प्रधानमन्त्री शिक्षण अस्पताल भर्ना

Vianet

प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका क्रममा त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको ‘मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’मा जानुभएको छ ।

Vianet

स्वास्थ्य परीक्षणका क्रममा अस्पताल जानुभएका प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिसको आशङ्का देखिएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । एपेन्डिसाइटिस भएको पुष्टि भएमा शल्यक्रिया गरिने उहाँले बताउनुभयो ।

चिकित्सकका अनुसार एपेन्डिसाइटिस भएमा जति सक्यो चाँडो यसको शल्यक्रिया गर्नुपर्ने हुन्छ । यसअघि प्रधानमन्त्री ओलीको मिर्गौलामा समस्या आएपछि डायलासिस गरिएको थियो ।
––

taximandu

प्रतिक्रिया

शिखरन्युज प्राइभेट लिमिटेडद्वारा संचालित

सुकेधारा, काठमाडौ, नेपाल
न्युज हटलाईन : 
info.shikharnews@gmail.com
सुचना बिभाग दर्ता नम्बर – ९५/०७३-७४

प्रकाशक/अध्यक्ष : राम बहादुर खत्री