काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसीसी इमर्जिङ एसिया कपमा भारतको सामाना गरिरहेको छ ।टस हारेर ब्याटिङ थालेको नेपालले खराब सुरुवात गरेको छ। नेपाली ब्याट्सम्यान भारतीय बलर सामु रन बनाउन संघर्ष गरिरहेका छन् । नेपालले आफ्नो ३ विकेट गुमाइसकेको छ। पहिलो विकेटको रुपमा कप्तान मल्ल शून्य रनमा आउट भएका थिए। यस्तै कुशल भुर्तेल २८ तथा आरिफ शेख २ रनमा आउट भएका हुन्।
दोस्रो बलमै कप्तानको विकेट गुमाएको नेपाललाई शरद र कुशलले समाल्ने कोशिस गरेका थिए। अहिले क्रिजमा शरद भेषावकर र दिपन्द्र सिंह ऐरी रहेका छन्। नेपालको स्कोर २४ ओभरमा ८० रन रहेको छ।
Leave a Reply