New from Nepal

रौतहट घटना भएको तत्कालिन प्रहरी प्रमुख र मध्यक्षेत्रीय प्रहरीद्वारा स्वीकार

२०६४ चैत २७ मा रौतहटमा बम विस्फोटको घटना भएको तत्कालीन प्रहरी महानिरीक्षक ओमविक्रम राणा, तत्कालीन मध्यक्षेत्रीय प्रहरी प्रमुख किरण गौतम र जिल्ला सरकारी वकिलको कार्यलय रौतहटका तत्कालीन प्रमुख ध्रुवमणि ज्ञवालीले स्वीकार गरेका छन्।

विस्फोटका घाइतेहरुलाई इँटाभट्टामा हालेर मारेको अभियोगमा पक्राउ परेका कांग्रेस सांसद तथा पूर्वमन्त्री मोहम्द आफताब आलमले घटना नै नभएको जिकिर गरिरहेका बेला उनीहरुले नै रौतहट प्रहरीको अनुसन्धान टोलीलाई बयान दिने क्रममा त्यतिबेला बम विस्फोट भएको बताएका हुन् ।
तत्कालिन आईजीपी राणा र एआईजीबाट अवकाश प्राप्त गौतमले रौतहटको राजपुरमा बम विस्फोट भएको जानकारी त्यतिबेला रौटहट प्रहरीबाट पाएको स्वीकार गरेका हुन् ।
बम विस्फोट भएको र इँटाभट्टमा हालेर घाइतेको हत्या गरेको प्रकरणमा आलमलाई पक्राउ गरेर अनुसन्धान गरीरहेको रौतहट प्रहरीले केही दिन अघि राणा र गौतमसँग घरमै गएर बयान लिएको हो । आजको कान्तिपुर दैनिकमा खवर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *