फेरि एकसाथ पर्दामा देखिने भए मुन्नाभाइ र सर्किट

२०७६ कात्तिक २० बुधवार
Newsdesk shikharnews

मुम्बई । बलिउडमा मुन्ना भाई एमबीबीएसबाट चर्चित जोडी बनेको मुन्नाभाइ र सर्किट अर्थात संजय दत्त र अर्शद वारसी फेरि एक पटक नयाँ फिल्ममा आउने भएका छन् । बलिउड हंगामाका अनुसार संजय र अर्शद साजिद फारादको नयाँ फिल्ममा सँगै आउन लागेका हुन् ।

मुन्ना भाई एमबिबिएसबाट निकै लोकप्रिय बनेको यो जोडीले यस फिल्मका दुई भागबाट खास पहिचान बनाएका थियो । यस फिल्मको तेस्रो भागको प्रतिक्षा भइरहेका बेला एक पटक फेरि नयाँ फिल्ममा यो जोडी आउने खबरले मुन्ना र सर्किटको यो जोडीका फ्यानहरु खुशी भएका छन् ।

अभिनेता वार्शीले फिल्मका बारेमा कुरा गर्दै फिल्ममा संजय दत्त अन्धा डनको भूमिकामा हुने र आफु संजय दत्तको आँखाको रुपमा रहने बताएका छन् । पुरै फिल्ममा अर्शदले संजय दत्तलाई गाइड गर्ने भूमिका रहेको उनले बताएका छन् । मिडिया रिपोर्टका अनुसार आगामी बर्षको मार्चबाट यस फिल्मको शुटिंग शुरु हुने बताइएको छ ।