ब्राण्ड प्रमोसन गर्न ट्याक्सीमाण्डु र डि.एस.आर. मल्टिमिडिया बीच सम्झौता

२०७६ मंसिर १९ बिहीवार
NewsDesk ShikharNews

पछिल्लो समय विभिन्न कर्पोरेट हाउसहरुले आफ्नो व्यवसायको प्रचारप्रसार र प्रवद्र्धनका लागि प्रभावकारी बैकल्पिक माध्यमहरु खोजी गर्न थालेका छन । यसैक्रममा आजभोली राजधानीमा गुडिरहेका ट्याक्सीहरु यस्ता कर्पोरेट हाउसको नजरमा पर्न थालेका छन् ।

एप्समार्फत ट्याक्सी चालक र यात्रु बीच ब्रिजको काम गरिरहेको ट्याक्सीमाण्डु प्रा.लि. र डि.एस. आर. मल्टिमिडिया बीच डिजिटल प्रमोसनका लागि सम्झौता भएको छ । सम्झौता अन्तर्गत डिजिटल ब्राण्ड प्रमोसनका लागि डि.एस.आर. मल्टिमिडियालाई ट्याक्सीमाण्डुले ट्याक्सी उपलव्ध गराउने छ । ट्याक्सीमाण्डुसँग आवद्ध भएका हजारभन्दा बढि ट्याक्सीमध्येबाट सय वटा ट्याक्सी डि.एस.आर. मल्टिमिडियालाई उपलव्ध गराउने सम्झौता भएको ट्याक्सीमाण्डुका प्रबन्ध निर्देशक अर्जुन केसीले बताए ।

Advertisement