सलमान ५४ औँ वर्षमा प्रवेश, भव्यका साथ जन्मदिन मनाए

२०७६ पुस ११ शुक्रवार
Newsdesk Shikharnews

बलिउड सुपरस्टार तथा भाइजान सलमान खान आज ५४ औँ वर्षमा प्रवेश गरेका छन् । उनले आफ्नो ५४ औँ जन्मदिन घरपरिवार र साथीभाईका साथ भव्य तरिकाले मनाएका छन् ।

उनले आफ्नो जन्मदिनको तस्बिर र भिडियो सामाजिक संजालमार्फत सार्वजनिक गरेका हुन् । उक्त तस्बिर र भिडियोले आज सामाजिक सञजालमा निकै चर्चा बटुलेको छ । भिडियोमा सलमानले आफ्नो भतिजालाई काखमा राखेर केक काटिरहेको देख्न सकिन्छ ।

भिडियोमा सलमान आफ्नो परिवारका साथ घेरिएका छन् । जन्मदिनको पार्टी सलमानका भाई सोहेलले आयोजना गरेका थिए । उक्त पार्टी बलिउडका चर्चित कलाकारहरु उपस्थित भएका थिए ।