आइजीपी खनालसहित २३ उच्च प्रहरी अधिकृत डेढ महिनापछि घर जाँदै (सूचीसहित)

२०७६ पुस १३ आइतवार
developer_admin

काठमाडौं, १३ पौष । नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनाल अबको डेढ महिनापछि ३० वर्षे सेवाहदका कारण घर जाँदैछन् । २९ माघमा आइजीपी खनालका ब्याची २२ उच्च प्रहरी अधिकृतहरु पनि सेवानिवृत्त हुनेछन् ।

सेवानिवृत्त भई घर जान लागेकाहरुमा एआइजी पुष्कर कार्की, धीरु बस्न्यात र ठूले राई छन् । उनीहरु आइजीपी खनालका ब्याची हुन् । यसैगरी, डिआइजीहरु मनोज न्यौपाने, शेरबहादुर बस्नेत, केदार रिजाल, पूर्णचन्द्र जोशी, कमल जीसी, दानसिंह बोहरा, नारायणसिंह खड्का, हरिभक्त प्रजापती, रामप्रसाद श्रेष्ठ, पीताम्बर अधिकारी, बिनोद शर्मा घिमिरे, विकास श्रेष्ठ, दिपक थापा, सुरज केसी, दिनेश अमात्य, सुरेशविक्रम शाह, महेशविक्रम शाह, महेन्द्र पोखरेल र कोमामा रहेका राजेन्द्रमान श्रेष्ठ समेत छन् । उनीहरु पनि आइजीपी खनालकै ब्याची हुन् ।

खनालसहित २३ उच्च प्रहरी अधिकृतहरु एकैपटक घर गएपछि ठूलो संख्यामा डिआइजी पद खाली हुनेछ । त्यसमाथि कार्य अवधि पुगेका हालका डिआइजीमध्येबाट आइजीपी र एआइजी बढुवा हुने भएकाले दुई दर्जनको संख्यामा डिआइजी पद रिक्त हुनेछ । जसका लागि वरिष्ठतम एसएसपीहरुको सक्रियता बढिसकेको छ ।