
काठमाडौँः आइफा अवार्ड विजेता वलिउडका प्रख्यात गायक अमित मिश्रा नेपाल आउने भएका छन । नेपथ्य इभेन्ट म्यनेजेमेंट प्रा.ली.ले आयोजना गर्न लागेको कार्यक्रमका लागी उनी नेपाल आउने तय भएको कम्पनिका सि.ई.ओ आशिष लामिछानेले वताए । गायक मिश्राका साथमै भारतका चर्चित ब्याण्ड बम्बे भाइकिंग्सकी गायिका गोरिशा नाथ पनि संगै आउने भएकी छिन् । यस कार्यक्रममा नेपालका चर्चित गायकगायिकाहरुको पनि प्रस्तुति रहने छ । कार्यक्रम यहि नोभेम्बर २२ तारिक शुक्रबारका दिन वेलुकी दरबार मार्गमा रहेको म्याग्नम लाउन्ज बार एण्ड क्लबमा हुनेछ ।

गायक मिश्रा बलिउडका निकै प्रख्यात कलाकार हुन् । चर्चित संगीतकार प्रितम संग सहकार्य गर्दै मिश्राले देश तथा विदेशमा आफ्नो स्वरको जादु फैलाउँदै आएका छन् । मिश्राले वलिउडका चर्चित नायक सलमान खान, अजय देवगन, टाइगर श्राफ, वरुण धवन, रणबीर कपूर, सुशांत सिंह राजपूत, फरहान अख्तर, आदिका लागि प्लेब्याक गायन गरेका छन् ।
आयोजकले गायक मिश्राको कार्यक्रमलाई पर्यटन वर्ष २०२० को प्रवद्र्धनको माध्यम पनि मानेको छ । सांगीतिक कार्यक्रममा लागि आउने गायक मिश्राले नेपालका विभिन्न संस्कृतिक र पर्यटकीय स्थलको भ्रमण गर्ने छन् र साथसाथै उनको डकुमेन्ट्री प्रोजेक्ट मुभीको लागि पनि नेपालका यहि स्थल लाई लक्क्षित गरेर उनले भिडियो सम्प्रेसन गर्ने छन् । डकुमेन्ट्रीको प्रसारण संसार भरि गरिने छ ।
गायक मिश्राले सन् २०१६ र २०१७ को आइफा अवार्ड जितेका थिए । उनले त्यो बेला ए दिल है मुश्किलको ‘बुल्लेया’ बोल को गीत बाट अवार्ड हात पार्न सफल भएका थिए ्र त्यसका साथै उनले अरु थुप्रै अवार्डहरु जिती सकेका छन् । मिश्राका दर्जनौ चर्चित गीत रहेका छन् । उनले २०१३ देखि २०१८ सम्ममा देश र विदेश गरि ४०० भन्दा बढी कार्यक्रमहरू गरिसकेका छन् ।
नेपथ्य इभेन्ट म्यानेजमेन्ट प्रा.ली. ले आयोजना गर्न लागेको कार्यक्रम एउटा च्यारिटी इभेन्ट हुने आयोजक पक्ष ले जानकारी गराए्र । यस कार्यक्रमबाट उठेको लावांसको केहि प्रतिसत उहाँहरुले च्यारिटी सहयोग अर्थात् बृद्धाआश्रममा केन्द्रित रहेर हस्तान्तरण गर्ने जानकारी जनाए । यस कार्यक्रममा सिने जगत, संचारकर्मी ,कलाकारिता क्षेत्र ,सामाजिक क्षेत्र र ब्यबसायिक क्षेत्र का बिसिस्ट पात्र हरुको बाक्लो उपस्थिति रहने छ । यस कार्यक्रममा सहभागी भै बिधाहरुको सामाजिक सहयोगार्थ योगदान गर्नको लागि भने चाही इच्छुक महानुभाव ले टिकट खरिद गरेर कार्यक्रममा प्रवेश गर्नुपर्ने छ ।
टिकट सुल्क साधारण को २५०० (पचिस सय रुपैया) र भिआइपि को ३५०० (पैतिस सय रुपैया ) राखिएको छ । निकै सिमित समय रहेकोले आयोजक पक्क्ष्य ले समय मै आफ्नो टिकट किनेर आफ्नो स्थान सुरक्क्षित राख्न आग्रह गरेका छन् ्र यो पुरै मनोरन्जनात्मक कार्यक्रम हुने र टिकट खरिद गरिएको पैसा अनुसार को फाइदा पनि ग्राहक महानुभावहरुले लिन पाउने आयोजक पक्षले दावी गरेको छ ।

