विमानसँग विहे गर्ने लक्ष्य लिएकी महिला

२०७६ कात्तिक १९ मंगलवार
Newsdesk Shikharnews

विमानसँग सम्बन्ध राख्ने विषय आश्चर्यजनक हुन्छ । तर, जर्मनीकी महिलाले विमानसँग सम्बन्ध राखिन् । उनले सम्बन्ध राखेको बोइङ्ग ७३७ –८०० हेर्दा निकै लोभलाग्दो देखिन्छ । बर्लिनकी ३० बर्षीया महिलाले आफु यात्रुबाहक बिमान बोइङ्ग ७३७ ९ ८०० सँग करिब पाँच वर्ष देखि सम्बन्धमा रहेको दाबी गरेकी छिन् । उनले उक्त बिमानलाई प्रिय भनेर सम्बोधन गर्छिन । उनले पहिलो पटक बिमानलाई हेर्दा उनि प्रेममा परेको समेत बताइन् ।

उनले केवल एक पटक मात्र आफ्नो महत्वपूर्ण समय बिताउने मौका समेत पाएकी थिइन् । उनको बिमान संगको पहिलो भेट मे ,१, २०१९ मा भएको थियो । आफ्नो प्रेमीसंग समय बिताउन निकै गार्हो हुने समेत बताएकी छिन् । उनि विमानसँग सम्बन्ध हेरेर र चढेर मात्र आनन्द प्राप्त गरेकी थिइन् ।

सम्बन्धमा बस्न महिलाले उक्त बिमानको सानो मोडेल फाइबरग्लास द्वारा निर्माण गराएकी छिन् । उनको फेसबुकमा बिमानलाई चुम्बन गरेको तस्बिर समेत राखेकी छिन् । उनले विमानसँग विवाह गर्ने लक्ष्य राखेको बताइन्।