दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर, ५ वर्ष कैद सजाय
२०८१ कात्तिक २० मंगलवार
हामी खान नखादा कमजोर हुन्छौ रोगको शिकार भइहाल्छौ । व्रत बस्दा पनि बेलुका भएपछि भोक लाग्न शुरु हुन्छ । तर अमेरिकाको एक जोडीले नौ वर्षदेखि केही नखाएको दाबी गरिरहेका छन् । कैयोपटक स्वादको लागी खानेको मौका आएपनि छोडिदिएर निराहार बसेको उनीहरुले बताएका छन् । आफ्नो शरीरमा खानाको आवश्यकता नै महसु्स नभएको पनि जनाएका छन् । आफ्नो पोषणको लागि प्राकृतिक उर्जाबाट शक्ति लिएको ती जोडीले बताएका छन् ।
३४ वर्षिय कैमिला कैस्टेलो र उनका पति ३६ वर्षिय अकाही रिकार्डो क्यालिफोर्नियामा बस्छन् । सन् २००८ पछि कुनै अन्नको एक दाना पनि मुखमा नपरेको दावी गरेका छन् ।
कैमिलाले गर्भवती समयमा पनि केही नखाएको बताएकी छिन् । जहाँकी गर्भवती अवस्थामा झन धेरै खानुपर्छ । उनले ‘सामान्य भन्दा धेरै स्वस्थ’ भएको बच्चा जन्माएकी थिइन् । आफ्नो सास बाट पर्याप्त उर्जा र पोषण मिल्ने बताएका छन् । यो पद्धतिलाई बे्रथरियनिज्म भनिन्छ र यो पालना गर्ने मानिसलाईं बे्रथरियन भनिन्छ ।