उपनिर्वाचनको भोलीपल्टै किन पुगे पूर्वराजा मध्यपश्चिम ?

२०७६ मंसिर १९ बिहीवार
NewsDesk ShikharNews

उपनिर्वाचनबाट दलहरुले आफ्नो पक्षको जनमत जानकारी लिए । तर, उपनिर्वाचन सकिएको भोलिपल्टै पूर्व राजा ज्ञानेन्द्र शाह देशको मध्य पश्चिमको दौडाहामा गए ।

शाहले मध्य पश्चिमका शक्तिपीठहरुको दर्शन गरे । आफ्ना समर्थकहरुलाई पनि भेटेर जनमत बुझे । पूर्व राजाले एक हप्ता लामो यात्रामा प्रदेश नम्बर ५ को विभिन्न जिल्लाको भ्रमण गरिरहेका छन् । शुभचिन्तक र समर्थकलाई भेटेका छन् ।

उनको भ्रमणको उद्देश्य मठमन्दिरको पूजा तथा दर्शन गर्नु रहेको भनिएपनि आफ्नो प्रभाव बारे जानकारी लिन पुगेको बुझिएको छ । पछिल्लो समय दलहरुप्रति जनआक्रोश बढ्दै जाँदा पूर्व राजा सक्रिय रहेको चर्चा चल्ने गरेको छ ।