‘सरौतो’ चलचित्रको प्रमोशनल गीतमा भिटेन

२०७६ कात्तिक १९ मंगलवार
Newsdesk shikharnews

काठमाडौं । अहिलेका युवा पुस्तामाझ चर्चित र्यापर समिर घिसिङ (भिटेन)ले ‘सरौतो’ फिल्मको प्रमोशनल गीतमा स्वर दिएका छन् ।मंसिर १३ गते प्रदर्शनको तयारीमा रहेको यस फिल्मकोे शीर्ष गीतमासमेत भिटेनले स्वर दिएका छन् । तर, यो प्रमोशनल गीतमा भिटेन आफै पनि देखिने भएका छन् । गीतमा भिटेनको साथमा मुख्य कलाकारहरु सुमी मोक्तान र विजय लामा पनि देखिदैछन् । गीतको छायांकन सकिसकेको छ ।

गीतको भिडियोमा भिटेन केही फरक अन्दाजमा प्रस्तुत हुने फिल्मका निर्देशक हरी हुमागाईंले बताएका छन् । फिल्मकै थिम अनुसार गीतलाई तयार गरिएको निर्देशकको भनाई छ । गीतको छायाँकन सकिएसँगै निर्माण पक्षले केहि तस्वीर सार्वजनिक गरेको छ ।

म्युजिक भिडियो र विज्ञापनमा चिनिएको नाम हरी यसै फिल्ममार्फत निर्देशनमा डेब्यु गर्दैछन् । यसमा सुमी र विजयसँगै लियो ट्यांक, सन्नी सिंह, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाहलगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्ममा रिभेन्जको कथा देखाइएको छ । बिराञ्जना इन्टरटेनमेन्ट , स्क्वायर वान क्रिएसन , राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्मको कथा राघव कृष्ण गौतमले लेखेका हुन् । भने, उत्तम हुमागाईले छायांकन गरेका हुन् ।