पाँचखाल महोत्सव सम्पन्न, करिब ८५ हजारले महोत्सवमा सहभागि भएको अनुमान

२०७६ कात्तिक ९ शनिवार
Newsdesk Shikharnews

खेलकुद विकासमा युवा अभियान, कृषि, संस्कृति र पर्यटन प्रवद्र्धन पाँचखाल महोत्सवको पहिचान भन्ने मुल नाराका साथ पाँचखाल युनाईटेड फुटबल एसोसिएसन पुफाको आयोजनामा २०७६ असोज २९ गतेदेखी कार्तिक ९ गतेसम्म दोश्रो पाँचखाल महोत्सव २०७६को आयोजना भयो । यस कार्यक्रमको संयोजन संस्थाका सचिव जीवन नेपालले गर्नुभएको थियो ।

कार्यक्रमको व्यवस्थापन गोरेटो इभेन्ट प्रा.लि काठमाडौंले गरेको हो । कार्यक्रमको समुदघाटन नेपाल सरकारका प्रवक्ता एवम सन्चार तथा सुचना प्रविधीमन्त्री माननीय गोकुल प्रसाद बास्कोटा ज्युबाट भएको थियो । उदघाटन कार्यक्रममा पलान्चोक भगवती गुठियार, कालिका युवा क्लब, पाँचखाल नगर वडा नं ९, नेपाल डोने समाज, नेपाल स्काउट, पतन्जली योग समिती पाँचखाल, ब्रह्मकुमारी राजयोग गिता पाठशाला पाँचखाल, सितोरियो कराते,गोजुरियो कराते, नगर सहकारी सन्जाल, आर्थिक विकास साकोस, प्रगतिशिल बहुउद्देश्यीय सहकारी संस्था, प्रेमधर्म साकोस, गोल्डेन फ्युचर इको क्लब लगायतका संघ संस्थाहरूको सहभागितामा भएको झाँकी कार्यक्रमको उत्कृष्ट पाटो बनेको थियो ।

कार्यक्रममा संस्कृति जगेर्नाथ कार्यक्रम तथा स्टलहरु थिए, कार्यक्रममा तिहार लक्षित व्यापारिक स्टलहरु, मनोरञ्जनका लागि बाल उद्ध्यन, दैनिक रुपमा रास्ट्रीय स्तरका कलाकारहरुको बेजोड प्रस्तुतिहरु समावेश थिए । कार्यक्रममा बद्री पङेनी, कमला घिमिरे, कमल खत्री, नवराज घोरासाईने, घमेश दुलाल, सरोज लामिछाने, दुर्गेश थापा, रमेशराज भट्टराई, राजनराज शिवाकोटी, ज्योती मगर, प्रीती आले, सन्ध्या बुढा (काउली बुढी), भुमिका गिरि, प्रदिप रोक्का, हरि कर्माचार्य लगायतका कलाकारहरुको बेजोड प्रस्तुतिहरु रहेको थियो ।

कार्यक्रमको अवधिभर पुफाले मन्डनदेउपुर न.पा वडा नं ११का दुबै मृगौला पिडित गोकुल दर्जिका लागि रु ८१४५० संकलन गरि हस्तानतरण गर्यो। कार्यक्रमको समापन पुर्व अर्थमन्त्री डा. रामशरण महतज्युद्वारा भएको थियो । कार्यक्रममा डा. महतले यस्ता कार्यक्रममा सक्रियहुने संघ संस्था तथा युवाहरूलाई सम्पुर्ण तहका सरकारले सकारात्मक रुपमा लिई आगामी दिनहरुमा साथ र सहयोग गर्दै यस्ता कदमको लागि प्रेरित गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा लगभग १०० स्टल रहेको र लगभग ८५ हजार आगन्तुकहरुले मेला अवलोकन गरेको कार्यक्रमका संयोजक जिवन नेपालले बताउनु भयो । कार्यक्रमको स्वागत तथा शुभकामना मन्तव्य जीवनदर्शन बहुमुखी क्याम्पसका प्रमुख तथा संस्थापक सल्लाहकार जगनाथ अधिकारिले गर्नुभएको थियो ।उहाँले पुफा जुझारु तथा सक्रिय युवाहरुको संमिश्रण रहेकाले पुफाका आयोजनाहरु व्यवस्थित र जिम्मेवार रहने र यो कार्यक्रम त्यस्तै कार्यक्रमको उदाहरण भएको बताउनु भयो ।

कार्यक्रम सफलताका लागि प्रत्यक्ष र परोक्ष रुपमा सहयोग गर्नुहुने सम्पुर्णलाई अध्यक्ष मिलन श्रेष्ठले आभार व्यक्त गर्नुभएको थियो । कार्यक्रममा पुफाका संस्थापक संरक्षक तथा नेपाली काङ्ग्रेसका युवा नेता सुन्दरमणि आचार्यज्युले पुफा स्थापना कालदेखि नै समाजप्रती उत्तरदायी संस्था रहेको र रहीरहने बताउनु भयो ।संस्थाका अध्यक्ष श्रेष्ठले पाँचखाल नगरपालिकाले सहकार्यमा रहदै कार्यक्रममा रहनुभएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि नगरबाट पुफालाई साथमा राख्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमको विशेष अतिथी रहनु भएका पाँचखाल नगरका प्रमुख महेश खरेलज्युले पुफाले गरेको यो कार्यक्रम सिङो नगरको गरिमा र पहिचान राख्ने कार्यक्रम भएको भन्दै आयोजना गरेकोमा आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम आयोजनामा अग्रसर हुन प्रेरित गर्दै आफ्नो र पाँचखाल नगरको प्रत्यक्ष सहयोग रहने बताउनुभयो । पाँचखाल नगर उधोग वाणिज्य संघ प्रती अध्यक्ष तथा संस्थाका तर्फबाट मन्तव्य राख्नुहुने पदाधिकारिहरुले नमन गर्नुभयो । कार्यक्रमको सन्चालन पुफाका कोषाध्यक्ष तथा कार्यक्रमका प्रचार विभाग प्रमुख रोशन बोलखेले गर्नुभएको थियो । पाँचखाल, काभ्रेबाट सुदिप सापकोटा । फोटो .बिकल केशी