउने गीत होस् या साहित्यकार लक्ष्मीप्रसाद देवकोटा, भूपी शेरचनका कबितामा पाइने साहित्य धेरैले यसलाई नै इंगित गरी गाइने र लेख्ने चलन चलाईएको थियो ।

अब हरेक गीत संगीत, साहित्य वा कला होस् यसलाई सहज समाज, वर्ण, लिङ्ग, भेषभुषा, जातजातिलाई असर नगर्ने गरी रचना गर्ने र आम मानिसमा प्रशारण गर्ने खालको छुट्टै सेन्सरको ब्यबस्था गर्न सरकार लाग्नु पर्दछ । गीत संगीतको बिबाद सेन्सर मात्र पनि होइन प्रतिलिपि ऐन पनि एक भएका कारण दुबैलाई असर नगर्ने गरी कला साहित्य संगीतको सम्मान गरी लेख्न गाउन र प्रसारण गर्न आवस्यक छ । सचिन्द्र श्रेष्ठ