ट्रोलको सिकार भइन् प्रियंका, चुरोटबाट टाढै बस्न सुझाव

२०७६ कात्तिक १९ मंगलवार
Newsdesk shikharnews

मुम्बई। दिपावलीपछि भारतको राजधानी नयाँ दिल्ली वायु प्रदुषणको सिकार भएको छ। बढ्दो प्रदुषणबाट बच्न मानिसहरु मुखमा मास्क लगाएर हिँड्न थालेका छन्। यहीबीचमा बलिउडका कलाकार यो विषयमा आफ्नो प्रतिक्रिया दिइरहेका छन्।यही बीचमा बलिउड अभिनेत्री प्रियंका चोपडाले पनि आफ्नो प्रतिक्रिया दिएकी छन्। उनले यस्तो अवस्थमा मानिसहरु दिल्लीमा कसरी बसिरहेका छन् भनेर प्रश्न गरेकी छन्। ‘यस्तो अवस्थामा मानिसहरु दिल्लीमा कसरी बसिरहेका छन्रु धन्न उनीहरुसँग एयर प्यूरीफायर र मास्क जस्ता सुविधा छन्। विशेष गरी गरीव मानिसले आफ्नो ध्यान राख्नुपर्छ।’

प्रियंकाको यस्तो टिप्पणी उनका धेरै फ्यानलाई मन परेन। समाजिक संजाल प्रयोगकर्ताले प्रियंकाको फोटो शेयर गरेर आक्रोशपूर्ण कमेन्ट गरेका छन्।मानिसहरुले आक्रोश पोख्दै चुरोट खाँदा समस्या नहुने प्रदुशणका कारण समस्या हुने भन्दै कमेन्ट गरेका छन्। कतिपयले त प्रियंकालाई दुई जिब्रे भन्दै आक्रोश पोखेका छन्।केही सामाजिक संजाल प्रयोगकर्ताले प्रियंकाका पति निक जोनसलाई पनि विवादमा तानेका छन्। एक जना प्रयोगकर्ताले लेखेका छन्–पहिला श्रीमानलाई चुरोट छुटाउनुस्।’ अर्का एक जनाले लेखेका छन्– जो चुरोट प्रियंका खान्छिन् त्यसबाट शायद प्रियंका मर्दिनन्।’

अर्का एक जनाले लेखेका छन्–प्रियंकाले आफ्नो विवाहमा यति धेरै पटका किन पड्काइन्, त्यसबाट वातावरण प्रदुशण हुँदैनरु?प्रियंका आफ्नो नयाँ फिल्म द ह्वाइट टाइगरको शुटिङका लागि दिल्लीमा आएकी थिइन्।